![]() |
संजय साह । |
जनकपुरधाम............
संजय साह र जिवनाथ चौधरी एक अर्काका जानी दुश्मन हुन भनेर जनकपुरमा जो कोहीले पनि भन्ने गर्छन । दुवै जनालाई जनकपुरमा मानिसहरुले ‘डन’, ‘माफिया’, र ‘गुण्डा’ को समेत संज्ञा दिने गरेका छन् । विगतमा संजय साहको पृष्ठभुमि एउटा गुण्डा, ठेक्केदार आदिको रहेपनि पछिल्लो समयमा खास गरी मधेस आन्दोलन देखि उनी राजनीतिक परिचय बनाउन सफल मात्र भएनन्, उनी संविधानसभाको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं. ४बाट दुई दुई पटक सभाषदमा निर्वाचित समेत भईसकेका छन् । उनी हाल सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत हुन । यसका अतिरिक्त उनी भौतिक राज्य तथा निर्माण मन्त्रालयका पुर्व राज्य मन्त्रि समेत भईसकेका व्यक्ति हुन । उनी अहिले निलम्वित सभाषद हुन । हाल उनलाई जनकपुर बम काण्डको मुख्य अभियुक्तको रुपमा धनुषा जिल्ला अदालतले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश अनुरुप कारागारमा थुनुवा बन्दीको जिवन व्यतित गरिरहेका छन् । र, अरुण कुमार सिंघानिया हत्याको समेत प्रमुख योजनाकारका रुपमा उनलाई लिइएको छ ।
अर्को तर्फ जिवनाथ चौधरी जिल्ला विकास समिति धनुषामा सह लेखापालको रुपमा कार्यरत एक कर्मचारी थिए । रामानन्द युवा क्लवको पुर्व अध्यक्ष समेत रहिसकेका चौधरी अहिले जिल्ला विकास समितिमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनलाई विशेष अदालतले भ्रष्टाचारी रहेको ठहर गर्दै कैद र जरिवाना समेत गरिसकेको छ । उनले आफ्नो बचाउको लागि सर्बोच्चमा पुनरावेदन गर्ने भन्दै बताउँदै आएका छन् । यसका साथै उनी होटेल सिताप्यालेसका संचालक समेत हुन ।

जिवनाथ चौधरी । |
जिवनाथ चौधरी संजय साहलाई कारवाही गराउन हरसम्भव प्रयास गरिरहेका छन् । संजय साहबाट आफु पटक पटक पीडित मात्र नभई आफ्नो ज्यान सम्म लिने अर्थात हत्या सम्म गराउन उनले पटक पटक प्रयास गरेकाले संजय साहलाई कानुनले कारवाही गर्दा सबैभन्दा वढी खुशी आफु नै हुने जिवनाथ चौधरीले द एक्सक्लुसिभलाई बताएका छन् । आफ्नो घरमा संजय साहले डकै ितगर्न लगायो, पटक पटक आक्रमण गरी ज्यान लिन संजय साहले प्रयास गर्यो त्यसैले आफु संजय साहबाट पीडित भएको र उनलाई कानुनले जन्मकैद गरे मात्र आफुलाई न्याय हुने बताउँदै जिवनाथ चौधरीले संजय साह विरुद्धका हरेक अपराधका प्रमाणहरु आफुले धनुषा प्रहरी र वकिलहरुलाई समेत उपलब्ध गराईरहेको र संजयलाई कानुनी कारवाही गराउन आफु खुलेरै सक्रिय भएको चौधरीले द एक्सक्लुसिभलाई खुलेर बताएका छन् । जनकपुर बम काण्ड, सिंघानिया हत्या काण्ड लगायत थुप्रै अपराध उनले गरेका कारण संजय साहलाई कारवाही गरिए अधिकांश जनकपुरवासी समेत खुशी हुने उनले बताएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा धनुषाका प्रमुख जिल्ला अधिकारीले फैसला गर्दै २१ महिनाको कैद सजाय तोकेको र उक्त फैसलालाई पुनरावेदन अदालत जनकपुर र सर्बोच्च अदालतको न्यायाधीश कल्याण श्रेष्ठको इजलासले समेत सोही फैसलालाई सदर गरिसकेको हुनाले उनी अपराधि ठहर भईसकेका छन् र अब उनी राजनीतिज्ञ वा निलम्बित सांसद मात्र नरहि अपराधि भएका कारण सदभावना पार्टीले समेत उनको राजनीतिक पद बरिष्ठ उपाध्यक्ष पदबाट खारेजी गर्नुपर्ने चौधरीले सदभावना पार्टीसँग माग गरेका छन् ।
संजय साह र जिवनाथ चौधरी बीच किन भयो दुश्मनी ?
