Sunday, May 26, 2013

भ्रुण हत्या गरी डा.निलम चौधरी फरार


अजय अनुरागी


चार छोरीकी आमा महोत्तरी सहोडवा (४ बस्ने चन्दा देवि झा गर्भमा रहेको बच्चा छोरा हो की छोरी भनेर छुट्याउन स्थानिय जनकपुर प्रसुती नर्सिंंङ् होममा आएकी थिइन । सासु चन्द्रकाला देवि झासँग उनि जेष्ठ १६ गते नै उनि अस्पतालमा आएकी थिइन । ५ महिना कि गर्भवती समेत रहेकी चन्द्राको पेटमा छोरा हो की छोरी छुट्याउने उदेश्यले उनिहरु क्लिनिकमा आएका थिए । त्यसको लागि क्लिनिककी प्रमुख डा. निलम चौधरीले चन्द्रालाई दुई पटक अल्टूासाउण्ड पनि ग¥यो । डा.चौधरीले चन्द्राको पेटमा छोरी हो भनेर रिपोर्ट दियो । तर पिडित परिवारजनलाई विश्वास लागेन र फेरी अल्टूासाउण्ड  गराउने इच्छा जाहेर गरे । डा. चौधरीले अर्को चोटी पनि अल्टूासाउण्ड गरे र छोरी नै हो भन्ने ठहर गर्दै परिवाजनलाई जानकारी गराए । यता, आफ्ना पेटमा रहेको वच्चा  छोरा नै हुने भन्ने विश्वास लिएकी चन्दा सहित परिवारजनले डा.चौधरीको भनाई पछि निरास हुँदै घर फर्कने तयारीमा थिए । तर अस्पतालकै एक जना दलालले चन्दा र उनका परिवारजनलाई गर्भपतन गराउन सुझाव दिए । चन्दाकी सासु चन्द्रकालाले भनिन्,‘ त्यो दिन हामी घर फर्केने तयारी गरि सकेका थियांै, तर नाम थाहा नभएका एक जनाले वुहारीको गर्भपतन गराई दिनुस्, कति छोरी लिने, ४ जना नातिनी छँदै छ , फेरी उनिहरुलाई अहिलेको  अवस्थामा विहे गर्न गाह्रो हुन्छ भनेर फकाउन थाले ।’ हामीलाई थाहा थिएन, पाँच महिनाको बच्चालाई गर्भपतन मार्फत भ्रुणको हत्या गर्नु कानुनी अपराध हो उनले भनिन्,‘ तर दलालले मलाई लिएर डाक्टरसाहव कहाँ गयो, डा. साहवले खर्च साढे पाँच हजार लाग्छ भन्ने वाहेक केहि जानकारी गराएन ।’ ग्रामिण क्षेत्रमा वसोवास गर्ने उनीहरु गर्भपतन सम्वन्धी कानुनको अज्ञानताका कारण डा. चौधरीको कुरामा सर्मथन जनाए । दुवै पक्ष विच गर्भपतन गर्ने सहमति भईसकेपछि अस्पतालमै रहेकी चन्दालाई डा चौधरीले गर्भ तुहिने औषधी सेवन गर्न लगाए । चन्दाले नियमित  औषधी सेवन गरिरहेपनि गर्भ तुहिएन । त्यसपछि बुधवार राति १ बजे डा चौधरीले गर्भपतन गर्न चन्दालाई शल्यक्रिया कोठामा बोलाए । गर्भपतन गर्ने बेलामा चन्दा सहित सासु चन्द्रकाला पनि उतm कोठा उपस्थित थिए । गर्भपन गरेर बच्चा वाहिर निकालेपछि चन्दाको कोखमा छोरी नभई छोरा रहेको थियो । निकालेको बच्चा छोरा रहेको देख्ने बितिकै सासु चन्द्रकाला कराउन थाले, अस्पतालमा आएका अन्य विरामीको कुरुवालाई समेत देखाउदै डा. चौधरीलाई गाली गर्न थाले । ‘तिमीलाई भलो हँुदैन, तिमीले मेरो नातीको हत्या ग¥यौ, तिमीलाई म छोड्िदन, लगायत गाली गर्दै वाहिर के निस्केका थिए, अस्पतालकै एक नर्सले उतm बच्चाको लिङ्ग  काटी दियो । बच्चा छोरा नभई छोरी नै रहेको चन्द्रकालालाई देखाए । आफनै आँखाले बच्चा छोरा रहेको देखेकी चन्द्रकाला नर्सको कुरामा विश्वास नगरि बच्चालाई आफ्नो काखमा लिई हेर्न थाले र बच्चाको लिङ्ग भएको ठाँउबाट रगत बगेको देखेपछि उनि झन तर्सिए, आक्रोशित हुदै डा.चौधरी लगायत नर्सहरुलाई गालि गर्न वाहेक उनि सँग कुनै विकल्प थिएन ।उनले भनिन्,‘ रातिको समय थियो, मोवाईल पनि थिएन, मसँग चिचियाउनु, कराउनु वाहेक कुनै विकल्प नै थिएन । वुहारी चन्दा पनि वेहोस अवस्थामा थिइन, वाहिरबाट कसैलाई बोलाउन पनि सकेनौ ।’ बुधवार विहान मात्र घटनावारे आफन्तलाई जानकारी गराउन सक्यौं चन्द्रकलाले भनिन् । चन्दाकी श्रीमान अनिलले भने,‘जुन डाक्टर एक चोटी नभई दुई चोटी अल्टूासाउण्ड गर्छन्, त्यो कसरी छोरा हो की छोरी छुट्याउन सक्दैन, अर्को कुरा जब बच्चा छोरा नै थियो भने उसको लिङ्ग किन काटियो ? । डाक्टर चौधरीले आफ्नो गल्तीलाई ढाकछोप गर्नलाई यस्तो गरेको अस्पतालकै एक कर्मचारीले बताए । नेपालको कानुनमा तिन महिना भन्दा बढीको बच्चालाई गर्भपतन गर्ने गराउने कार्यलाई अवैध मानिएको छ । जनकपुर प्रसुति क्लिनिककी प्रमुख डा. निलम चौधरी एम.बि.बि.एस., डि.जि.ओ. सम्मको अध्ययन गरेको क्लिनिकको बोर्डमा लेखिएको छ ।
बुधवार विहान पिडितका परिवाजनले अस्पतालमा तोडफोड गरेपछि उतm घटना सार्वजनिक भएको थियो । तोडफोड भएपछि अस्पताल केहि घण्टा तनावग्रस्त नै बनेको थियो ।  श्रोतका अनुसार घटनालाई अगाडी नबढाउन पिडित परिवारलाई डा.चौधरीले एक लाख रुपैयाँ क्षतिपुर्ति दिएकी छिन । साथै घटनालाई नउचाल्न, नउचाले थप ५० हजार रुपैयाँ दिने दुवै पक्ष बिच सहमति समेत भएको श्रोतको दावी छ । यस सम्वन्धमा डा .चौधरीले चन्दाको गर्भपतन गरेको स्वीकार गरेपनि अल्टूासाउण्ड नगरेको बताए । चन्दाको गर्भपतन गरिदिन उनका परिवारजन आएकोले आफु गर्भपतन गरेको डा.चौधरीको भनाई थियो ।

