शैलेन्द्र यादव
जनकपुरधाम...........
जनकपुरधाम...........
एसएलसीसम्मका शिक्षा मात्र अध्ययन गरेका धनुषाका दुई युवकले हवार्ई जहाज जस्तै उड्ने र अवत्तरण गर्ने यन्त्र एचपीटी पारामोटर नाम दिएका यन्त्र बनाएर उडाएका छन् । एक जना चढेर मज्जाले अकाशमा उडेर ईच्छानुकुल कतै जान र आउन सक्ने पारामोटर यन्त्र धनुषाको मखनाहा ३ का २२ वर्षीय संजयकुमार यादव र धनुषाधाम नगरपालिका १ का १९ वर्षीय दीपक शर्मा बरहीले संयुक्त रुपमा बनाएका छन् ।
झण्डै २ वर्ष समय लगाएर बनाएको पारामोटर आकाशमा ६ सय फिट माथि सम्म उडाएको तर २ हजार फिटमाथिसम्म उडाउन सकिने संजयले बताउनु भयो । सिचाईको लागि प्रयोग गरिने वाटर पम्को चाईनिज ईन्जिन ,पारासुट,स्टील बाउन्डूी,धर्नेस जिन्सको कपडा , नोट प्रोटेक्सन प्लास्टिक, सुई धागो,सिम्पल बेल्ट, काठको पंखा जस्ता समानहरु मिलाएर परामोटर बनाईएको छ । उक्त सरसमानहरु स्थानीय स्तरमै जोरजाम गरेको र बाहिरबाट पारासुट किनेर ल्याई बनाएको संजयको भनाई छ । उहाँको अनुसार उक्त एचपटी पारा मोटर निर्माण गर्न दुई लाख खर्च भएको छ ।

संजय र दिपक हवार्ई जहाज जस्तै उड्ने र अवत्तरण गर्ने यन्त्र एचपीटी पारामोटर नाम दिएका यन्त्र बनाएका छन् |
एचपीटीको विस्तारित नाम हिमाल पहाड तराई पारा मोटर भएको संजयले बताउनुभयो । हिमाल पहाड र तराईमा आकाश मार्गमा जमिनमा मोटरसाईकल र साईकल गुडेजस्तो समान्य रुपले चलाउन र घुम्न सकिने हुनाले एचपीटी नाम दिईएको संजय र दीपकको भनाई छ । एचपीटी मोटरमा दुई जना सम्म बसेर घुम्न सकिने उनीहरुको तर्क छ । पारामोटरमा सिचाई गर्ने वाटर पम्पको टंकीलाई पेटूोल टंकीमा परिणत गरिएको छ । मौसम अनुसार एक लिटर पेटूोलमा एक घण्टा सम्म यात्रा गर्न सकिने उनीहरु बताउछन् । पारामोटरको तौल करिब २० किलो ग्राम रहेको छ ।
मेसिन विग्रेको खण्डमा पनि कुनै किसीमको खतरा नहुने दीपकले दावी गर्दै भन्नु भयो ,“ पारामोटरमा पारासुट जडान भएकोले सजिलै जमिनमा अवतरण गर्न सकिन्छ । यो अरु हवाई साधन जस्तो खतरापुर्ण छैन ।”
हवाई यातायात सेवा महगो छ तर यो पारासुट मोटर एकलाखसम्ममा निर्माण हुने र सस्तो हवाई सेवा हुन सक्ने दुवैजनाको दावी छ । सुरुमा धरै अभ्यासहरु गर्नु परेकोले दुई लाख खर्चभएको उनीहरु बताउछन् ।
उनीहरुले गत मंसिर ९ गते एचपीटी मोटर अकासमा पहिलो पटक उडाएको थियो । समान्य एस्एलसी पास भएका केटाहरुले पारामोटर यन्त्र बनाएर उडाएपछि सुन्ने र हेर्नेहरु चकित भएका छन् ।
