अजय अनुरागी
जनकपुरधाम............
केही बर्षमै मोटो रकम आर्जन गरी स्वदेश फर्किने सपना बोकेर बैदेशिक रोजगारीका लागि खाडी मुलुक गएकाहरु एका तर्फ ठगिएर फर्किने गरेका छन् भने अर्को तर्फ वाकसमा सब बनेर फिर्ता आउने प्रवृति वढ्दै गएको छ ।

![]() |
कतारमा आत्महत्या गरेका धनुषाको बनिनिया ४ का किशुन दास कथबनियाको शवलाई दाह संस्कार गर्दै उनका छोरा र शोकमा डुबेकी उनकी पत्नि । |
सूचना तथा परामर्श केन्द्रकी सूचना तथा परामर्श कर्ता समिता तामाङ्ग भन्छिन,“ विनोद यादवको प्राकृतिक मृत्यु भयो । किसुन दासले आत्महत्या गरे । नागेन्द्र महत्तो साउदी जानु अघि नै विरामी थिए र विमारीका कारण नै उनको मृत्यु भयो । परशुराम १०÷१५ दिन देखि सम्पर्क विहिन भएको र पछि कोठामा शव बरामद भएको थियो । उनको मृत्युलाई नेचुरल भनिए पनि संदिग्ध थियो ।”
जनकपुर उपमहानगरपालिकाको मिल्स एरिया स्थित सिता चौकमा बस्ने एक महिलाले बैदेशिक रोजगारीमा गएको श्रीमानलाई गुमाउनु परिन । २ बैशाख २०७० मा उनको श्रीमानको मलेशियामा मृत्यु भयो । क्षतिपुर्ती बापत पाउनु पर्ने ९ लाख रकम मध्ये डेढ लाख रकम मात्र उनले पाईन् । नेपाल प्रवद्र्धन बोर्ड र बिमा कम्पनीले दिनुपर्ने उक्त क्षतिपुर्तिको रकम मृतकको श्रीमतिले पाउनु पर्ने हो तर उनको देवरले रकम पाईसकेको बताइन्छ । सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रकी मनोसामाजिक कार्यकर्ता रिना कुमारी झा भन्छन,“ उनको श्रीमतिले पाउनु पर्ने रकम उनका देवरले पाईसकेको भनेर हामीले सोधखोज गर्दा थाहा पायौं । उक्त रकम बारे उनको श्रीमतिलाई केही पनि थाहा छैन । यहाँ सम्म कि ती महिलाको बिजोग नै भन्नु पर्छ, उनलाई कुनै पनि कुरा याद रहँदैन ।”
धनुषाको यदुकुहा ८ मा एक जना महिलाका श्रीमान र छोरा ४ बर्ष अघि बैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए । उनको श्रीमानको आचरण पहिले देखि पनि ठिक थिएन । त्यहाँ पुगेर पनि रक्सी खाने बानी छुटेन । जसकारण उनलाई त्यहाँको कम्पनीले निकाली दिए । ती महिलाको पहिलेको घर समेतको घडेरी ऋण चुक्ता गर्न अहिले साहु महाजन कहाँ बन्धकीमा छ । घरबार बिहिन हुने अवस्थामा आईसकेका छन् । ज्वाँई बिदेश गएका छन् भने छोरीसँग कुनै सम्पर्क तथा सम्बन्ध नराख्ने गरेपछि ती महिला अहिले अत्यन्त तनावमा छिन् । तनावका कारण रातभरी निद्रा हुँदैन व्यथा पोख्दै ती महिला भन्छिन,“ ऋण लिएर छोरीको विहे गराएँ । तर, ज्वाँईले पनि छोरीलाई धोका दियो । अहिले आएर सामी परियोजनाले आफ्नो छोरीलाई एसएलसी जाँच दिन लगाएको छ, जिउँने हौसला बढाईदिएको छ ।” ती महिला आफ्नो जीवन गुर्जान स्थानीय हाट बजारमा आईतबार र बुधबार मुरही कचरी बनाएर बेच्न थालेकी छिन् । विदेशमा रहेको छोराले पनि पैसा नपठाएपछि एक एक छोरा र छोरी सहित उनको बुहारी पनि माइतमा बस्दै आएकी छिन् ।
