![]() |
साहले संचालन गरेको मिथिला मनी ट्रान्सफर प्रा.लि. मा कम्पनीको कार्यालय थियो । कम्पनीबाट हुने सम्पुर्ण क्रियाकलाप त्यहीबाट संचालित हुन्थ्यो । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
निलम्बित सभाषद संजय कुमार साहले आफ्नो आपराधिक गतिविधि संचालन गर्नका लागि ‘कम्पनी’ नै संचालन गरेका थिए । उक्त कम्पनीमा मुख्य पाँच जना उनका सहयोगी थिए । साहको कम्पनीलाई टी कम्पनी अर्थात टक्ला कम्पनी भन्ने गरिन्थ्यो ।
भारतका मोस्टवान्टेड सुचिमा रहेका दाउद इवराहिम र छोटा राजनले संचालन गरेको ‘कम्पनी’ जस्तै साहको पनि कम्पनी संचालन हुने गरेको धनुषा प्रहरीले बताएका छन् । धनुषा प्रहरीका अनुसार ती आतंकवादीहरु भुमिगत भएर कम्पनी संचालन गर्ने गरेका छन् तर साहको कम्पनी भने भुमिगत नभईकनै राजनीतिक आवरणमा संचालन हुने गथर््यो । प्रहरी स्रोतका अनुसार भारतको बलिउड फिल्म ‘कम्पनी’बाट प्रभावित भई उनीहरुले कम्पनी फिल्ममा देखाइए जस्तै आपराधिक क्रियाकलापहरु संचालन गर्न कम्पनी गठन गरेका थिए । राम गोपाल बर्माको निर्देशनमा बनेको उक्त फिल्म कम्पनीमा कलाकारहरु अजय देवगन र विवेक ओवरायले गरेको अभिनय अनुसार आफ्ना सहयोगीहरुलाई समेत काम गर्न साहले परिचालन गर्ने गरेको धनुषा प्रहरी स्रोतको दावी छ । प्रहरी स्रोतका अनुसार साहका पाँच सहयोगी मध्ये धनुषाको कनकपट्टीका राम विनोद यादव मास्टरमाइन्डको रुपमा कुनै पनि आपराधिक कृयाकलापलाई अन्जाम दिन योजना डिजाइन गर्ने काम गर्दथे ।
धनुषा वेंगासिवपुरका ओम प्रकाश यादव कम्पनीका सबैभन्दा खतरनाक व्यक्तिको रुपमा चिनिन्थे । यतिसम्म कि साहलाई थर्काउनु पर्दा समेत उनी पछि पर्दैनथे । ‘कम्पनी’लाई नजिकबाट चिन्नेहरुका अनुसार साह पनि यादवबाट डराउँथे, ‘कम्पनी’लाई नजिकबाट चिनेका मानिसहरुको भनाई छ । यादवको एउटा डायलग कम्पनीमा प्रख्यात थियो,‘ओमको मुखबाट निकलेको बोली र बन्दुकबाट निस्केको गोली कहिल्यै फिर्ता हुँदैन ।’
यादव कम्पनीमा सबैभन्दा वढी पढेलेखेका कारण कम्पनीको काम कारवाहीलाई समन्वय गर्न तथा सामग्रीहरु बन्दोवस्त तथा म्यानेज गराउने जिम्मा पाएका थिए । यादव साहको अत्यन्तै नजिकका मानिसको रुपमा स्थापित भएका थिए ।
‘कम्पनी’मा धनुषा चक्करका छेदी भनिने राम मिलन राउतको जिम्मेवारी ‘काटमार’को दिइएको थियो । साहको सबैभन्दा वढी विश्वास पात्र मध्ये राउत पनि एक थिए । जनकपुर(१६ कपिलेश्वरका राजकुमार पुर्वे ‘कम्पनी’को आर्थिक कारोबार सम्हाल्ने गर्थे । त्यसैगरी पौडेश्वरका लट्टु भन्ने नरेश यादव ‘कुटपिट’को जिम्मेवारी पाएका थिए । कसैलाई थर्काउनुपर्दा वा सामान्य हातखुट्टा भाँच्नुपर्दा कम्पनीले लट्टुलाई नै अ¥हाउँथे ।
संजय साह सँगै काम गर्नेहरुमा राजकुमार पुर्वे, छेदी भन्ने राम मिलन राउत, लट्टु भन्ने नरेश यादव र राम विनोद यादव समेत रहेको तथा निर्माण व्यवसायमा संजय साहले लगानी गर्ने र त्यसबाट प्राप्त भएको मुनाफामा ५० प्रतिशत संजय साहले लिने र बाँकी ५० प्रतिशतमा पाँचै जनाले सबैले प्राप्त गर्ने र घर खर्च बापत १५÷२० हजार रुपैयाँ मासिक लिने गरी ठेक्का पट्टाको काम सुरु गरेको ओम प्रकाश यादवले प्रहरी समक्ष बयान नै दिएका छन् ।