आश्चर्यको कुरा केछ भने संजय र दीपक एस्एलसी शिक्षा मात्र लिएका छन् । यन्त्र निर्माण गर्न कतै कुनै औपचारिक शिक्षासमेत लिएका छैनन् । टेलिभिजनमा डिस्कोभरी र जिओग्राफी जास्ता च्यानलहरुमा प्रशारणहुने यन्त्रिक उपकरणहरुको जानकारीले आफुहरु अभ्यास गर्दा गर्दै बनाएको उनीहरुको भनाई छ ।
संजयले भन्नु भयो “सानैदेखि आफुहरु केहि नयाँ गर्ने सोँचमा छौ तर घरपरिवारको आर्थिक अवस्थाले एस्एल्सी भन्दा माथि पढ्न सकिएन । पाढाई छोडेर विभिन्न यान्त्रिक अभ्यासहरुले यति सम्म सफलता पाएको छु ।” उहाँले अव पनि सबै पक्षबाट सहयोग भए देश र समाजका लागि केहि गर्न सक्छु ।
अत्यन्त दयनीय घरपरिवारमा जन्मिएका संजय गाउँकै धनुषाधाम उच्चमाविबाट २०६७ सालमा एस्एल्सी पास गरेर हाल गाउँमा मोटर र हाउस वाईरिंगको काम गरेर जीवन जिविका चलाई रहेकाछन् । संजयले यस अघि एस्एलसी पासगरेको तीन महिना पश्चात साईकल ईन्जिनमा मोटरसाईकलको ईन्जि प्रयोग गरेर मज्जाले गुड्न सकिने आधुनिक साईकल बनाउनु भएको थियो । यो आफ्नो जिवनको पहिलो सफलता भएको उहाँ बताउनु हुन्छ । संजय रामचन्द्र यादवका दुई छोरा मध्येका जोठा छोरा हुन् । संजयका बुबापनि आफ्नो केहि खोतीपाती र जनमजदुरी गर्नु हुन्छ । एचपी मोटर बनाउन यताउताबाट रुपैया पैसा जोरजाम गपरेपनि अपुग भएपछि आमाको चाँदीको हँसुली समेत बेचेर लगाएको संजले बताउनु भयो ।
दीपक धनुषाधाम नगरपालिका १ निबासी श्रीकिशुन शर्मा बडहीका छोरा हुन् । दीपक पनि गरिखाने घर परिवारका भएकाले २०६९ सालमा धनुषा स्थित पर्शुराम तलाउ उच्चमाविबाट एस्एल्सी पास गरी पढाई छोडिसकेका छन् ।
संजय र दुवै यूवक अलग अलग गाउँका यूवक हुन् तर दुवैजनाको सोँच विचार र उद्देश्य उस्ता उस्तै भएकाले दुई वर्ष अघि एक स्थानीय लेथमा भेटघाट भएपछि साथी बनेका हुन् । उनीहरु निकै मिल्ने साथी हुन । त्यसपछि दुवैजनाले पारासुट मोटर बनाउने अभियानमा लागेका थिए । उनीहरुसँगै मोटर र हाउस वारिंगको काम गरि घरपरिवार चलाउछन् ।
सानैदेखि केहि नयाँ कुरा गर्ने र समाजको लागि पनि केहि दिने सपना बोकेका संजय र दीपक प्रतिभाशाली र सृजनशील युवा भएरपनि अवसर पाउन सकिरहेका छैनन् । नत्र उनीहरुको घरपरिवार सक्षम छन् । उनीहरु आफुहरु पढेर देशमै नयाँ नयाँ उपकरणहरु बनाएर समाज र देशको सेवा गर्ने उद्देशय भएको बताउनु भयो । तर आफुहरुको घरपरिवारको क्षमताले पढ्न नपाउँदा जसो तसो यसरी नै केहि नयाँ गर्ने अभियानमा लागेको संजय र दीपकको भनाई छ । यी उपकरणहरु बनाउनु अघि गरिब भनेर गाउँसमाजका केहि उत्सृंखल तत्वहरु हेप्ने गिज्याउने र कुटपिट समेत गरेको तर आफ्नो उद्देश्यम अडिग भएपछि केहि गर्न सक्छु भनेर कसैको पछाडी नलागि सहदै आएको संजयको तर्क छ ।