धनुषाको औरही कप्टौलका ५० बर्षिय राम अशिष साह ८ फेबू्रवरी २०१५ मा बैदेशिक रोजगारीका लागि कतार गए । लेखपढ समेत नगरेको साहले ७१ हजार रुपैयाँ ऋण लिएर यदुकुहाका एजेन्ट प्रदिप साह मार्फत उनी कतार पुगे । तर, कतार पुगेको भोली पल्टै काम गर्न जाँदा उनी दुर्घटनामा परे । काम गर्ने साइटमा पर्खाल ढलेर उनी छोपिए । र काम गर्ने नसक्ने अवस्थामा उनको विचल्ली भयो । कम्पनीले मेडिकल फेसिलिटी समेत उपलब्ध गराएन । साहले त्यहाँबाट एजेन्ट प्रदिपलाई फोन गरेर उपचार र फिर्ताका लागि गुहार गर्दा एजेन्ट साहले ३ महिना जसरी पनि त्यहाँ बस नत्र तिम्रो लाश फिर्ता आउछ भनेर धम्काउँथे । स्वदेश फर्कनका लागि उनलाई तीन पल्ट टिकट लिनु पर्यो । यहाँ आईसकेपछि साहले एजेन्टबाट पैसा लिन ताकेता गरेपछि एजेन्ट आनाकानी गर्न थाले । पछि सूचना तथा परामर्श केन्द्रमा उनले उजुरी हालेपछि केन्द्रको पहलमा एजेन्ट साहले ३२ हजार रुपैयाँ मात्र दिए । हुन त उनी विदेश गएको कानुन सम्मत प्रमाण नै नभएपछि एजेन्ट साहले रकम दिन बाध्य थिएन तर उनले नै पठाएको कारण रकम तिर्नु पर्यो । उनलाई उपचार गर्न र स्वदेश फर्कनमा ५५ हजार जति खर्च लागेको थियो भने विदेश जाँदा ७१ हजार रुपैयाँ ऋण लिएका थिए । अहिले उनी ऋणका कारण थप समस्यामा परेका छन् ।

धनुषाको मिथिला नगरपालिका केमलीपुरका लुद्र खडका
र उनकी श्रीमति तिलकुमारी । लुद्रलाई मलेशियाबाट उद्धार
गरी स्वदेश सकुशल फर्काइएपनि ऋणका कारण तस्वीरको
पछाडीमा रहेको घर बेच्न उनी बाध्य भएका छन् ।
|
मिथिला नगरपालिका वार्ड नं.४ केमलीपुरका ३८ बर्षिय लुद्र खडका बैदेशिक रोजगारीका लागि २ साउन २०७२ मा मलेशिया गएका थिए । बन्दीपुरका एजेन्ट मनोज मण्डल र सिन्धुली चकमकेका एजेन्ट कृष्णलाई डेढ लाख रुपैयाँ तिरेर रोज म्यान पावर काठमाण्डौ मार्फत उनी मलेशिया गएका थिए । १२ सय तलब प्लस खाना दिने भनिएपनि त्यहाँ पुग्दा उनलाई खाना दिइएन । लेबी १ सय ३० रिंङगेट काटिने भनिएकोमा २ सय ३० काटन थालियो । तर पनि उनी काम गर्न थाले । एक दिन उनलाई ज्वरो लाग्यो । भदौ महिनाको अन्त तिर रोग बढ्दै जाँदा उनको देब्रेपट्टीको सम्पुर्ण अंग चल्न छोड्यो । उपचार गराउन कम्पनीलाई भनिरहँदा कम्पनीले उपचार गर्नको साटो विरामी अवस्थामा नै काम गर्न दवाव दिईरहेका थिए । यता तिर लुद्रले आफ्नो श्रीमति तिल कुमारीलाई मिस कल गरेर उताबाट कुरा गर्न लगाउँथिन । भैसी पालेर दुध बेचेर गुजारा गर्दै आएकी तिल कुमारी भन्छिन,“ जहिले पनि फोन गर्दा अब म मरे, स्वदेश फर्कन सक्दैन भनेर जवाफ दिन्थे ।” उता कम्पनी मालिकले कहिले जंगलमा लगेर छोडिदिन्छु भन्दै तेरो घर भाडा समेत तिमीले