Tuesday, May 3, 2016

फेरी सुरु भयो ‘आन्दोलन’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेसमा आन्दोलारत र केही जनजाति पार्टी समावेश गरेर बनाइएको संघीय गठबन्धनले सरकारलाई २६ बुँदे ज्ञापनपत्र पेश गरेको छ । यसअघि तराईमा आन्दोलनरत दलहरुले उठाउँदै आएका मागमा केही मागहरु थपेर बुधबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको छ ।
ज्ञापनपत्रमा तराईमा २ प्रदेश हुनुपर्ने, निर्वाचन क्षेत्र बिभाजन गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने, वैवाहिक नागरिकताको प्राप्ती संविधानमा नै प्रष्ट पार्नुपर्ने लगायतका मागहरु रहेका छन् । २७ पार्टी सम्मिलित संघीय गठबन्धनले विगतदेखि नै उठाउँदै आएको माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको छ । के के छ त गठबन्धनले उठाएका २६ बुँदे मागमा हेर्नुस् ः
(१) पहिलो संविधान सभाबाट गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँट समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायहरूसँग भएको सम्झौताहरू र नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८(१) र १३८(१क) अनुरुप तराईरमधेशरथरुहटमा दुई स्वायत्त प्रदेश लगायत ऐतिहासिक पृष्ठभूमि र थातथलो र पहिचान एवम् सामथ्र्यको आधारमा प्रदेशहरू निर्माण हुनुपर्ने, जसमा लिम्बुवान, किरात र खम्बुवान, शेर्पा, ताम्सालिङ÷तामाङसालिङ, नेवाः, तमुवान, मगरात, थरुहटरथारुवान, खसान र मधेस आदि प्रदेशहरू सहित गैरभौगोलिक विशेष प्रदेशको गठन हुनुपर्ने । प्रदेशहरू स्वायत्त र अधिकार सम्पन्न हुनुपर्ने ।
(२) प्रदेशहरूभित्र ऐतिहासिक थातथलो कायम भएका जातीय समूह, आदिवासी जनजाति, मुस्लिम, शिल्पी समुदाय (दलित), पिछडावर्ग, सीमान्तकृत, अति सीमान्तकृत र लोपोन्मुख समुदायको पहिचानमा आधारित स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरूको व्यवस्था गरिनु पर्दछ र खस समुदाय समेतलाई आदिवासीमा सूचीकृत गर्ने ।
(३) सङ्घीय गणतन्त्र नेपालका सबै अङ्ग, तह (सङ्घ, प्रदेश र स्थानीय निकाय) र निकायहरूमा सरकारी कामकाजमा बहुभाषिक नीति लागू गरिनु पर्दछ । राज्यले प्रयोग गर्ने भाषाहरूलाई संविधानमा सूचीकृत गरिनु पर्दछ । सबै भाषाहरूको संंरक्षण र विकास गर्ने दायित्व राज्यको हुनेछ ।
(४) नेपाल पक्ष भएका अन्तर्राष्टिूय महासन्धि एवम् प्रतिज्ञापत्र, अन्तर्राष्टिूय श्रम संगठनको आदिवासी तथा जनजाति महासन्धि, आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्टू सङ्घीय घोषणा पत्र लगायत अन्तर्राष्टिूय मानवीय कानुनहरू नेपाली जनतालाई प्रत्याभूति गराउन संवैधानिक व्यवस्था गरिनुपर्ने ।
(५) सङ्घ, प्रदेश लगायत राज्यको सम्पूर्ण अङ्ग, तह, निकाय र सेवा आयोगहरूमा समानुपातिक समावेशी प्रतिनिधित्व प्रत्याभूति हुनुपर्ने ।
(६) मौलिक हकमा जातीयरसमुदायगत समानुपातिक समावेशी हुने स्पष्ट व्यवस्था सहितको अलग धाराको व्यवस्था गर्नुपर्ने । मौलिक हकमा आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार, स्वशासन, प्राकृतिक स्रोतमाथिको अधिकार र पूर्व सुसूचित सहमतिको अधिकार ग्यारेन्टी गर्नुपर्ने । सूचनाको हक ः प्रत्येक मातृभाषीलाई मातृभाषामा सूचना पाउने हक हुनेछ । साथै राज्यले मातृभाषामा कार्यक्रम सञ्चालन गर्ने रेडियो, टेलिभिजन वा छापालाई अनुदान दिने व्यवस्था गर्नुपर्ने ।
