![]() |
प्रतिवादी डा.रविन्द्र कुमार पाण्डे । फाईल तस्वीर । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक दर्ता प्रमाण पत्र लिएका विभिन्न ८ सय ९ जनाको शैक्षिक योग्यताको प्रमाणपत्र छानविनको लागि खटेको संयूक्त टोलीले छानविन गर्दा डा.रविन्द्र कुमार पाण्डे समेतका व्यक्तिहरुले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रहरुकै आधारमा नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक दर्ता प्रमाण पत्र लिई आफुहरुलाई चिकित्सक हुँ भनि नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रको आधारमा प्राप्त उपाधिको प्रयोग गरी अस्पताल खोल्ने, सरकारी तथा गैरसरकारी अस्पतालहरु, मेडिकल नर्सिङ होम तथा स्वास्थ्य क्लिनिकहरु समेतमा सर्वसाधारणको उपचार गरी मानव स्वास्थ्य जस्तो गम्भीर विषयमा खेलवाड गरी सर्वसाधारण समेतलाई झुक्याई गफलतमा पारी सर्वसाधारण मानिस समेतलाई ठगी गर्ने कार्यमा संलग्न रहेको देखिएकोले निज रविन्द्र कुमार पाण्डे समेतलाई ठगी कसुर अपराधमा कानुन बमोजिम कारवाही गरी पाउ भन्दै नेपाल मेडिकल काउन्सिल काठमाण्डौले धनुषा जिल्ला अदालतमा ३१ जेष्ठ २०७३ मा मुद्दा दर्ता गरेको थियो ।
रविन्द्र कुमार पाण्डेले सन् १९९० मा भारत विहारबाट आईएससी पास गरेको भनि नेपाल मेडिकल काउन्सिलमा पेश गरेको रोल कोड डिएस र रोल नं. ७१२२ र कुल प्राप्ताङ्क ४९७ भएको प्रमाण पत्र रहेकोमा विहार स्कुल एक्जामिनेशन बोर्ड एसएसमा उक्त रोल कोड डिएस र नम्बर ७१२२ को अभिलेखमा कुल प्राप्ताङ्क ४४७ र बायोलोजी विषय नभएको देखि ‘नट भेरिफाईड बायो ईज नट देयर बायो माकर््स मेन्सन्ड’ उल्लेख भई निजको सर्टिफिकेट नट भेरिफाईड अर्थात नक्कली भएकोले निज रविन्द्र कुमार पाण्डेले नेपाल मेडिकल काउन्सिलमा पेश गरेको आईएससीको प्रमाण पत्र नक्कली भएको उक्त छानविन टोलीले प्रतिवेदन पेश गरेको थियो ।
कोशी अञ्चल अस्पताल र परिवार नियोजन संघ इटहरी सुन्सरीमा कार्यरत रहि सर्वसाधारण व्यक्तिलाई उपचार गरी सो वापत रकम लिई ठगी गरेको मुद्दामा निजहरुलाई खोज तलास गरी दाखिला गराउनु भन्ने आदेशानुसार खटिगई खोजतलास गर्दा पाण्डेलाई ४ अषाढ २०७३ मा इटहरीमा फेला पारेको प्रहरीले प्रतिवेदन पेश गरेको थियो ।
जुद्ध माध्यमिक विद्यालय गौरबाट एसएलसी र भारत विहारको आरके कलेज मधुवनी विहारमा भर्ना भई रोल कोड ७१२२ मा सन् १९९० मा आईएससी पास गरी भारतको विहारबाट विडिएस पास गरेको हुँ । नेपाल मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भई एनएमसि नम्बर २९८४ प्राप्त गरेको हुँ । मैले विहार इन्टरमेडिएट एजुकेशन काउन्सिल पटनाबाट पास गरेको छु । विहार स्कुल एक्जामिनेशन बोर्ड एसएस पटना छुट्टै बोर्ड भएकाले यसमा बायोलोजिको लव्धाङ्क पत्र छुटिएकोले भुलचुक भयो, त्यसमा मलाई कुनै जानकारी छैन । हालसम्म धनुषाको जनकपुरमा आफ्नै लगानीमा मिथिलाञ्चल डेन्टल क्लिनिक नामको क्लिनिक खोली सोही क्लिनिकमा काम गर्दा मासिक रु. ११ हजार प्राप्त गर्ने गरेको छु । सो क्लिनिकमा म विगत १८ महिनाको रु. १ लाख ९८ हजार पारिश्रमिक पाएको छु । मैले ठगी गरेको छैन भन्ने व्यहोराको प्रतिवादी रविन्द्र कुमार पाण्डेले बयान कागज गरेका छन् ।