तिर्नु पर्छ भनेर दवाव दिन्थे । यता श्रीमति तिल कुमारीले आफ्नो श्रीमानलाई ऋण काढेर भएपनि श्रीमानलाई फर्काउन आफन्त कहाँ हार गुहार गरिन । तर, सबै ठाउँबाट निराश भएपछि उनी जनकपुर स्थित सुरक्षित अप्रवाशन सुचना तथा परामर्श केन्द्रमा पुगिन । सबै समस्या सुनेपछि उनलाई उद्धार गर्न उक्त संस्था सफल भयो । स्वदेशबाट फर्के पछि खडका भन्छन,“त्यहाँ कम्पनीका मालिकले आज मोहम्मद डे भएकाले त बाँचिस नत्र लात हानेर यहीँ नालीमा खसाएर मारिदिन्थे र भोली तेरोे लास मात्र फर्किन्थ्यो भनेर थर्काएका थिए ।” सूचना केन्द्रका संयोजक कर्ण भन्छन,“ उनी सँग म्यान पावरसँग गरिएको कुनै पनि सम्झौताको कागजपत्र वा कुनै पनि प्रमाण नभएकाले क्षतिपुर्ति दिलाउन सकिएको छैन । उनी फर्किदा उपचार गर्दासम्म ५ लाख रुपैयाँ जतिको हाराहारीको ऋण भईसकेपछि उनको घर र घडेरी समेत बेच्नु परेको छ । १ कठ्ठा जग्गामा बनाइएको घर ४ लाख २५ हजार रुपैयाँमा बेचेर अर्को जग्गामा घर बनाएर बस्ने तयारी गर्दैछन् । अर्को तर्फ तिल कुमारीको पेटमा सानो अल्सर भएर मुटुमा असर गर्न थालेपछि त्यही सुचना केन्द्रले उनको उपचार गराएका छन् ।
धनुषाको धबौली ८ का मंजुला कुमारी मण्डलको बुवा बैदेशिक रोजगारीको गएको बेला बिदेशमा मृत्यु भयो । एउटा भाई लाटो छ भने कान्छो भाई बैदेशिक रोजगारीमा गएका छन् भने मंजुलाको आफै पनि बिहे गर्ने बेला आईसकेको छ । मंजुलाको छातीमा रहेको घाउ सुनेर क्यान्सर हुने सम्भावना वढेपछि उक्त सुचना केन्द्रले आफातकालिन कोषको साढे ४ हजार रुपैयाँ खर्चेर उनको उपचार गराए । जाँच गराईसकेपछि क्यान्सर ठहरिएन । अहिले उनी निको भएपनि आर्थिक र मानसिक तनावमा बाँचिरहेकी छिन् । यसरी हेर्ने हो भने धनुषाबाट बैदेशिक रोजगारीमा गएकाहरु एजेन्टको जालमा परेर ठगिने र जिन्दगी नै बर्वाद हुने घटनाहरु दिन प्रति दिन बढ्दै गएको छ ।
यी त उदाहरण पात्र मात्र हुन । ठगिनेहरुको संख्या थुपैै्र छन् । १५ मंसिर २०७१ मा स्थापना भएको सुरक्षित आप्राशन सुचना तथा परामर्श केन्द्रमा अहिलेसम्म ४५ वटा उजुरीहरु दर्ता गरिएको छ । जसमध्ये उक्त केन्द्रले पाँच जनाको शव विदेशबाट झिकाएको, कतिपय व्यक्तिहरुको उद्धार गरी स्वदेश फिर्ता गराएका छन् । केन्द्रका संयोजक कर्ण भन्छन,“ ४५ मुद्दा मध्ये १७ मुद्दाको हामीहरुले छिनोफानो गरिसक्यौं, २३ वटा मुद्दाको प्रक्रियामा छौं जसमध्ये ९ वटा व्यक्तिहरुसँग बैदेशिक रोजगारीमा गएको कुनै प्रमाण नै छैन ।” एजेन्टले ठगि गर्यो, पासपोर्ट लिएको महिनौं वितिसक्दा पनि विदेश नपठाएको, पठाईदिँदा पनि भनिए अनुसार तलब तथा सुविधा नपाएको, भनेको काम अनुसार फरक काम दिइएको, बढी रकम लिएर विदेश पठाएको लगायतका समस्याहरु केन्द्रित रहेर केन्द्रमा उजुरीहरु आईरहेको