कारवाहीका लागि महिला अधिकारकर्मीहरुको चासो

घटना सार्वजनिक भएपछि जनकपुरमा रहेका आधा दर्जन गैरसरकारी संस्थामा कार्यरत महिला अधिकारकर्मीहरुले घटनामा चासो लिदै सम्बन्धीत पक्षहरुसँग भेट गरी अवैध तरिकाले लिङ्ग पहिचान गर्ने, गर्भपतन गर्ने÷गराउने व्यक्तिलाई कानुनी कारवाहीको माँग गरेका छन । प्रहरीले आफ्नै प्रतिवेदन बनाई प्रतिवेदनको आधारमा कारवाही अगाडी नवढाएपछि महिला अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दरखास्त दिने तयारी गरेका छन ।
जिल्ला महिला अधिकार सरोकार धनुषाका तर्फबाट संयोगिता साह, महिला पुनसर््थापना केन्द्र धनुषाका तर्फबाट हेमलता सिग्देल, ल्याक धनुषाका तर्फबाट अधिबक्ता किरण कुमारी साह, परिवार नियोजन संघका वरिष्ठ अधिकृत रामबहादुर कार्की, धनुषा उत्थानका नथुनी लालदास, सामुदायिक परिवार कल्याण संघ धनुषाका राजनन्दन यादव, जिल्ला महिला अधिकार मञ्चकी मालती ठाकुर, महिला तथा बालबालिका सेवा केन्द्रकी मिना केसी, जनकपुर नागरिक समाजका मुरली मनोहर मिश्र, आरडिएफ धनुषाकी रेखा दत्तले संयुक्त रुपमा जाहेरी दिने भएको छ । उक्त जाहेरीमा लिङ्ग पहिचान गर्नु, लिङ्ग पहिचान गरि भ्रुण हत्या गर्नु÷गराउनु अपराध रहेको भन्दै जनकपुर प्रसुति क्लिनिकको संचालिका डा. निलम चौधरी÷उक्त क्लिनिकमा कार्यरत नर्स रम्भा, महोत्तरी सोहरवा(४ का अनिल झा र अनिल झा की श्रीमति चन्दा झा विरुद्ध मुद्दा दर्ता गरिने तयारी पुरा भएको र आइतबार मुद्दा दर्ता हुने अधिबक्ता रेखा झाले बताइन ।
लिङ्ग पहिचान गर्ने÷गराउने साथै लिङ्ग पहिचानको आधारमा भ्रुण हत्या गर्ने÷गराउने गैरकानुनी भएको साथै जिउदै बच्चाको लिङ्ग र अण्डकोष झिक्नु जघन्य अपराध गरेको हुनाले अविलम्ब पक्राउ गरी ज्यान महलमा व्यवस्था भए बमोजिम मानब शरिरको अङ्ग प्रत्यारोपन (नियमित तथा निषेध ऐन २०५५) बमोजिम हदै सम्मको सजाय माँग दावी गरी जाहेरी तयारी गरिएको अधिबक्ता रेखा झाले बताइन ।  अधिबक्ता झा का अनुसार डा. चौधरीको कसुर ठहर भए लिङ्ग पहिचान गरेको अभियोगमा ६ महिना देखि २ वर्षसम्म कैद र लिङ्ग काटेको अभियोगमा थप दुई वर्ष कैद र रु. १ लाख जरिवाना हुने तथा डा. चौधरीको मेडिकल लाइसेन्स सिज हुने छ । घटना भएपश्चात डा. चौधरी सम्पर्क भन्दा बाहिर छन । प्रहरी उपरीक्षक बसन्त कुमार पन्त भन्छन,“ उक्त घटनाबारे मौखिक गुनासो आएका कारण चन्दाका श्रीमान अनिल झालाई झिकाई सोधपुछ गरी कागज गरी रिहा गरिएको छ । डा. निलम चौधरी बाहिर गएको कारण उनीसँग सोधपुछ गर्न बाँकी छ ।”

No comments:

Post a Comment