‘कम्पनी’को अर्को के पनि नियम थियो भने कम्पनीका कुनै एक व्यक्तिले नियम उल्लंघन ग¥यो भने बाँकी व्यक्तिहरुले मिलेर सामुहिक रुपमै कुटपिट गर्ने र उक्त कुरा बाहिर कुनै पनि हालतमा सार्वजनिक नगर्ने सर्त थियो । यति मात्र होइन ‘कम्पनी’का कुनै पनि व्यक्तिले अन्य व्यवसायमा लगानी गर्न नपाउने, लगानी गरे कडा दण्डको भागिदार हुने सर्त थियो ।
तर लट्टु भन्ने नरेश यादवले जनकपुरका विरेन्द्र इन्सिटच्युट अफ हेल्थमा २५ लाख रुपैयाँ लगानी गरेपछि विवाद चर्किएको थियो । स्रोतका अनुसार लट्टुको जनकपुर पिडरिया माईस्थान स्थित रहेको घर जग्गा पनि संजय साहकै नाउँमा रहेको र लट्टुले नियम तोडेका कारण साहले नामसारी नगरिदिएको स्रोतको भनाई छ ।
खौफको मार्केटिङ गरी गुण्डाराज स्थापित
‘कम्पनी’का कारिन्दाहरुको मुख्य काम भनेको भय त्रासको मार्केटिङ गरी गुण्डाराज स्थापित गर्नु नै थियो । आतंक फैलाउन कम्पनी धेरै हदसम्म सफल पनि भएको थियो । प्रहरीलाई नै कुटपिट गर्नुपरे पछाडि नपर्ने सम्म उनीहरुले आँट गरेर सहरवासीमा आतंक फैलाउन सफल भएको थियो ।
प्रहरी नायव निरीक्षक बाबुराम झालाई बलात्कारको झुठा आरोपमा जेल पठाउने देखि एसपी सम्मलाई कुटपिट गर्न पछाडी नपर्ने साह नगरका जनजनमा आतंक र खौफ पैदा गर्न सफल भएका थिए । उनी सरकारी कार्यालयहरुमा समेत कार्यालय प्रमुखलाई हातपात गर्न लगाई कर्मचारीतन्त्रमा भय पैदा गरी हुकुमत चलाउन सफल भएका थिए । राजनीतिमा लागेका व्यक्तिहरुलाई समेत आफ्नो प्रभाव र पकडमा राखि राख्न आफ्नै कार्यकर्ताहरुलाई समेत निर्घात कुटपिट गरी कार्यकर्ताहरु माझ खौफ पैदा गरेका थिए ।
ठेक्कापट्टा गर्ने क्रममा सामान्य गुन्डागर्दी सुरु गरेका उनी राजनीतिज्ञका रुपमा संसद्सम्म आइपुग्दा अपराधीका रुपमा स्थापित भएको प्रहरी अनुसन्धानले देखाएको छ । ”साहले यो तहमा अपराध गर्छ भनेर कसैले हेक्का राखेको थिएन ।
ऊ अपराधलाई कर्पोरेटकै रुपमा सञ्चालन गर्ने मानिस हो,” मध्यमाञ्चल प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) प्रकाश अर्यालले भने, ”उसको तुलना रुसी माफिया भयात्साभ इभानकोभ, अमेरिकी माफिया अल कपोने, इटालिका शाल्भाटोर टोटो रिना र जापानका शिनोबु टसुकासासँग गर्न सकिन्छ । उनी नेपालको खतरनाकमध्ये एक माफिया हुन् ।”
अकुत सम्पति आर्जन गर्नुका साथै पावरमा पनि रहने साहको आकांक्षा रहेको धनुषाका एसपी सुवेदीले द एक्सक्लुसिभलाई बताएका छन् । सुवेदीका अनुसार विगतका वर्षहरुमा सामान्य आर्थिक अवस्था भएको साहले आफ्नो आपराधिक पृष्ठभुमिलाई इस्टाव्लिस गर्दै गैर कानुनी रुपमा पाँच अर्व भन्दा माथिको सम्पति आर्जन गरेको साह सम्पुर्ण अपराधहरुलाई पद र पावरकै आवरणमा ढाक छोप गर्न सफल भएको देखिन्छ ।
आफ्नो गोपनियता कसैलाई पनि नभन्ने, आपराधिक संजालले गर्ने काम कारवाही बारे राजनीतिक संजाललाई थाहै हुन नदिने, कुनै पनि आपराधिक घटना घट्यो भने आफ्नो विपक्षीलाई जोडिदिने, आफ्नै मान्छेलाई पनि विभिन्न अपराध तथा जवरजस्ती फसाएर जिवनभरका लागि गुलाम बनाएर राख्ने साहको कला रहेको एसपी सुवेदीले बताएका छन् ।
‘कम्पनी’मा फाटो र विभाजन