संयोजक कर्ण बताउँछन् । सबैभन्दा ठुलो समस्या के देखिएको छ भने अधिकांश मानिसहरु आफ्नो आफन्त नै रहेको एजेन्टबाट ठगिएका हुन्छन तर जब समाधानका लागि पीडित र पीडक दुवै पक्षलाई राखेर बार्ता गर्दा उजुरी फिर्ता लिन समेत पीडकले पीडितलाई दवाव दिईरहेको हुन्छ । कतिपय दवावलाई थेग्न सक्दैनन् र ठगिएपनि भाग्यले साथ दिएन भन्दै चित्त बुझाएर बसिरहेका हुन्छन् ।
नेपालबाट रोजगारीका लागि विदेशिनेहरुको संख्याको अनुपातमा हेर्ने हो भने धनुषा नै पहिलो स्थानमा रहेको पाइन्छ । विगत दुई वर्ष देखि धनुषा पहिलो स्थानमा छन् भने त्यसको अघिको दुई बर्ष दोस्रो स्थानमा थियो ।
आर्थिक बर्ष २०७०÷०७१ मा नेपालबाट कुल ४ लाख ९९ हजार १ सय ३७ जना विदेशिएकोमा धनुषाबाट मात्रै २३ हजार ४ सय ७० जना (कुल जनसंख्याको ४.७ प्रतिशत), २०६९÷०७० मा कुल ३ लाख ९५ हजार ७ सय ७२ विदेशिने मध्ये १८ हजार ८ सय ९६ (कुल जनसंख्याको ४.८ प्रतिशत), २०६८÷०६९ मा २ लाख ६० हजार २७ जना विदेशिएको मध्ये धनुषाबाट ११ हजार ६ सय ४३ र २०६७÷०६८ मा देशबाट १ लाख ९६ हजार ८ सय २६ जना विदेशिएकोमा धनुषाबाट मात्रै ९ हजार ९ सय २१ जना मानिसहरु बैदेशिक रोजगारीको शिलशिलामा विदेशिएको पाइन्छ । यहाँबाट प्रायः जसो मानिसहरु खाडी मुलुकका साउदी अरेविया, दुवई, कुवेत, बहराइन, ओमान, कतार र मलेशिया तिर गन्तब्यको रुपमा रोज्ने गरेका छन् । तर, त्यहाँ पुग्ने करिब ९० प्रतिशत भन्दा वढी मानिसहरु ठगिने गरेको पाइन्छ । नेपाल सरकारले निर्धारण गरेको अधिकत्तम लागत शुल्क भन्दा एजेन्टहरुले वढी शुल्क लिएर पठाउनु सबैभन्दा ठुलो ठगिको रुपमा देखिएको छ । यहाँ सम्म कि कतार जानको लागि अधिकत्तम शुल्क २० हजार नेपाल सरकारले तोकेको भएपनि एजेन्टहरुले ७० हजार देखि १ लाख रुपैयाँ सम्म लिने गरेको पाइन्छ ।
२०४२ साल देखि श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने प्रक्रियाको सुरुवात भएपनि २०५०÷०५१ साल देखि विदेशिनेहरुको संख्यामा बढोत्तरी हुन थाल्यो । एक अध्ययनका अनुसार २०५० साल देखि २०७१ अषाढ सम्ममा रोजगारीको लागि विदेश जानेहरुको संख्या ३४ लाख ४७ हजार पाइयो । कति व्यक्ति फर्किएर आए त्यसको तथ्याङ नरहेपनि नेपालबाट लगभग १ हजार ५ सयको हाराहारीमा व्यक्तिहरु खाडी मुलुक तथा मलेशिया जाने गरेको पाइन्छ ।
ठगिनुको मुख्य कारण के हो भने धनुषामा करिब २ हजारको संख्यामा एजेन्टहरु सक्रिय छन् । तर, आधिकारिक एजेन्टको संख्या १० जना भन्दा वढी पाइँदैन । त्यसैगरी धनुषामा दर्जनौं अनधिकृत म्यान पावरहरु खुलेका छन् । तर, एक मात्र म्यान पावर आधिकारिक रहेको पाइएपनि उक्त म्यान पावरबाट पनि मानिसहरु दिन प्रति दिन ठगिने क्रम बढ्दो छ ।
