![]() |
नाबालिकलाई बलात्कार गरेको
अभियोगमा अशोक कुमार महत्तो
प्रहरी हिरासतमा ।
|
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा प्रहरीले जबरजस्ती करणी गरी फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा पुष्वलपुर( २ बस्ने ३० वर्षीय अशोक कुमार महतो र धनुषा सिनुरजोडा (२ का २५ वर्षिय बिजय कुमार खत्वे रहेको प्रहरीले जनाएको छ ।
खत्वेलाई एक ९ वर्षीया बालिकाको वलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन् । पुरीका अनुसार खत्वेले विगत तीनदिन अगाडी सिनुरजोडा(३ मा ९ वर्षीया एक बालिकाको जबरजस्ती करणी गरी फरार भएका थिए ।
![]() |
नाबालिकलाई बलात्कार गरेको अभियोगमा
विजय कुमार खत्वे प्रहरी हिरासतमा ।
|
यसैगरी दुईवर्ष अगाडी एक बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०६९ असोस ८ गते महतो लगायत पाँचजनाले पुष्वलपुर २ मा एकबालिकाको सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको घटनामा महतोसँगै संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलाश जारी रहेको पुरीले जनाए । आर्थिक वर्ष २०७०÷०७१ मा धनुषा जिल्ला अदालतमा कुल २४ थान जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । साउनमा ४, भदौंमा ५, कार्तिकमा २, मंसिरमा १, पुषमा १, चैत्रमा १, बैशाखमा ५, जेष्ठमा ३, र अषाढमा २ गरी कुल २४ थान जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । त्यसैगरी दुई थान मुद्दा हाडनाता करणी अन्तरगत दर्ता भएका छन् । जलेश्वर कारागारमा जवरजस्ती करणी मुद्दामा ३३ जना थुनुवा बन्दी र दुई जना कैदी बन्दी रहेका छन् ।
२०७१ साउन २५ गते आईतबार
No comments:
Post a Comment