द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राष्टूपति विद्या देवी भण्डारी ज्यूको फिर्ती सवारी भईसकेपछि केही हुल जानकी मन्दिर भित्रको गर्भ गृहमा प्रवेश गरी मन्दिरको ढोकामा क्षति पुर्याउने, रेलिङ्गमा क्षति पुर्याउने लगायतका उच्छृङखल किसिमका क्रियाकलापहरुमा संलग्न व्यक्तिहरु को को हुन, यो घटना घटाउन पछाडीको कारण के हुन सक्छ भन्ने सम्बन्धमा धनुषा प्रहरीले सुक्ष्म ढंगले छानविनको प्रक्रिया अगाडी बढाएको छ । त्यस्ता घटनामा संलग्न व्यक्तिहरुलाई पुष्टि हुने प्रमाण संकलनका कार्यहरु पनि अगाडी बढेको छ ।
ती घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्ने, पहिचान भईसकेका व्यक्तिहरुलाई पक्राउ गर्ने लगायतका कार्यहरुमा हामी अघि वढेका छौं । यो सबै कुराहरु पुष्टि भईसकेपछि प्रचलित कानुन बमोजिम आवश्यक कारवाही हुने तथा थप अनुसन्धानका कार्य हुन्छ । प्रमाणमा आवश्यक भिडियोहरु, फोटोहरु, सामाजिक संजालमा भएका भिडियो क्लिप्स, अडियो क्लिप्स, आदिलाई लिइएको छ । अहिले प्रचलित कानुन अनुसार धेरै मुद्दाहरु चलाउन सकिने विचाराधिन अवस्था रहेपनि प्राचिन स्मारक संरक्षण ऐन २०१३, आवश्यक बस्तु संरक्षण ऐन २०१२ र केही सार्वजनिक अपराध अन्तरगत पनि मुद्दा चल्न सक्छ । अनुसन्धानको क्रम जारी छ । अनुसन्धान सकिए लगतै कुन मुद्दा चलाउने भन्ने निकर््यौल पनि हुन्छ । जानकी मन्दिरमा विवाह पञ्चमीको महोत्सव र राष्टूपति महोदयको भ्रमण सन्दर्भलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको थियो । विगत साल झैं यस पटक पनि विवाह पञ्चमी महोत्सवलाई लक्षित गरेर धेरै सुरक्षाकर्मीहरु जानकी मन्दिरमा परिचालन गरिएको थियो । खासगरी लुटपाट, पोकेटमारी, भीडमा भक्तजनहरुलाई हुन सक्ने असुविधा आदि विषयहरुलाई मध्य नजर गर्दै धेरै सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
जानकी मन्दिरमा उच्छृङखल गतिविधि गर्ने १५ जनालाई पक्राउ गरे पनि पछि सोधपुछ गरेपछि अन्यलाई रिहा गरियो र बाँकी ३ जनालाई सार्वजनिक अपराधको मुद्दा चलाइएको छ । राष्टूपतिको बहिरगमन भईसकेपछि जसरी जानकी मन्दिरको भित्र गर्भगृहमा तोडफोड तथा गलत गतिविधिहरु भयो त्यो सबैलाई जिल्ला प्रहरी कार्यालयले आफ्नै प्रहरी प्रतिवेदनको आधारमा अनुसन्धान अगाडी वढाएको छ । जानकी मन्दिरले कुनै जाहेरी वा उजुरी दिएको छैन । अहिले धनुषा प्रहरीले अनुसन्धान गरिरहेको विषय के हो भने जानकी मन्दिरको भित्र गर्भ गृहमा भएको तोडफोडलाई लिएर आन्तरिक अनुसन्धान अगाडी वढाएका छौं । आन्दोलन एउटा पाटो छ । धार्मिक आस्था बोकेको मन्दिर अर्को पाटो हो । जन्मसिद्ध एउटा धर्ममा जन्मेको व्यक्तिले आफ्नै आस्था, धर्म र संस्कृति विरुद्ध, त्रेता यूग देखि चलिआएको परम्परा र जानकी मन्दिरमा ढुङ्गामुढा गर्ने वा मुख्यद्वारमै गएर लात हान्ने कार्य पछाडीको आखिर नियत के हो ? यसलाई आन्दोलनसँग जोड्न मिल्दैन । प्रहरीको ठम्याई हो । यो हाम्रो धरोहर, पुरातात्विक हिसावको प्राचिन मन्दिर माथिको हमला हो, यो । यो किन भयो, कसरी भयो भन्ने अनुसन्धान गरिरहेका छौं ।
मन्दिर पवित्र गरेको वा सरसफाई गरेको वा चोख्याइएको भन्ने सम्बन्धमा प्रहरीले कुनै पनि किसिमको अनुसन्धान अगाडी वढाएको छैन । (जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलसँगको कुराकानीमा आधारित)
२०७२ पौष १२ गते आईतबार

No comments:
Post a Comment