कतिपय एजेन्टहरुले त पासपोर्ट बनाउने काम देखि नै ठगिको धन्दा सुरु गर्छन् । गाउँमा रहेका सोझा साझा नागरिकहरुको जिल्ला प्रशासन कार्यालयमा पहुँच नहुने हुँदा गाउँबाटै ती एजेन्टको फन्दामा परेर पासपोर्ट बनाउने काममा मद्दत गरिदिन्छु भन्दै पासपोर्ट बनाउन लगाएर पासपोर्ट कब्जा गर्ने र आफु खुशी रकम असुलेर बैदेशिक रोजगारीमा पठाउने गरेको पाइन्छ । म्यान पावर देखि गाउँसम्म आईपुग्दा एक गरी अर्को एजेन्टहरुको लर्को नै हुन्छ भने ती सबै जनाले आ(आफ्नो कमिशनको चक्करमा धेरै रकम कुम्लयाउने गरेको पाइन्छ । साहु महाजनबाट ऋण लिन नसक्ने गरिब मानिसहरुलाई केही एजेन्टहरुले आफै पनि तमसुक बनाएर चर्को ब्याज दरमा रकम दिएर विदेश पठाउने र विदेश पुगेपछि त्यही एजेन्टको ऋण चुक्ता गर्न बर्षौं लाग्ने गरेको समेत पाइन्छ । हुन त केही मानिसहरु बैदेशिक रोजगारीबाट मोटो रकम आर्जन गर्न सफल पनि भएका छन् । तर, ती रकम प्रायः जसो अनुत्पादक क्षेत्रमा खर्च गर्ने परिपाटी समेत बढेको छ ।
एक अध्ययन अनुसार देशैभरी ७० प्रतिशत मानिसहरु बैदेशिक रोजगारीबाट लाभान्वित भएपनि ३० प्रतिशत ठगिएकाहरुको यति पीडा र व्यथा छ जसले गर्दा उनीहरुको जीवन नै दाउमा लागेको देखिन्छ । हुन त नेपालको कुल ग्राहस्थ उत्पादनमा नेपाल विश्वकै तेस्रो स्थानमा विप्रेषण भित्रियाउने मुलुकमा पर्दछ । सन् २०१३ मा ४ अर्ब ९५ करोड अमेरिकी डलर भित्रिएको मुलुक हो नेपाल । बैदेशिक मुद्धा आर्जनको पहिलो ठुलो स्रोतको रुपमा रहेको नेपालमा ५३ प्रतिशत भन्दा वढी योगदान विप्रेषणबाट रहेको पाइन्छ भने ५६ प्रतिशत घरमा उक्त विप्रेषण बाँडिएको पाइन्छ । गरिबी न्युनिकरणको नेपाल सरकारको प्रयासलाई हेर्ने हो भने विगत १० वर्षको अवधिमा गरिबी रेखा मुनि रहेका ४२ प्रतिशतबाट २५ प्रतिशत झर्नुमा विप्रेषण नै मुख्य कारण रहेको बताइन्छ । यूवा रोजगारको ठुलो क्षेत्र ओगटेको बैदेशिक रोजगारीका कारण आर्थिक गतिविधि वढ्नुका साथै आन्तरिक रोजगारीको अवसर समेत वृद्धि भएको छ । तर, सहि सूचना र जानकारीको अभाव हुुनु, उचित सिप नहुनु, सिप लिनै नखोज्नु, अनधिकृत एजेन्ट र म्यान पावरको चलखेल अत्यधिक वढ्नु, सरकारी निकाय उदासिन हुनु जस्ता कारणले बैदेशिक रोजगारी असुरक्षित र उपलब्धि विहिन बन्दै गएको छ ।

.jpg)
धनुषाका प्रमोद राउत कुर्मी परिवारको पालनपोषण गर्न मलेसिया उडेका थिए । २०५९ सालमा पहिलो पटक मलेसिया उडेका प्रमोदको मलेसिया बसाई परिवारका लागि फलिफाप सिद्ध नै थियो । तर अहिले त्यहि मलेसिया कुर्मी परिवारका लागि मनमा गढेको सुल भएको छ । हरवखत दुखिरहने नाम भएको छ ।
पहिले गाउँमै ज्याला मजदुरीमा काम गर्ने प्रमोद मलेसियामा ग्लोरी डोर नामको फर्निचर कम्पनीमा काम गर्दथे । बेगां शिवपुर १ धनुषाका ३४ वर्षे प्रमोद विदेश गएको करिब ६ वर्ष पछि एकपटक घर फर्केका थिए ।