जिल्ला विकास समिति धनुषाका तत्कालिन सभापति राम चरित्र साहको कार्यकालमा संजय साहले जिविसबाट अन्दाजी बार्षिक रु. ४ लाखमा कवाडी ठेक्का लिएका थिए । कवाडको ठेक्का लिएको भएपनि राजमार्गमा आवतजावत गर्ने सवारी साधनहरुबाट आलु, प्याज, चामल, दाल, फलफुल, गाईभैसी सबैबाट राजश्व असुली गर्ने गर्थे । जिवनाथ चौधरीका अनुसार राजश्व दिन नमान्ने सबारी साधनका डूाइभर र कन्डक्टरलाई संजयका मान्छेहरुले कुटपिट गरी जवरजस्ती कर असुली गर्ने गर्थे । यसरी ४÷५ लाखको ठेक्कामा करोडौं रुपैयाँ अवैध तरिकाले संजयले कमाउन थालेपछि २०५८ साल तिर कवाड ठेक्का संजयलाई जिविसले सोझै नदिई प्रतिस्पर्धा गर्न लगाईयो । ४÷५ लाख रुपैयाँमा पाउने ठेक्का प्रतिस्पर्धा गरी संजयले रु. १ करोड १० लाखमा कवाडको ठेक्का लिए । प्रथम किस्ता वापत २० लाख रुपैयाँ जिविसमा संजयले जम्मा गरे र करिव ९०÷९२ लाख रुपैयाँको ग्यारेन्टी नेपाल बंगलादेश बैंकमा जम्मा ग¥यो । बाँकी किस्ताको समय सकिएपछि पनि संजय साहले बुझाउन बाँकी रहेको रकम जिविसमा नबुझाएपछि जिविसले संजयलाई रकम भुक्तानी गर्न पटक पटक ताकेता ग¥यो । यता संजय साहले ठेक्कामा धेरै घाटा भएको हुनाले राजश्व मिनाहा गरिदिन जिविसलाई आग्रह ग¥यो । जिवनाथ चौधरीका अनुसार राजश्व मिनाहा गर्ने अधिकार जिविसलाई नभएको कारण उक्त रकम जम्मा गर्न जिविसले नेपाल बंगलादेश बैंकलाई पटक पटक पत्र लेख्यो । तर पनि नेपाल बंगलादेश बंैकले रुपैयाँ जम्मा गर्न नमानेपछि जिविसले नेपाल राष्टू बैंकलाई पत्र लेख्यो । त्यसपछि २४ घण्टा भित्र रकम भुक्तानी गरिदिन नेपाल राष्टू बैंकले नेपाल बंगलादेश बैंकलाई पत्र लेखेपछि बंगलादेश बैंकले जिविसलाई रकम बुझाएको थियो । त्यसपछि बंगलादेश बैंकले धितोमा राखेको संजयको जग्गा लिलाम गरी रकम असुली गरेको जिवनाथ चौधरीले बताएका छन् ।
चौधरीका अनुसार, संजयलाई के लाग्यो भने जिवनाथले नै गरेर ठेक्का कम्पिटिशनमा लिनुपरेको र राजश्व मिनाहा पनि हुन नदिनमा चौधरीले नै तत्कालिन एलडिओलाई सहमत गराएको आशंकामा संजयले आफुसँग दुश्मनी गरेको हो । यसका अतिरिक्त आफु पार्ट टाइममा विभिन्न संघ संस्थामा काम गर्न थालेपछि बढ्दै गएको लोकप्रियता र सामाजिक क्रियाकलापमा आफ्नो रुचि बढ्न थालेपछि संजय म बाट तर्सिएर मसँग दुश्मनी मात्र गरेनन् मेरो ज्यान समेत लिन पटक पटक