Saturday, January 2, 2016

राष्ट्रपतिको जानकी मन्दिर दर्शन प्रकरण जानकी मन्दिर तोडफोड गर्नेलाई ‘कानुनी पासो’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
यतिबेला धर्मनिरपेक्ष राष्टू नेपालको प्रथम महिला राष्टूपति श्रीमती विद्यादेवी भण्डारीको नाम विवादमा परेको छ । विवाह पञ्चमीका अवसरमा राम(जानकीको पूजा(अर्चना गर्न गएकी राष्टूपतिले आन्दोलनमा रहेका मधेसी जनताको विरोधको सामना गर्नुपरेको छ ।  राष्टूपतिको विरोध गरेर मधेसका जनताले ‘राष्टूपति र त्यसमा पनि महिलाको’ अनादर गरेको निष्कर्ष निकालेका छन्( संस्थापन पक्षका विचारक, विश्लेषक, कार्यकर्ता र चौतारीमा उभिएका पत्रकारहरूले । उनीहरू यो अनादरको बदला लिन चाहन्छन् । नेपाली राजनीतिमा यो कुनै नौलो र अनौठो घटना होइन ।
यहाँको संस्थापन पक्षले मधेस वा पहाड, जहाँका जनताबाट पनि आदर र सत्कारको खोजी गरेका हुन्छन् । उनीहरूको सम्मान नगरेको आरोपमा जनतालाई कानुनी पासोमा पार्ने र सजायको भागी बनाउने काम सुरु हुन्छ । जनकपुरधामको घटनामा पनि यो प्रक्रिया सुरु भइसकेको छ । यी वाक्यहरु नेपालका चर्चित स्तम्भकार तथा पत्रकार किशोर नेपालद्वारा ९ पुष २०७२ मा कान्तिपुर दैनिकमा प्रकाशित ‘असंगत राजनीति र चर्को हल्ला’ शिर्षक अन्तरगत लेखका शव्दहरु हुन । हो, उनले भने झैं धनुषामा स्थानीय प्रशासनले जानकी मन्दिर प्रकरणलाई जोडेर केही व्यक्तिहरुलाई गिरफ्तार गरी कानुनको दायरामा ल्याईसकेका छन् भने केहीलाई प्रहरीले खोजी गर्दै हिँडेका छन् ।
    १ पुष २०७२ विवाह पञ्चमीकै दिन धनुषा प्रहरीले ३ जना यूवाहरुलाई पक्राउ गरी मुद्दा दर्ता गरिसकेका छन् । राष्टूपति विद्यादेवी भण्डारीको जनकपुर भ्रमणका दिन जानकी मन्दिरमा उच्छृङ्खल गतिविधि तथा उदण्ड गतिविधि गरेको भन्दै धनुषा प्रहरीले जनकपुर(४ का २४ बर्षिय सिताशरण मण्डल, १९ बर्षिय राहुल कुमार राउत र १९ बर्षिय रितेश कुमार मण्डललाई पक्राउ गरी केही सार्वजनिक अपराधको मुद्दा दर्ता गरेका छन् । हाल उनीहरु गत १ गते देखि प्रहरी हिरासतमा रहेका छन् । तिनीहरुलाई अनुसन्धानका लागि अदालतबाट म्याद थप गराई प्रहरीले हिरासतमा राखेको भएपनि मुद्दालाई अहिलेसम्म अदालतमा दर्ता गरेको छैन । हुन त उक्त दिन जानकी मन्दिरबाट धनुषा प्रहरीले करिब १५ जना व्यक्तिहरुलाई पक्राउ गरेको थियो । तर, छानविन पछि १२ जना निर्दोष व्यक्तिहरुलाई रिहा गरिएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त   जोशीले बताएका छन् ।
केही सार्वजनिक अपराध मुद्दा पहिले जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने गरेको भएपनि गत ३ असोज २०७२ मा नयाँ संविधान जारी भएपछि उक्त मुद्दा मंसिर १ गते देखि जिल्ला अदालतमै दर्ता हुने गरेको छ । अहिले कानुनमा व्यवस्था भएअनुसार २५ हजार रुपैयाँ सम्म जरिवाना वा ३ बर्ष सम्म कैद वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको अधिवक्ता दिपेन्द्र कुमार साहको भनाई रहेको छ ।
