![]() |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको
जनकपुर भ्रमणलाई लिएर भारतीय टेलिभिजन
च्यानल इन्डिया टिभीले प्रसारण गरेको समाचार ।
|
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतका प्रधानमन्त्रि नरेन्द्र मोदी आइतबार देखि दुई दिने भ्रमणमा नेपाल आउँदैछन् । मोदीको उक्त भ्रमण क्रममा जनकपुरको जानकी मन्दिरमा जगत जननी जानकीको समेत दर्शन गर्ने चर्चा चलेको थियो । तर विभिन्न कारणहरुले मोदीको जनकपुर भ्रमण रद्द गरिएको बताइएको छ । यससँगै जनकपुरमा मोदी नआउनु पछाडी विभिन्न कारणहरु हुनसक्ने स्थानीयवासीहरुमा चर्चाको विषय बनेको छ । कतिपयले मोदी सुरक्षा खतराका कारण जनकपुर आउन नसक्ने, केहीले काठमाण्डौका शासकवर्गले मोदीलाई जनकपुर नजानदिनका लागि सुरक्षा खतरा देखाएको हुनसक्ने, जनकपुरको विकासका लागि भारतीय दुतावासको लगानीमा आएको बजेटमा भएको भ्रष्टाचारको पर्दाफास हुनसक्ने भएकाले केही उच्च तहका व्यक्तिहरुले मोदीलाई आउन नदिएको चर्चाहरु चल्न थालेको छ । आधिकारीक रुपमा यस सम्बन्धमा राज्य पक्षद्वारा शनिबारसम्म कुनै औपचारिक जानकारी प्रदान गरिएको छैन । काठमाण्डौको लैनचौर स्थित भारतीय दुतावासबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलाई समेत भारतका प्रधानमन्त्रि मोदीको जानकी मन्दिर दर्शन गर्ने इच्छा रहेको र त्यसका लागि तयारी गर्न समेत निर्देशन दिइएको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास वैष्णवले बताए । तर, सुरक्षा खतराको कारण मोदीको जनकपुरको भ्रमण स्थगित गरिएको र मोदीलाई स्वागत गर्न काठमाण्डौमै आउन जानकी मन्दिरलाई भारतीय दुतावासले अनुरोध गरेपछि भ्रमण औपचारिक रुपमै स्थागित भईसकेको जनाउ दिन्छ । शनिबार राम रोशन दास वैष्णव काठमाण्डौका लागि प्रस्थान समेत गरिसकेका छन् । राम रोशन दास वैष्णव भन्छन,“त्यहाँ पुगेर जानकी माताको दर्शन गर्नाले हुने लाभ र पुण्यका बारेमा जानकारी गराउने र उहाँलाई जनकपुरमा स्वागत गर्न जनकपुरवासी आतुर रहेको हुनाले अर्को पटक जसरी पनि जनकपुर भ्रमण गर्न मोदीलाई अनुरोध गर्नेछु ।” तर, द एक्सक्लुसिभले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीसँग मोदी सुरक्षा खतराकै कारण जनकपुर आउन नसकेको हो त भन्ने प्रश्न गर्दा उनले उक्त कुरालाई पुर्ण रुपमा इन्कार गरे । एसपी सुवेदी भन्छन,“मोदी जनकपुर आउने भन्ने कुरा मोदीको औपचारिक राजकिय भ्रमणको सेड्युलमै थिएन । यो मिडियाहरुमा आएको प्रोपगाण्डा मात्र हो । जनकपुरका केही नेताहरुले दुतावास मार्फत मोदीलाई जानकी दर्शन गराउन प्रयास चाहिँ गरेको हो तर, उक्त प्रयास भने विफल भएको छ ।”
![]() |
भारतीय जनता दलका नेता अटल विहारी बाजपेयी
जनकपुर आउँदा उनलाई लोक सिल्प उपहार
दिएर सम्मान गरिएको थियो ।
उनीसँगै पत्रकार राम भरोस कापडी ।
|
अब कारण जे भएपनि मोदी जनकपुर नआउने भने पक्का पक्की भएको छ । मोदी जनकपुर आउँदा जनकपुरको राष्टिूय अन्तराष्टिूय स्तरमा पहिचान बढ्नुका साथै जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा पार्न एक किसिमको माहौल बन्ने थियो । यसका अतिरिक्त जनकपुरको सर्बाङ्गिन विकासका लागि समेत भारत सरकार प्रमुखको हैसियतले ठुलो रकम सहितको अनुदानको घोषणा हुन सक्ने थियो । जसले जनकपुरको कायापलट गर्ने थियो । तर, ती सबै सपना र अवसरहरु गुमेको छ । यद्यपि काठमाण्डौमा रहेका जनकपुरका शिर्ष स्तरका नेताहरुले भने जनकपुरलाई केन्द्रित गरेर लगानीका लागि मोदीलाई आग्रह गर्न सक्नुपर्ने जनकपुरका वरिष्ठ पत्रकार वि.एम. खनालको भनाई छ । खनालका अनुसार अहिले नै मोदी नआउँलान भनेर ठयाक्कै भन्न त सकिन्न किन भने सुरक्षा व्यवस्थामा कमजोरी नदेखिन तथा अचानक सुरक्षा व्यवस्था समेत प्रवन्ध गरी आउन पनि सक्लान् ।
जानकी दर्शन गर्ने भारतीय भिआईपीहरुको इतिहास
![]() |
जानकी मन्दिर दर्शन गर्ने
भारतका पुर्व राष्ट्रपतिद्वय
निलम संजिवा रेड्डी ।
|
मोदीले जनकपुरको जानकी मन्दिर दर्शन गर्ने कुराले व्यापक चर्चा लिएको भएपनि भारतका पुर्व राष्टूपतिद्वय निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंह, भारतका पुर्व प्रधानमन्त्री अटल विहारी बाजपेयी, विश्व हिन्दु परिषदका अध्यक्ष अशोक सिंघल लगायतका व्यक्तिहरुले जानकी माताको दर्शन गरिसकेका छन् । यसका अतिरिक्त योग गुरु स्वामी रामदेव, चारवटै पिठहरु जगरनाथपुरी, कान्छीकोटी, काशीवद्रीका आश्रमका शंकराचार्यहरु, रामानन्दाचार्य, लगायतका साधुहरुले समेत जानकी मन्दिरको दर्शन गरिसकेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनाए ।
२५ जुलाई १९७७ देखि २५ जुलाई १९८२ सम्म भारतको राष्टूपति रहेका निलम संजिवा रेड्डी राष्टूपति रहेकै बेला जनकपुरको जानकी मन्दिर दर्शन गरेका थिए ।
![]() |
जानकी मन्दिर दर्शन गर्ने
भारतका पुर्व राष्ट्रपतिद्वय
ज्ञानी जेल सिंह ।
|
विक्रम सम्बत २०४९ सालमा भारतको लोकसभामा विपक्षी दलका नेता रहेका अटल विहारी बाजपेयी जनकपुर आई जानकी मन्दिरको दर्शन गरेका थिए ।
![]() |
जानकी मन्दिर दर्शन गर्ने
विश्व हिन्दु परिषदका
अध्यक्ष अशोक सिंघल ।
|
![]() |
जानकी मन्दिर दर्शन गर्ने
योग गुरु स्वामी रामदेव ।
|
२०७१ साउन १८ गते आईतबार
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete