![]() |
विद्यार्थीहरु माझ ज्ञानेन्द्र झा (ज्ञानु) । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनका दौरान थुपै्र नेताहरु उभ्रिए पनि विद्यार्थी नेताको रुपमा ज्ञानेन्द्र झा (ज्ञानु) स्थापित हुन पुगेका छन् । हुन त विद्यार्थीको समस्यालाई लिएर समाधान गर्नका निम्ति विद्यार्थीहरुको छाता संगठन स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को जिम्मेवारी र कर्तव्य हुन्छ । तर, जनकपुरको स्ववियुका पदाधिकारीहरु छन् भन्ने कुराको अनुभुति पनि विद्यार्थीहरुलाई हुन सकेको छैन । त्यस्तो अवस्थामा एक्ला संगठन समाजवादी विद्यार्थी संघ जनकपुरका विद्यार्थीहरुको हक हितका लागि अगाडी आएपछि विद्यार्थीको संगठनको नाऊँमा उक्त संस्था मात्रै रहेको छ भन्ने कुरा पनि देखिएको छ । ज्ञानु उक्त संगठनका केन्द्रिय अध्यक्ष हुन । हुन त उनी पनि स्ववियुको सभापति बन्ने उद्देश्य लिएर राजनीतिमा लागेको देखिएपनि अहिले उनको हैसियत र कद स्ववियु सभापति भन्दा पनि अग्लो भएको छ ।
मधेस आन्दोलन सुरु भए लगतै जनकपुरका सम्पुर्ण शैक्षिक संस्थानहरु ठप्प पारिएका थिए । मधेस आन्दोलनको आह्वान गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आम हडतालका दौरा नगत साउन ३१ गते देखि नै जनकपुरका शैक्षिक संस्थानहरु पनि ठप्प पारेका थिए । विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुको पठन पाठन ठप्प हुन पुग्दा विद्यार्थीको भविष्य नै अन्ध्यारोमा पर्ने व्यापक जन गुनासो बढेपछि विद्यार्थी, अभिभावक र शैक्षिक संस्थासँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको अनुरोधमा मधेसी मोर्चाले छठ पर्व सकिए लगतै विहान ११ बजे सम्म विद्यालयहरु सुचारु गर्ने निर्णय गरे । विद्यालय तथा कलेजको मुलद्वारमा सहिदहरुको फोटो राखेर मधेस आन्दोलन प्रति एक्यवद्धता सहितको व्यानर झुन्डयाई विद्यालय ११ बजे सम्म मात्र सुचारु गर्न पाउने निर्णय गरे । यसका अतिरिक्त विद्यालयका सवारी साधन भने चल्न नदिने निर्णय गरे । जसकारणले गर्दा ११ बजे सम्म मात्र पठन पाठन गराउन शैक्षिक संस्थाहरुलाई व्यवहारिक कठिनाईको सामना गर्नुपर्र्याे । कतिपय विद्यालयहरु भवन अभावमा दुई शिफ्टमा संचालन हुने गरेको अवस्थामा समय अनुकुल विद्यालय संचालन गर्न शैक्षिक नेताहरुले मोर्चालाई अनुरोध गरेपछि स्थानीय स्तरमा मोर्चाले उक्त निर्णय गर्यो । परिणाम स्वरुप विद्यालयहरु दिनभरी संचालन हुन थाल्यो । राम्रो शैक्षिक माहौल बन्न थाल्यो ।
आन्दोलन अवधिभर विद्यालयहरु नखुलेको तथा पठन पाठन नै नभएपछि विद्यार्थीहरुको उक्त समयावधिको शुल्क विद्यालय तथा कलेजले नलिनुपर्ने विद्यार्थी तथा अभिभावक वर्गहरुबाट कुरा बाहिर आएको थियो । हुन त शुल्क मिनहामा केही न केही उदार भई शैक्षिक संस्थाहरुले निर्णय लिने भन्ने कुरा आशा गरिएको थियो । तर, विद्यालय सुचारु भईसकेपछि टर्मिनल परीक्षाको नाऊँमा विद्यालय तथा कलेजहरुले विगत साउन देखि मंसिर सम्मको बिल काटेपछि एउटा नयाँ बहस सुरु भयो । अचम्म त के थियो भने उक्त बिलमा ती समयावधिको यातायात चार्ज समेत काटिएको थियो । त्यति मात्र होइन, कम्प्यूटर बिल, लाइब्रेरी बिल, प्रयोगशालाको बिल सबै समावेश गरियो । जुन कुरा उपभोग नै भएको थिएन त्यसको बिल जानुका साथै लेट फाइन बिल समेत विद्यार्थीको हातमा परेपछि विद्यार्थी र अभिभावकहरु आश्चर्य चकित भएका थिए । त्यसपछि विद्यार्थीहरुले आफ्नो विद्यार्थी नेता ज्ञानेन्द्र झा(ज्ञानु) लाई फोन गरी शुल्क मिनहा गराईदिन आग्रह गरे ।