(७) प्रतिनिधि सभामा प्रदेशहरूको जनसंख्याका आधारमा प्रत्येक प्रदेशहरूलाई सीट संख्याको विभाजन गरी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्दछ । यसका लागि समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्दछ । राष्टिूय सभामा प्रत्येक प्रदेशहरूबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसंख्याको आधारमा प्रदेश सभाको सदस्यहरू मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनुपर्दछ ।
(८) वैवाहिक नागरिकताको प्राप्ति संघीय कानुनमा नभई संविधानमा नै स्पष्ट व्यवस्था हुनुपर्ने र संवैधानिक पदहरूमा मनोनित वा निर्वाचित अन्तरिम संविधानको व्यवस्था अनुरुप नै हुनुपर्ने ।
(९) न्यायपालिकालाई संघ राज्यको आधारभूत मान्यता अनुरुप संघीय ढाँचामा रुपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समानुपातिक समावेशिताका आधारमा गर्नुपर्ने । साथै उच्च अदालत र स्थानीय अदालतको न्यायाधीशहरूको नियुक्ति प्रादेशिक कानुन बमोजिम हुनुपर्ने । संवैधानिक सर्वोच्चता तथा विधिको शासनको लागि न्यायपालिका स्वतन्त्र एवंं निष्पक्ष हुनुपर्दछ । र राजनीतिक दलहरूको कार्यकर्ता भर्ती केन्द्र बनाउनु हुन्न । दलीय प्रभावबाट न्यायालय मुक्त रहनुपर्दछ । प्रथाजन्य कानूनलाई संवैधानिक मान्यता प्रदान गर्ने ।
(१०) समावेशी आयोगमा सबै समुदायको प्रतिनिधित्व तथा अन्य सबै आयोगहरूको गठन र कार्यक्षेत्र र क्षेत्राधिकार स्पष्ट उल्लेखित हुनुपर्ने । साथै प्राकृतिक श्रोत तथा वित्तीय आयोगमा सबै प्रदेशहरूको प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने ।
(११) स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानुन बमोजिम हुनुपर्ने ।
(१२) नेपाली सेनालाई राष्टिूय स्वरुप प्रदान गर्दै लोकतान्त्रिकरण गर्ने तथा सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरूमा समानुपातिक समावेशी गर्नुपर्ने ।
(१३) मधेशरथरुहट आन्दोलनको दौरान सरकारद्वारा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीे शक्तिलाई अत्याधिक मात्रामा प्रयोग गरी राज्य आतंकको स्थिति सृजना गर्दै जातीय नरसंहार गर्ने अभिप्रायले व्यापक रूपमा हिंसा, हत्या र दमन गरी मानव अधिकार तथा अन्तर्राष्टिूय मानवीय कानुनहरूको समेत घोर उल्लंघन गरिएको हुँदा सोको सम्बन्धमा अन्तर्रा्ष्टिूय मापदण्ड अनुरुप विश्वासिलो र स्वतन्त्र न्यायिक छानबिन आयोगको गठन गरी घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारबाही गरिनु पर्दछ ।
(१४) मधेशरथरुहट लगायतका आन्दोलनको दौरान मारिएकाहरूलाई शहीद घोषणा तथा मृतक परिवारहरूलाई क्षतिपूर्ति दिने, घाइतेहरूको उपचार, अंगभंग भई अपाङ्गता हुन पुगेकाहरूलाई आवश्यक क्षतिपूर्ति तथा अन्य सुविधाहरू सरकारले दिनुपर्ने ।
(१५) गिरफ्तार गरिएका आन्दोलनकारी नेताहरूलाई विनाशर्त तत्काल रिहा गर्नुपर्ने र राजनीतिक नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका झुठा मुद्दाहरू खारेज गरी र राज्यद्वारा जारी रहेको राज्य आतंक, हिंसा, हत्या, दमन र गिरफ्तारी तत्काल अन्त्य गरिनु पर्दछ ।