त्यसपछि ९ पुषमा राष्टूपति विद्या भण्डारीको भ्रमणका क्रममा जानकी मन्दिरमा तोडफोड गरेको आरोपमा प्रहरीले जनकपुर ४ थापा चोककी ४० वर्षकी शिला देवीलाई पक्राउ गरेको छ । विवाह पञ्चमीको अवसरमा राष्टूपति भण्डारी जानकी मन्दिरमा गएकी थिइन् । मधेसी मोर्चाको विरोधका बीच मन्दिर पुगेकी राष्टूपति फर्किएपछि केहीले मन्दिरको गर्भ गृहमा पुगेर लात्ताले हान्नुका साथै तोडफोड गरेका थिए । तोडफोडमा संलग्न भएको आरोपमा उनी नै मुख्य नाइके भई मुख्य मन्दिरमा प्रवेश गरी तोडफोड गरेको प्रहरीले बताएको छ ।
सामाजिक संजाल तथा सञ्चारमाध्यमहरुमा प्रकाशित दृश्यहरका आधारमा अनुसन्धान गर्दा तोडफोडमा शिलाको संलग्नता देखिएको प्रहरीको दाबी छ ।  उनलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत मुद्धा दर्ता गरी कानुनी कारवाही प्रकृया अघि बढाइएको प्रहरीले बताएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । कानुन व्यवसायी दिपेन्द्र साहका अनुसार प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार कुनै पुरातात्विक बस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरुप पारेमा, चोरी गरेमा वा अनधिकृत रुपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक बस्तुको विगो बमोजिमको रकम असुल गरी ५ हजार देखि १ लाख रुपैयाँ सम्म जरिवाना वा ५ बर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ । यसरी आन्दोलनकारी व्यक्तिहरुलाई धनुषा प्रहरीले पक्राउ गरेपछि मोर्चा सम्बद्ध महिला नेतृहरुले १० पुषमा विरोध प्रदर्शन समेत गरेका थिए ।
१० पुषमा सोही प्रकरणलाई लिएर धनुषा प्रहरीले विहान करिब ७ बजेको समयमा १ जना महिला नेत्री तारा देवी महत्तोलाई नियन्त्रणमा लिएको थियो । नक्टाझिझ सुखजोर स्थित राघोपुर टोलमा आफ्नो निवासमा रहेकी तारा देवी महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तारा देवी महत्तोका अनुसार करिब विहान ६ बजे तिर सादा पोशाकमा रहेका प्रहरीका कर्मचारीहरु कोठा भाडा चाहियो भनेर घरमा पसेको थियो । उनीहरुले कोठा हेरिसकेपछि प्रहरीको भान आयो र आफुलाई लुगा समेत लगाउन नदिई जुन लुगा लगाएको थिएँ सोही अवस्थामा भानमा आएकी महिला प्रहरीहरुले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको बताएकी छन् । प्रहरीले आफुलाई अपहरण शैलीमा पक्राउ गरेर प्रहरीले आफु माथि ज्यादती मात्र नगरी गुण्डागर्दी समेत गरेको उनले बताइन । उनी विगतमा एमाओवादीको भातृ संगठन मधेस राष्टिूय मुक्ति मोर्चाको केन्द्रिय सचिव, सुकुम्वासी समस्या समाधान आयोगको २०६८(०६९ सम्मको धनुषा अध्यक्ष भईसकेकी छिन् । उनी हाल डा.बाबुराम भट्टराईले संचालन गरिरहेको नयाँ शक्ति निर्माणका धनुषाका बरिष्ठ अभियन्ता हुन । उनको श्रीमान रामकरण महत्तोलाई विगतको सशस्त्र द्वन्द्वकालमा राज्यले २०६० साल कार्तिक ८ गते प्रहरीले गोली हानी हत्या गरेको थियो ।
सोही विषयलाई लिएर नयाँ शक्ति अभियानका धनुषा संयोजक तथा पुर्व राज्य मन्त्री अरबिन्द साहले धनुषाका प्रहरीले गुण्डाको शैलीमा आफ्नो बरिष्ठ नेत्रीलाई अपहरणको शैलीमा पक्राउ गरी मानव अधिकार विरुद्धको काम गरेको भन्दै पत्रकार सम्मेलनमा उनले जब सम्म धनुषाको प्रहरी उपरीक्षक राम दत्त जोशीले माफी माग्दैनन् तब सम्म आन्दोलन नरोकिने भन्दै ११ पुष देखि आन्दोलन आह्वान गरिसकेका छन् ।
छानविन टोलीद्वारा अनुसन्धान सुरु