प्रतिवादी पाण्डे केयर मेडिकल सेन्टर जनकपुरमा डाक्टरको रुपमा काम काजगरी विरामीहरुको उपचार समेत गरेको तर क्लिनिकमा १७ जेष्ठ २०६१ मा भएको आगलागीबाट उक्त क्लिनिकमा भएका सबै कागजातहरु जलेर नष्ट भएकोले निजपाण्डेले नियूक्ति पाएको तथा निजले तलब भत्ता लिएको सम्बन्धित कागजातहरु क्लिनिकमा नरहेकोले यकिन गरी खुलाउन नसकिएको भन्दै उक्त सेन्टरका संचालक राहुल सिंघानियाले प्रहरी मार्फत प्रतिवेदन दिएका छन् । त्यसैगरी विगत १ बर्ष देखि क्लिनिकको संचालन भई डाक्टरको रुपमा कामकाज गरी विरामीहरुको उपचार गरिरहेको र निजले मासिक रु. १० हजार प्राप्त गर्ने गरेको भन्दै मिथिलाञ्चल डेन्टल क्लिनिकले पत्र मार्फत प्रतिवेदन दिएका छन् ।
निज पाण्डेले भविष्यमा चिकित्सक बनि ठगी गर्ने मनसाय र बदनियत राखि तत्काल आफुले प्राप्त नै नगरेको आईएससी तहको सर्टिफिकेट किर्ते बनाई सोही किर्ते सर्टिफिकेटको आधारमा भारतबाट विडिएस अध्ययन गरी नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक दर्ता प्रमाण पत्र लिने कार्यको लागि उक्त आईएससी तहको शैक्षिक योग्यताको नक्कली सर्टिफिकेट जाल परिपन्च गरी पेश गरी किर्ते काम गरी झुक्याई धोका दिई नेपाल मेडिकल काउन्सिलबाट एनएमसी नम्बर २९८४ को चिकित्सक दर्ता प्रमाणपत्र लिई सोही चिकित्सक दर्ता प्रमाण पत्र प्रयोग गरी ढाँटी बेईमानीको नियतसाथ धोका दिई आफुलाई फाईदा तथा अरुलाई नोक्सानी हुने काम गरी ठगी गरेको सप्रमाण पुष्टि भएको तथा हालसम्म कुल १ लाख ९८ हजार ठगी गरेको भन्दै विगो रकम सर्वसाधारण विभिन्न व्यक्तिबाट फि बापत प्राप्त गरेको पारिश्रमिक देखिँदा नेपाल सरकारको राजश्व खातामा जम्मा गराई पाऊ भन्ने अभियोग दावी साथ मुद्दा दर्ता गरिएको हो ।
उक्त मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायले २० अषाढ २०७३ मा उक्त अभियोग दावीलाई हाल अन्यथा मान्न मिल्ने अवस्था देखिन आएन, अतएव तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी निर्दोष छन् भन्न मिल्ने अवस्था नहुँदा प्रमाण बुझ्दा ठहरे बमोजिम हुने नै मुद्दा निजबाट नगद धरौटी रु. ५० हजार लिई तारेखमा राख्नु भनि आदेश गरिएको छ । तत्काल उनी धरौटी तारेखमा रिहा भएपनि धनुषा जिल्ला अदालतको उक्त आदेश रित पुर्वक नभएको भन्दै वेरितको आदेश बदर गरी पाऊ भन्दै नेपाल मेडिकल काउन्सिलले उच्च अदालत जनकपुरमा मुद्दाको पुनरावेदन समेत गरेको छ । एकातर्फ डा.पाण्डेको ठगी मुद्दाको फैसला नभएकाले उनले ठगी गरेका हुन वा होइनन् भन्ने कुराको हालसम्म निकर््यौल लागेको छैन भने अर्को तर्फ उनको आईएससीको प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत विशेष अदालतमा विचाराधिन रहेकाले उनी नक्कली चिकित्सक हुन वा सक्कली भन्ने कुराको पनि फैसला हुन बाँकी नै छ । पाण्डे महोत्तरी जिल्लाको पिपरा ५ का सिताशरण पाण्डेका छोरा हुन । उनी अहिले नेपाल डेन्टल एशोसिएशन धनुषाका अध्यक्ष पनि हुन ।

२०७३ पौष २४ गते आईतबार
No comments:
Post a Comment