विदा सकेर पुनः सोही कम्पनीमा काम गर्न फर्केका उनी अहिले न परिवारको सम्पर्कमा छन् न त घर नै फर्किन्छन् । यसले कुर्मी परिवारलाई अत्याएको छ । उनकी श्रीमति रामदुलारी श्रीमानको खोजखवर गरिदिन हारगुहार गर्दै हिंडिरहेकी छिन् ।
“श्रीमानसंग कुरा गर्दा करिव ३ वर्षको तलब लिन बाँकि रहेको र रकम पाउने वित्तिकै आफु नेपाल फर्किने कुरा गर्नुहुन्थ्यो । तर अहिलेसम्म न मान्छे नै फर्किनुभयो न त फोन नै आउँछ” श्रीमान प्रमोदको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै हेल्भेटास स्वीस इण्टरकोअपरेशन नेपाल, सामी परियोजनाको सहयोगमा मित्र धनुषाद्धारा सञ्चालित सुचना केन्द्रमा आइपुगेकी रामदुलारीले भनिन् ।
विदामा नेपाल आएर मलेसिया फर्केपछि पनि प्रमोदले केहि रकम घरमा पठाएका थिए । उनले एकपटक ४० हजार पठाएका थिए भनें अर्कोपटक ५० हजार । त्यसपछि आफू नेपाल फर्किने कुरा गरेका प्रमोद एकाएक वेपत्ता छन् ।
प्रमोद घर फर्किने आशमा छन् उनका दुई छोरी, एक छोरा र श्रीमति । उनकी जेठी छोरी १८ बर्षकी छिन् भनें कान्छि छोरी ७ बर्षकी । छोरा १२ बर्षका छन् । पहिले प्रमोदले पैसा पठाएसम्म विद्यालयमा अध्ययन गरिरहेका उनीहरुको विद्यालय छुटेको छ । कापी कलम र पोेशाक किन्ने पैसा समेत नभएपछि छोराछोरीलाई विद्यालय पठाउन नसकेको रामदुलारी बताउँछिन् । कमाउने व्यक्ति नै बेपत्ता भएपछि परिवारको कन्तविजोग भएको उनको गुनासो छ ।
प्रमोद बेपत्ता भएपछि केहि समय माइतीबाट आर्थिक सहयोग पाएकी रामदुलारी हाल जनमजदुरी गरेर परिवार पालिरहेको बताँछिन् । कुर्मी परिवारको सम्पत्तीका नाममा खपडाले छाएको एउटा घर मात्र छ ।
एकातिर श्रीमान् मलेसियामा बेपत्ता छन, अर्कातिर जेठी छोरीको विवाह गर्ने उमेर भइसकेका कारण रामदुलारी चिन्तित छिन् । अव यो अवस्थामा कसरी छोरीको विवाह गर्ने हो ? कहाँबाट रकम जुटाउने ? उनले सोही चिन्ता प्रकट गरिन् ।
प्रमोदको मलेसियाको मोवाइल नम्वरमा फोन गर्दा हाल पनि फोन जाने गरेको तर फोन नउठ्ने समस्या भएको मित्र धनुषाद्धारा सञ्चालित सुचना केन्द्रका संयोजक रामकुमार कर्ण बताउँछन् ।
प्रमोदलाई परिवारसँग सम्पर्क गराउन सकेमा कुर्मी परिवारको मानसिक तनाव कम हुनेछ । यसरी नै समाचार प्रकाशित भएपछि हालसम्म बेपत्ता भनिएका(परिवारको सम्पर्कमा नरहेका) तीनजनाले परिवारसँग सम्पर्क गरेका छन् ।
त्यसैले प्रमोदको खोजीमा तपाईले महत्वपूर्ण सहयोग गर्न सक्नुहुन्छ । तपाई उनको खोजीमा मद्धत गर्न इच्छुक हुनुहुन्छ भनें हामी तपाईलाई उनको मलेसियाको सम्पर्क नम्वर उपलव्ध गराउने छौं । साथै यो समाचार धेरै व्यक्तिसामु पुर्याएर पनि प्रमोदको खोजीमा हातेमालो गर्न सकिन्छ ।
२०७२ बैशाख २७ गते आईतबार
No comments:
Post a Comment