जनकपुरस्थित जानकी मन्दिरमा गतसाता राष्टूपति विद्यादेवी भण्डारीमाथि भएको दुव्र्यवहारबारे अनुसन्धान गर्न सरकारी टोली शुक्रबार जनकपुर आई अनुसन्धानको प्रक्रिया अगाडी वढाएका छन् । मन्दिरमा राष्टूपतिमाथि भएको दुव्र्यवहार बारे अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सहसचिव विनोद केसीको नेतृत्वमा नेपाल प्रहरीका डीआइजी हेमन्त पाल, सशस्त्र प्रहरी बलका डीआइजी अरविन्द धिताल र राष्टिूय अनुसन्धान विभागका निर्देशक तथा डिआईजी यदुनाथ खरेल सहितको टोलीले जनकपुरमा विभिन्न सरोकारबाला पक्षहरुसँग सोधपुछ तथा अनुसन्धान अगाडी वढाएका छन् । उक्त टोलीले जानकी मन्दिरका महन्थ तथा पुजारीहरु, स्थानीय सुरक्षाकर्मीहरु, पत्रकारहरु, यूवा क्लवका नेताहरु, आन्दोलनरत पक्ष मोर्चाका नेताहरु सँग सोधपुछ गरेका छन् ।
राष्टूपति विद्या देवी भण्डारीको भ्रमण हुनु अगाडीको अवस्था, भ्रमण भएको दिनको अवस्था र भ्रमण पछिको अवस्था, सुरक्षाको अवस्था, गंगाजलले मन्दिर सरसफाई गरिएको अवस्था लगायत सबै विषयहरुमा वृहत रुपमै अनुसन्धान गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाइने छानविन समितिका संयोजक केशीको भनाई छ । मन्दिर भित्र भएको तोडफोड लगायतको विषयमा यदि कुनै व्यक्ति फौजदारी अपराध गरेको पाइयो भने त्यसलाई कानुनी कारवाही गर्न समेत उक्त समितिले नेपाल सरकारलाई सुझाव सहितको प्रतिवेदन बुझाउने केशी बताउँछन् । खास गरी भिभिआइपी व्यक्तिको भ्रमणको क्रममा सुरक्षा व्यवस्था कसरी मिलाउन सकिन्छ भन्ने कुरालाई पनि अगामी दिनको लागि सुझाव दिइने केशीले बताए ।
अनुसन्धान टोलीले यस अघि आ(आफ्नो च्यानलमार्फत घटनाको विवरण संकलन गर्ने काम गरेको अनुसन्धान समितिका एक सदस्यले जानकारी दिए । समितिले काम सुरु गरेको एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । समितिले दिने रिपोर्टका आधारमा दोषीलाई कार्वाहीको सिफारिस गर्ने गृहमन्त्रालयले बताएको छ ।
राष्टूपति भ्रमण सम्बन्धि हालसम्मका गतिविधिहरु
पुस १ गते विवाह पञ्चमीका दिन जनकपुरस्थित जानकी मन्दिरमा दर्शन गर्न पुगेकी राष्टूपति विद्यादेवी भण्डारीको भ्रमण पछि उत्पन्न भएको विवादलाई लिएर जनकपुर देखि काठमाण्डौ सम्म मात्र चर्चाको विषय बनेको छैन, अन्तर्राष्टिूय स्तरमा समेत   चर्चा भईरहेको छ ।
राष्ट्रपति माथि भएको दुर्व्यवहारप्रति कांग्रेस विदेश विभागको आपत्ती
राष्टूपति विद्यादेवी भण्डारीलाई जनकपुरमा गरिएको दुर्व्यवहारको नेपाली कांग्रेस विदेश विभागले गम्भीर आपत्ती जनाएको छ । कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाले ९ पुषमा विज्ञप्ति निकालेर राष्टूपति भण्डारीप्रति भएको दुर्व्यवहार र लगाइएको लान्छानाप्रति आपत्ती जनाएकी हुन् ।
पूर्व उपप्रधान तथा परराष्टूमन्त्री समेत रहेकी कोइरालाले राष्टूपति जस्तो गरिमा बोकेको व्यक्तिप्रति जनकपुरमा गरेको व्यवहार असभ्य र सामन्ती सोचको उपज रहेको कोइरालाको ठहर छ । कोइरालाले भनेकी छन, ‘घटनालाई सबै महिलाहरुले आफूप्रति गरीएको अपमानका रुपमा बुझेका छन, नेपाली कांग्रेस यस घटनाको निन्दा र भर्त्सना गर्दछ ।’ राष्टूपति भण्डारीलाई अपमान गर्नेहरु जो कोहि भए पनि कानुनी दायरामा ल्याइ कडाभन्दा कडा कारवाही गर्न सरकारसँग उनले माग गरेकी छन् ।