(१६) मुलुकमा माफियातन्त्र र कालाबजारीलाई तत्काल नियन्त्रण गरी दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति सहज गरी जनतालाई सुलभ मुल्यमा उपलब्ध गराउने व्यवस्था सरकारले अबिलम्ब गर्नु पर्दछ ।
(१७) दैनिक उपभोग्य वस्तुहरूको सरकारले दैनिक गुणस्तर जाँच गर्ने र मुल्य निर्धारण गरी सोही निर्धा्रित मुल्यमा सामाग्रीहरू जनतालाई उपलब्ध गराउने व्यवस्था गर्ने ।
(१८) नेपालमा संस्थागत एवम् नीतिगत रुपमा बढ्दै गइरहेको भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रलाई अन्त्य गरी जनतालाई सुशासनको प्रत्याभूति गराउनु पर्दछ ।
(१९) तत्काल भूकम्प पीडितहरूको पुनर्वास गराउने र भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्ने कार्य यथाशीघ्र गर्नुपर्ने । भूकम्प पीडितहरूको राहत तथा पुनर्वास र पुनर्निर्माणका लागि मित्र राष्टूहरूका साथै राष्टिूय र अन्तर्राष्टिूय दाताहरूबाट के कति सहयोग, नगद तथा जिन्सी प्राप्त भएको ? सोको जानकारी जनतालाई उपलब्ध गराउने र राहत, पुनर्वास तथा पुनर्निर्माण कार्यमा कहाँ के कति खर्च गरिएको हो ? सोको जाँच गर्ने र अनियमितता गर्नेलाई दण्डित गर्नुपर्ने ।
(२०) सरकारी सेवा, संवैधानिक निकाय लगायतका स्थानहरूको व्यक्तिहरूको योग्यता, क्षमता, दक्षता र चरित्रको आधारमा नगरी राजनीतिक दलहरूको भागबण्डाका आधारमा राजनीतिक कार्यकर्ता तथा आफन्त, नातागोतालाई गरिने नियुक्ति प्रथालाई अन्त्य गर्ने । न्यायपालिका, सुरक्षा निकाय, लोकसेवा आयोग लगायतका संवेदनशील संस्थाहरूलाई दलीय राजनीतिक प्रभावबाट अलग राखिनु पर्दछ ।
(२१) निम्न आय हुने गरीब, विपन्न वर्ग, अनाथ बालबालिका तथा बृद्धबृद्धा र अपाङ्गता भएकाहरूको जीवन अत्यन्त कष्टकर रहेकोले उनीहरूका लागि विशेष सामाजिक न्याय र सुरक्षा नीति अबलम्बन गरी उनीहरूको जीवनको अधिकार अथवा बाँच्ने अधिकारलाई सुरक्षित गरिनु पर्दछ ।
(२२) मित्र राष्टूहरूद्वारा सहयोगको लागि निर्माण गरी सञ्चालन गरिएका तर हाल बन्दको अवस्थामा रहेका उद्योगधन्दा, कल कारखानाहरूलाई सरकारले पुनः सञ्चालन गरी देशभित्रै युवाहरूको लागि रोजगारीको व्यवस्था गर्ने ।
(२३) सरकारले स्वदेशी र वैदेशिक पूँजी र प्रविधिलाई नेपालमा लगानी गर्न लगानी मैत्री वातावरण सृजना गरी जलश्रोत, पर्यटन, कृषि, शिक्षा विकासका साथै उद्योग, कल कारखानाको स्थापना गरी गरीबी र बेरोजगारी समस्यालाई अन्त्य गर्नुपर्दछ ।
(२४) कृषि क्षेत्रलाई औद्योगिकरण, आधुनिकीकरण र व्यावसायिकरण गर्ने, किसानहरूलाई सिचाइँ, सहुलीयत दरमा मल खाद्य, बिऊ, कीटनाशक औषधी तथा ऋण उपलब्ध गराई हरित क्रान्ति, स्वेत क्रान्तिलाई अगाडि बढाउन ठोस नीति, कार्यक्रम तथा योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
(२५) बेरोजगार युवाहरूलाई सरकारले कि त रोजगार दिनुपर्दछ सो दिन नसकेको अवस्थासम्म जीवनयापन गर्न बेरोजगारी भत्ताको व्यवस्था गर्नु पर्दछ । राज्यद्वारा प्रदान गरिने रोजगारीका सबै अवसरहरूमा जातीयरसमुदायगत जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी हुनु पर्दछ ।  ।
(२६) शान्तिपूर्ण, अहिंसात्मक र असहयोग आन्दोलनका दौरान सम्पूर्ण औद्योगिक तथा व्यावसायिक वर्ग, किसान लगायतले लिएका बैंक ऋणको व्याज र जरिबाना मिनाहा गरिनु पर्दछ ।

२०७३ बैशाख १९ गते आईतबार

No comments:

Post a Comment