मधेस आन्दोलनमा प्रारम्भ देखि नै विभिन्न स्वरुप र चरणको आन्दोलनमा समाजवादी विद्यार्थी संघको व्यानरमा होमिएका विद्यार्थी नेता ज्ञानुले शुल्क मिनहाको माग राख्दै प्रेस विज्ञप्ती जारी गरी सरोकार बाला निकायहरुको ध्यानाकर्षण गराए । तर, उक्त ध्यानाकर्षण प्रति शैक्षिक संस्थाहरुले केही वास्ता नगरेपछि विद्यालय बन्द गराउने धम्की दिए पछि विद्यालयका संचालकहरु, प्यावसन र एनप्यावसन सहितको बैठक ३ पुषमा बोलाइयो । उक्त बैठकमा ज्ञानु पनि पुगे । शुल्क मिनहा र विद्यालय विहान ११ बजे सम्म मात्र संचालन गर्न पाउने अडानमा ज्ञानु अडिग रहे । तर, संचालकहरुले ज्ञानुको प्रस्तावलाई स्वीकार गरेनन् । उल्टै प्रतिकार गर्ने धम्की आएको ज्ञानु बताउँछन् । त्यसपछि ४ पुषमा विद्यालय तथा शैक्षिक संस्थाहरु अनिश्चितकालिन बन्दको आह्वान गर्दै समाजवादी विद्यार्थी संघले रामानन्द चौकबाट मशाल जुलुस निकाली नगर भरी प्रदर्शन गरेका थिए । तर, सोही दिन साँझ प्यावसन एनप्यावसनका तर्फबाट प्रेस विज्ञप्ती जारी गरी कुनै पनि हालतमा विद्यालय बन्द नगर्ने कुरा बाहिर आयो । ५ पुष विहान विगत झैं जनकपुरका शैक्षिक संस्थाहरु खुले । तर, विद्यार्थी संघले पनि विद्यालयहरु बन्द गराउँदै हिँडे । सोही क्रममा बन्द गराउन नमानेका मिट क्याम्पसका संचालकले पुलिसको सुरक्षामा विद्यालय र कलेज सुचारु राखे । सोही क्रममा विद्यार्थी नेता ज्ञानु र संचालक बीच झड्प भयो । ज्ञानु प्रहरीको नियन्त्रणमा परी जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याइए । यता बन्द गर्दै हिँडेका विद्यार्थीहरुको प्रतिकारमा मिट क्याम्पसका विद्यार्थीहरु सडकमा भाटा लिएर ओर्लिए । पछि स्थिति तनावपुर्ण बन्यो । उता ज्ञानुको रिहाईको माग गर्दै हजारौंको संख्यामा विद्यार्थीहरु प्रदर्शन गर्न थाले । करिब १२ बजे तिर प्रहरीले ज्ञानुलाई रिहा गरे ।
त्यसपछि पुष ८ गते सर्वपक्षिय वैठकबाट विद्यार्थीहरुको २ महिनाको शुल्क मिनहा गर्ने, शिक्षकहरुको तलब सबै महिनाको दिने र ३ बजेसम्म विद्यालयहरु संचालन गर्ने निर्णय भयो । यसरी हेर्ने हो भने विद्यार्थी नेता ज्ञानुको संघर्षका कारण जनकपुरका हजारौं विद्यार्थीहरुले राहत पाएका छन् । अभिभावकहरु खुशी हुँदै भन्न थालेका छन् कि विद्यार्थी नेता भनेको ज्ञानु जस्तो हुनुपर्छ । हुन त अहिलेको समयमा साँच्चै भन्ने हो भने एउटा सांसदको पछाडी हजारौं यूवाहरु रहँदैनन । तर, ज्ञानुको पछाडी हजारौं यूवा विद्यार्थीहरु सडकमा ओर्लिएपछि उनी जनआधार समेत रहेको नेताको रुपमा स्थापित हुन पुगेका छन् ।
ज्ञानुले विद्यार्थीको हितमा गरेको कामहरु
ज्ञानु अहिले आएर त्यसै जनआधार भएको विद्यार्थी नेता भएको हैन । निरन्तरको लगनशिलता र विद्यार्थीको हक हितका लागि जस्तो सुकै परिस्थितिमा पनि तयार रहने हुनाले उनी विद्यार्थीहरु माझ् अत्यन्तै लोकप्रिय बनेका छन् । हरेक विद्यार्थी उनको नाऊँले मात्र होइन कि कामबाट पनि चिन्ने गरेका छन् ।