जनकपुर घटनाबारे संसदलाई जानकारी दिन सरकारलाई सभामुखको रुलिङ
सभामुख ओनसरी घर्तीले जनकपुरमा राष्टूपति विद्यादेवी भण्डारीमाथि भएको दुर्व्यवहारको घटनाबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेकी छन् । मधेसी मोर्चाका सांसदहरुको नाराबाजीको बिच चलेको बुधबारको संसद बैठकमा सांसदहरुले रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर गएकी राष्टूपति भण्डारीलाई दुर्व्यवहार भएको घटनाको विरोध गरेका थिए । बैठकमा अधिकांश महिला सांसदहरुले यसबारे सरकारको जवाफ मागेका थिए । त्यसलगत्तै सभामुख घर्तीले यसबारे जवाफ दिन सरकारलाई रुलिङ गरिन् । संसदको बैठक आउँदो १२ गते बस्नेछ ।
जानकी मन्दिरमा कुकुर छिराएकाले गंगाजल छर्किएको हो ः उपेन्द्र यादव
मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्टूपतिको भ्रमणका क्रममा जानकी मन्दिरभित्र कुकुर छिराएकाले गंगाजल छर्किएको दाबी गरेका छन् । ६ पुषमा पार्टी निकट संघीय प्रेस युनियनका पदाधिकारीहरुसँगको भेटमा यादवले जानकी मन्दिरमा राष्टूपति प्रवेश गरेकाले शुद्धीकरण नगरिएको दाबी गरे ।
फोरम नेपालका अध्यक्ष यादवले पनि राष्टूपति विद्या भण्डारी प्रवेश गर्नाले भन्दा पनि कुकुर छिराएर जथाभावी सुँगाएको र ¥याल चुहिएकाले मन्दिर शुद्ध गर्न गंगाजल छर्किएको बताएका थिए । साथै, उनले छालाको बुटसहित सेना र प्रहरी कुकुरसहित छिर्नुलाई साँस्कृतिक अतिक्रमणको संज्ञा दिएका छन् । ‘कुनैपनि मठमन्दिरमा जुत्तालगाएर कुकुर प्रवेश गर्न पाइँदैन’ उनले भने(‘तर, बुटसहित सेनाले कुकुरलाई मन्दिरभित्र लगेको छ । यसैले गर्दा गंगाजल छर्किइएको हो ।’
विधवा महिलालाई जानकी मन्दिरमा पूजापाठ गर्न आजसम्म वञ्चित नगरिएको भन्दै उनले विधुवा भएकै कारण गंगाजल छर्किएको विषयलाई उछाल्नु वाहियात भएको टिप्पणी गरे । ‘विधुवा भएकैले गंगाजल छर्किएको भन्नु वाहियात कुरा हो,’ उनले भने, ‘मन्दिरमा पूजा गर्न विधुवालाई पनि कसैले रोक्न मिल्दैन ।’
राष्ट्रपतिलाई दुर्व्यवहार भएको घटना छानविन गर्न समिति गठन
जनकपुरको रामजानकी मन्दिरमा राष्टूपति विद्यादेवी भण्डारीलाई दुवर््यवहार भएको घटना छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । ६ पुषमा मन्त्रालयले सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्सीय समिति गठन गरेको हो । समितिमा सहसचिव केसीसहित, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्तबहादुर पाल र सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
राष्टूपति भण्डारी विवाह पञ्चमी महोत्सवमा पूजा अर्चना गर्न जनकपुर गएकाबेला आन्दोलनकारीले कारकेडमा पेटूोल बम र ढुंगामुढा प्रहार गरेका थिए । एकल महिला मन्दिर भित्र प्रवेश गर्दा मन्दिर ‘अशुद्ध’ भएको भन्दै स्थानीय आन्दोलनकारीले गंगाजल छर्किएका थिए । आइतबारको मन्त्रिपरिषद बैठकले घटनाको निन्दा गर्दै दोषिलाई कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको छ ।
राष्ट्रपतिमाथिको दुवर््यवहार मानव सभ्यताकै कलंकः आयोग