‘कम्पनी’मा रहेका यी ६ जना समुह बीच पछिल्लो समय देखि फाटो आयो । ओम प्रकाश यादवले पक्राउ पर्नु भन्दा केही महिना अघि बाहिर केही निकटका साथीहरुसँग गरेको कुराकानीका अनुसार साहले कम्पनीको विगत ३ वर्ष देखिको हिसाव किताव सार्वजनिक गरिरहेको थिएनन् ।
हुन त यादवले प्रहरीको बयानमा काम गर्दै जाँदा रासन ठेक्का गर्दै जादा घाटा भएकोमा यादवले धादिङमा दिएको ठेक्कामा संजयले लगानी नगरेको कारण लगानी नभएपछि सरकारले यादवको जग्गा रोक्का गरेपछि संजय साहसँग विवाद उत्पन्न भएको र त्यसपछि उनीसँग काम गर्न छोड्ेको बयान दिएका छन् । साहले मधेस क्रान्ति फोरमलाई पुनः मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकमा विलय गराउँदा सम्म विवाद चर्किएको थिएन ।
तर जब साह पुनः फोरम लोकतान्त्रिकलाई त्याग गरी सदभावना पार्टीमा प्रवेश गरे, त्यसपछि उमाशंकर अरगरिया र ‘कम्पनी’का बाँकी साझेदारहरुको चित्त दुखेको थियो । कुनै बेला साहका दाहिने हात भई काम गरेका उमाशंकर अरगरियाले साहको खुलेरै विरोध गरे । हुन त साहले अरगरियालाई पनि सदभावनामा प्रवेश गर्न राज्य मन्त्रि बनाइदिने लगायत विभिन्न प्रलोभन दिनुका साथै डर, धाक, धम्कि समेत दिए । उनले हरसम्भव प्रयास गरे , तर उनी विफल भएपछि साहले अरगरियालाई छोडे्र सदभावनामा प्रवेश गरे । यता अरगरियाले पनि साहको सार्वजनिक कार्यक्रममै विरोध र चेतावनी समेत दिन थाले । साहसँग दुश्मनी मोल लिए पछि अरगरियाले जनकपुरका अर्को डन जिवनाथ चौधरी (साहका जानी दुश्मन) को साथ पाएको स्रोतको दावी छ । अरगरिया आफ्नो कार्यकर्तालाई सदभावनामा जानबाट रोक्ने प्रयासमा लागे भने साह अरगरियाका मान्छेलाई सदभावनामा भित्रियाउने प्रयासमा लागे । सोही क्रममा अरगरियाले साहको कम्पनीका विश्वास पात्र ओम प्रकाश यादव, छेदी राउत, राजकुमार पुर्वे र राम विनोद यादव समेतलाई साहबाट अलगियाउने कामको लागि जिवनाथ चौधरीको होटेल सिताप्यालेसमा गोप्य मिटिङहरु हुन थाल्यो । उक्त मिटिङका सुत्रधारले साहका विश्वास पात्रहरुलाई कन्भिन्स गर्न सफल पनि भए । उनीहरु अरगरियाकै पार्टी फोरम लोकतान्त्रिकमा प्रवेश गर्ने निश्चित पनि भईसकेको थियो ।
तर, बीचमा कुनै कारणवश कुरा नमिलेपछि उनीहरु कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम तय भयो । उक्त कुराको सुँईको साहले प्रवेश कार्यक्रमको दुई दिन अगाडी मात्र थाहा पाए । त्यसपछि साहले राजकुमार पुर्वेलाई कन्भिन्स गर्न हिरोहोन्डा कम्पनीका जनकपुर स्थित मोटरसाइकल विक्रेता विजय साहलाई लिएर उनको घर पनि पुगे । तर, त्यहाँ साहले पार्टी नछोड्न भन्दा भन्दै पनि उनीहरु मानेनन् ।
लगतै ओम, छेदी, राजकुमार पुर्वे, रंजित मण्डल लगायतका कार्यकर्ताहरु साहको साथ छोड्ेर नेपाली कांग्रेसमा प्रवेश गरे ।
कम्पनीका पाँच वटै व्यक्तिहरुको नाउँमा छुट्टा छुट्टै इजाजत प्राप्त हतियार पनि रहेको स्रोतको दावी छ । जनकपुरमा कुनै पनि आपराधिक घटना घट्यो भने कम्पनीका संचालक साहले पाँचै जनालाई फोन गरी कम्पनीको कार्यालय भित्र बस्न भन्थे र राजनीति गर्ने व्यक्तिहरुलाई मैदानमा अगाडी सार्ने गर्थे ।
२०७१ जेष्ठ ०४ गते आईतबार
No comments:
Post a Comment