गुण्डाहरुलाई परिचालन गरेको जिवनाथ चौधरी बताउँछन् । संजयले योजना बनाई तत्कालिन एसपी छविलाल जोशी बन्जाडे, राम विनोद यादव, ओम प्रकाश यादव र भरत झा समेतको सहयोगमा मेरो घरमा डकैती गर्न लगाएको जिवनाथ चौधरीको आरोप छ । उक्त डकैती मुद्दाको जिल्ला प्रहरीमा जाहेरी दिन जाँदा एसपी बन्जाडेले संजय र म बीच विवाद गराउन सक्रिय भए र संजय साहले नारावाजी गराए ।
संजय साहले मधेसमा रहेको भुमिगत आपराधिक समुहहरुसँग साँठगाँठ राखि आफु माथि सांघातिक हमला गराएको जिवनाथले आरोप लगाएका छन् । जिवनाथका अनुसार संजयकै निर्देशनमा भुमिगत समुहका आकाश त्यागी भन्ने श्रीराम यादवले जनकपुरको विश्वकर्मा चौक नजिक आफुमाथि गोली प्रहार गराएको, अर्जुन सिंह र प्रकाश विद्यार्थी भन्ने मुकेश चौधरी मार्फत संजयले जनकपुर बम काण्डमा आफुलाई मार्न भनी बम विस्फोट गराएको घटनाबाट पनि संजय साह मेरो ज्यानको पछाडि कति हदसम्म हात धोएरै परेको जिवनाथ चौधरी बताउँछन् । आफुमाथि जहिले पनि संजयले आक्रमण गर्न लगाएको भएपनि आफु पनि संजय विरुद्ध आक्रामक नभई रक्षात्मक अवस्थामा रहि कानुनको सहाराबाट संजयलाई कानुनी कारवाही हुनुपर्छ भन्ने बाटो नै अख्तियार गरेको जिवनाथ चौधरीले द एक्सक्लुसिभलाई बताएका छन् । आफुले कहिल्यै पनि कसैको अपहरण, हत्या, लुटपाट तथा जवरजस्ती जग्गा कव्जा नगरेको, गरेको छु भने कसैले पनि देखाओस अनि मात्र आफुलाई माफिया वा गुण्डा भन्न मिल्ने तर्क राख्दै जिवनाथ चौधरीले आफु जहिले पनि समाजको सेवाका लागि अग्रसर रहेको बताएका छन् । यति कम समयमै कसरी अकुत सम्पत्ति आर्जन गरेको सबालमा बैंकको ऋणबाट व्यापार, व्यवसाय गरी सम्पत्ति आर्जन गरेको चौधरीले बताएका छन् । जग्गा व्यवसाय, निर्माण व्यवसाय र होटेल व्यवसायबाट आफुले सम्पत्ति आर्जन गरेको चौधरीको दावी छ ।
उता संजय साह माथि जिवनाथ चौधरीले पनि भौतिक आक्रमणको प्रयास गराएका छन् वा छैनन् भन्ने कुराको वा जिवनाथ चौधरीले संजय साह माथि लगाएका दुश्मनीका कारण सहितका आरोपहरुबारे संजय साह जेलमा रहेका कारण उनीसँग कुराकानी गर्न द एक्सक्लुसिभ सफल हुन सकेको छैन । हुन त संजय साह पनि असुरक्षित रहने गर्थे भन्ने कुराको पुष्टि के बाट पनि हुन्छ भने संजय साह बुलेट प्रुफ ज्याकेट लगाउने गर्थे ।
२०७३ बैशाख १२ गते आईतबार

No comments:
Post a Comment