जानकी मन्दिरमा राष्टूपति विद्यादेवी भण्डारीमाथि मधेसी मोर्चाका कार्यकर्ताद्वारा गरिएको आक्रमण, दुर्व्यवहार तथा अपमानजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको राष्टिूय महिला आयोगले जनाएको छ । महिला भएकै कारण गरिएको विभेदपूर्ण, अमानवीय, अमर्या्दित व्यवहारले सम्पूर्ण महिला जगत्को अपमान गरेको आयोगको ठहर छ । ६ पुषमा आयोगले उक्त कार्यको घोर निन्दा र भत्र्सना गर्दै दोषिमाथि कडा कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेको छ । आयोगका सदस्य एवम् प्रवक्ता उर्मिलादेवी विश्वकर्माले जारी गरेको विज्ञप्तिमा राष्टूपतिमाथि गरिएको दुर्व्यवहार मानव सभ्यताकै कलङ्कका रुपमा चित्रित हुन पुगको उल्लेख छ । आगामी दिनमा यस प्रकारका घटना हुन नदिनेतर्फ विशेष सतर्कता अपनाउन सरकार र आन्दोलनरत पक्षसँग अपिल गरेको छ ।
राष्ट्रपतिको विषयमा प्रकाशित समाचारप्रति महासंघको ध्यानाकर्षण
राष्टूपति विद्यादेवी भण्डारीलाई विवाह पञ्चमीको अवसरमा जनकपुरको जानकी मन्दिरमा भएको दुर्व्यवहार सम्वन्धि जनकपुर टुडेमा प्रकाशित समाचारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
पूजा अर्चनामा संलग्न भएको विषयलाई लिएर अत्यन्तै निकृष्ट शब्दहरू प्रयोग गरी समाचार प्रकाशित भएको र यो पत्रकारिताको आचारसंहिता विपरित भएको महासंघको ठहर छ । ‘मानवीय सभ्यता, संस्कृति र संवैधानिक व्यवस्थाका विपरीत भएका यस्ता गतिविधि र पत्रकारिताको मान्य सिद्धान्त र पत्रकार आचारसंहिताविपरीत प्रकाशन(प्रसारण हुनु खेदजनक छ,’ ६ पुषमा महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
महासंघले त्यस्तो प्रकाशन(प्रसारण गर्ने सञ्चारमाध्यमलाई गल्ती सच्याउन र प्रेस काउन्सिल नेपाललाई पत्रकार आचारसंहिता विपरीतका प्रकाशन(प्रसारणको अनुगमन गर्न आग्रह समेत गरेको छ ।
जनकपुर घटनामा माफी माग्न मधेसी मोर्चालाई एमालेको आग्रह
मधेसी मोर्चाले राष्टूपति विद्या भण्डारीमाथि जानकी मन्दिरमा अमर्या्दित हर्कत गरेको भन्दै नेकपा एमालेले सो घटनावापत माफी सार्वजनिकरुपमा माफी माग्न मधेसी मोर्चासँग आग्रह गरेको छ ।
सचिव योगेश भट्टराईले ५ पुषमा जारी गरेको विज्ञप्तिमा ‘विधवा’ले मन्दिरमा टेकेको भन्दै मन्दिर चोख्याउन गंगाजल छर्कने मोर्चाको कामले नेपाली समाजलाई कलंकित गर्नुका साथै महिला समुदायलाई अपमान गरेको बताइएको छ । विज्ञप्तिमा भनिएको छ(‘मधेसी मोर्चाका तर्फबाट महामहिम राष्टूप्रतिप्रति गरिएको व्यवहार बर्बर, मध्ययुगीन र असभ्यमात्रै छैन, अत्यन्त निन्दनीय पनि छ ।’
यो घटनाले आधुनिक नेपाली समाजलाई कलंकित गरेको र महिला समुदायलाई घोर अपमान गरेको एमालेले बताएको छ । विज्ञप्तिमा राष्टूपतिमाथि भएको दुव्र्यवहारप्रति नेपाली जनतासामु खुल्लारुपले माफी माग्न मधेसी मोर्चालाई आग्रह गरिएको छ ।
कारवाही गर्न माग गर्दै विराटनगरमा प्रदर्शन
राष्टूपति विद्यादेवी भण्डारीलाई जनकपुरमा गरिएको अपमानको विरोधमा ५ पुषमा विराटनगरमा महिलाहरुले प्रदर्शन गरेका छन् । एमाले निकटको अखिल नेपाल महिला संघ मोरङले मधेसी मोर्चाका कार्यकर्ताले एकल महिलाहरुलाई अपमान गरेको भन्दै विराटनगरको जनआन्दोलन चोकमा प्रदर्शन गरेको हो । कालो भण्डा र ब्यानरसहित सहभागी महिलाहरुले कुल जनसंख्याको ५१ प्रतिशतभन्दा वढी जनसंख्या रहेको महिलालाई विभेद गर्न खोज्नेहरुलाई कडा कार्वाही गर्न उनीहरुले मागसमेत गरे ।