उनी जनकपुरको राराब क्याम्पसका विद्यार्थी हुन । त्यसैले सबैभन्दा पहिले उनी उक्त क्याम्पसमा विद्यार्थीहरुको अधिकारका लागि संघर्षरत रहे । जस्तै विज्ञान संकायको दुई बर्ष देखि बन्द रहेको प्रयोगशाला सुचारु गर्न संघर्ष गरे । पछि प्रयोगशाला सुचारु भयो । विभिन्न संकायमा पठन पाठन नहुने अवस्थामा स्ववियूले अजेण्डा नउठाएपनि उनले मुद्दा बनाई रहे । पटक पटकको संघर्ष पछि पठन पाठन सुचारु गराए ।
जानकी मेडिकल कलेजको विद्यार्थी सर्बेश लाभलाई बसले किचेर हत्या गरेपछि उक्त घटनाको विरोधमा ज्ञानुले सशक्त आन्दोलन गरेका थिए । उक्त आन्दोलनकै कारण लाभको अभिभावकलाई जेएमसीमा बुझाईसकेको करिब १२ लाख रुपैयाँ कलेजबाट फिर्ता गर्न लगाए । बस चालकलाई समेत कानुनी कारवाही अगाडी बढाइयो । स्ववियूका पुर्व उपसभापति दिपेन्द्र झाको गैरन्यायिक हत्या भएपछि छानविनको माग गर्दै समेत उनले संघर्ष अगाडी बढाएका थिए । यद्यपि उक्त मुद्दामा हालसम्म सफलता हात लाग्न सकेको छैन, उनलाई । सरकारले हरेक समयमा गर्ने गरेको पेटूोलियम मुल्य बृद्धिको विरोधमा ज्ञानु सबैभन्दा पहिले सडकमा आई विभिन्न विद्यार्थी संघ संस्थाहरुलाई सामुहिक रुपमा आन्दोलन गराउन बाध्य तुल्याउने गरेका छन् ।
बस संचालन हुँदा खास गरेर जनकपुरबाट काठमाण्डौ जाने रात्री कालिन बसहरुको सेन्डीगेड विरुद्ध आन्दोलन गरेर उनले सेन्डीगेड प्रथा हटाउन लगाएका छन् । विद्यार्थीहरुलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत भाडा दर मिनहा गराउन आन्दोलनकै मार्फत उनी सफल भएका छन् । दुई बर्ष अघि एसएलसी परीक्षामा यदुकुहाको दुई वटा र धबौलीको एउटा परीक्षा केन्द्रमा गोली चलेर परीक्षा रद्द भएपछि पुनः परीक्षाको लागि उनले आन्दोलन गरेका थिए । उक्त आन्दोलनको परिणाम स्वरुप दुईवटा केन्द्रको रद्द गरिएको सामाजिक विषयको पुनः परीक्षा गराउन सफल भएपनि एउटा केन्द्रमा उनी सफल हुन सकेनन् ।
जनकपुरमा पटक पटक ग्यासको आपुर्ति ठप्प हुने गरेपछि विद्यार्थीहरुका लागि उनले आन्दोलन गरेर ग्यास दिलाएका छन् । खुल्ला रुपमै विद्यार्थीको पहिचान पत्रको आधारमा पटक पटक उनले ग्यास वितरण गराएका छन् । जानकी मेडिकल कलेज संचालकहरुको लापरवाहीका कारण बन्द भएपछि उनले त्यहाँ पनि आन्दोलन गरे । पछि कलेज संचालनमा आयो । उनले कलेजका संचालक ओपी पाण्डे लगायतलाई कारवाही समेत गर्न लगाए । सिटिइभिटीको मौका परीक्षा स्थगित भएपछि उनले आन्दोलनकै बलमा पुनः परीक्षा लिन सिटीइभिटीलाई बाध्य पारे ।
पछिल्लो समयमै नेपालमा ठुलो विनाशकारी भुकम्प आएपछि विद्यार्थी संघकै ब्यानरमा राहत सामग्रीहरु संकलन गरी गोर्खाको वारपाक, काभ्रे, सिन्धुपालचौक लगायतका ठाउँहरुमा वितरण गरेका थिए । कुनै पनि कलेजमा विद्यार्थीलाई समस्या परे सबै भन्दा पहिले अगाडी आउने गरेका छन् । यसरी हेर्ने हो भने विद्यार्थीका लागि त उनी नेता छन् नै तर समाजिक क्रियाकलापमा समेत उनी हर हमेशा सक्रिय रहन्छन् । त्यसकारण विद्यार्थी संगसँगै यूवाहरु माझ पनि उनी लोकप्रिय नेताका रुपमा स्थापित भएका छन् ।
२०७२ पौष १२ गते आईतबार

No comments:
Post a Comment