    घटना भएको यतिका दिन भइसक्दा पनि राज्यले उनीहरुलाई कानुनको कठघरामा उभ्याउन नसकेको भन्दै एमालेको भगिनी संगठनमा आबद्ध महिलाहरुले आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचनासमेत गरेका थिए । प्रदर्शन पश्चात आयोजित कोणसभालाई सम्वोधन गर्दै अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा सांसद तारा राईले राष्टूपति भण्डारीलाई गरिएको अपमान सामाजिक अपराध भएकाले अपमान गर्नेहरुलाई सरकारले तत्काल पक्राउ गरी कार्वाही गर्नुपर्ने माग गरिन् ।
    त्यसैगरी एमालेकी केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज डा. शिवमाया तुम्वाहाम्फेले जनकपुरमा राष्टूपति भण्डारीलाई एकल महिला भनेर गरिएको अपमानले विश्वका महिलालाई अपमानित तुल्याएको भन्दै यस्ता कार्यमा सलग्नलाई कार्वाही गर्नुपर्ने बताइन् ।
मिथिला संस्कृतिमाथि आक्रमण ः महन्थ
जानकी मन्दिरको गर्भ गृहमा भएको तोडफोडलाई लिएर ४ पुषमा पत्रकार सम्मेलनमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मन्दिरभित्र भएको घटनालाई मिथिला संस्कृतिमाथिकै आक्रमण भनेका छन् । उनले भने(ढुंगामुढा गर्नु, पेटूोल बम हान्नु दुःखपूर्ण कुरा हो र यो सबैले बिचार गर्नुपर्छ, यसको घोर भत्सना गर्नुपर्छ ।’
मधेसी मोर्चालाई माधव नेपालको प्रश्न(तिम्रा आमा बिधवा हुँदैनन् ?
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेसी मोर्चामा तालिबानी चिन्तन देखिएको टिप्पणी गरेका छन् । राष्टूपति विद्या भण्डारी जानकी मन्दिर गएपछि बिधवाले टेकेको भन्दै मन्दिर गंगाजलले सफा गरेको घटनालाई लिएर पूर्व प्रधानमन्त्री नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
    ४ पुषमा काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेपालले(‘राष्टूपति जानकी मन्दिरमा जाँदा जुन घटना भयो र त्यसपछि बिधवा भनेर जुन अशोभनीय हर्कत गरियो, त्यसले मधेसी मोर्चाको बिचार र कार्यकर्ता कस्ता छन् भन्ने पुष्टि भएको छ । यो मुुलुकलाई सति प्रथाको युगमा फर्काउने सामन्ती चिन्तन हो ।’ आफू मधेसी जनताबाटै निर्वा्चित जनप्रतिनिधि भएका भन्दै पूर्व प्रधानमन्त्री मधेसी जनतासँगै यस घटनाबाट आफू लज्जित भएको नेपालले बताए ।
मधेसी जनताले मोर्चा कार्यकर्ताको यस्तो हर्कत स्वीकार नगर्ने उनले बताए । ‘मोर्चाले यो घटनाको निन्दा गरेको छैन, त्यसैले उनीहरुले यो नियोजितरुपमा गरेको पुष्टि भइसकेको छ’ नेपालले भने(‘यो संसारभरका महिलामाथिको अपमान हो, यसको सर्वत्र बिरोध हुनुपर्छ, मधेसका सामन्तलाई नंग्याउनुपर्छ ।’ सबैतिरका महिलाले यो अपमान र सामन्ती शैलीको निन्दा गर्नुपर्ने नेता नेपालले बताए । के उनीहरुका आमा, हजुरआमा बिधवा हुँदैनन् ? बिधवा हुनु नारीको दोष हो ?’ उनले भने(यो सामन्ती तालिवानी चिन्तनको सबैले भण्डाफोर गरौं ।’

जानकी मन्दिरको गर्भ गृहमा प्रवेश गरी तोडफोड गरेको आरोपमा धनुषा प्रहरीले शिला झालाई पक्राउ गरेपछि रिहा गर्न माग गर्दै १० पुषमा मोर्चा सम्बद्ध महिला नेतृहरुले गरेको विरोध प्रदर्शन ।



२०७२ पौष १२ गते आईतबार

No comments:

Post a Comment