संजय र दीपकले आफुहरु अहिले पनि पढेर देशमै विभिन्न प्रकारका यन्त्रहरु निर्माण गरी देश र समाजको सेवागर्न आफुहरुको निश्चल उद्देश्य भएकोले सरकार र सबैपक्षलाई आग्रह गरेका छन् । प्रशासनले मोटर उडाउने अनुमति नदिएकाले दुई हप्तादेखि चौरमै लुकाई छिपाई कुनै कुनै बेला उडाउने गरेको उनीहरु बताउछन् । सार्वजनिक स्थलमा सबैको सम्मुन्ने उडाएर देखाउन चाहेकोले अनुमति दिन समेत उनीहरुले माग गरेका छन् । पहिलो पटक हवाईजहाज बनाउने राईट दाजुभाई जस्तै एचपीमोटर बनाउने संजय र दीपक उस्तै छन् भन्दा खासै फरक नपर्ला । उनीहरुलाई सहयोग गर्न चाहने जोकोहिले पनि ९८१६८७४३७४ ,९८१८६४३१४६ र ९८०७८२५५८० मा सम्पर्क गर्न सक्नु हुने छ ।
हावामा उड्ने पारामोटर
२०७१ पौष २७ गते आईतबार
मेसिन विग्रेको खण्डमा पनि कुनै किसीमको खतरा नहुने दीपकले दावी गर्दै भन्नु भयो ,“ पारामोटरमा पारासुट जडान भएकोले सजिलै जमिनमा अवतरण गर्न सकिन्छ । यो अरु हवाई साधन जस्तो खतरापुर्ण छैन ।”
हवाई यातायात सेवा महगो छ तर यो पारासुट मोटर एकलाखसम्ममा निर्माण हुने र सस्तो हवाई सेवा हुन सक्ने दुवैजनाको दावी छ । सुरुमा धरै अभ्यासहरु गर्नु परेकोले दुई लाख खर्चभएको उनीहरु बताउछन् ।
उनीहरुले गत मंसिर ९ गते एचपीटी मोटर अकासमा पहिलो पटक उडाएको थियो । समान्य एस्एलसी पास भएका केटाहरुले पारामोटर यन्त्र बनाएर उडाएपछि सुन्ने र हेर्नेहरु चकित भएका छन् ।

संजयले भन्नु भयो “सानैदेखि आफुहरु केहि नयाँ गर्ने सोँचमा छौ तर घरपरिवारको आर्थिक अवस्थाले एस्एल्सी भन्दा माथि पढ्न सकिएन । पाढाई छोडेर विभिन्न यान्त्रिक अभ्यासहरुले यति सम्म सफलता पाएको छु ।” उहाँले अव पनि सबै पक्षबाट सहयोग भए देश र समाजका लागि केहि गर्न सक्छु ।
अत्यन्त दयनीय घरपरिवारमा जन्मिएका संजय गाउँकै धनुषाधाम उच्चमाविबाट २०६७ सालमा एस्एल्सी पास गरेर हाल गाउँमा मोटर र हाउस वाईरिंगको काम गरेर जीवन जिविका चलाई रहेकाछन् । संजयले यस अघि एस्एलसी पासगरेको तीन महिना पश्चात साईकल ईन्जिनमा मोटरसाईकलको ईन्जि प्रयोग गरेर मज्जाले गुड्न सकिने आधुनिक साईकल बनाउनु भएको थियो । यो आफ्नो जिवनको पहिलो सफलता भएको उहाँ बताउनु हुन्छ । संजय रामचन्द्र यादवका दुई छोरा मध्येका जोठा छोरा हुन् । संजयका बुबापनि आफ्नो केहि खोतीपाती र जनमजदुरी गर्नु हुन्छ । एचपी मोटर बनाउन यताउताबाट रुपैया पैसा जोरजाम गपरेपनि अपुग भएपछि आमाको चाँदीको हँसुली समेत बेचेर लगाएको संजले बताउनु भयो ।

संजय र दुवै यूवक अलग अलग गाउँका यूवक हुन् तर दुवैजनाको सोँच विचार र उद्देश्य उस्ता उस्तै भएकाले दुई वर्ष अघि एक स्थानीय लेथमा भेटघाट भएपछि साथी बनेका हुन् । उनीहरु निकै मिल्ने साथी हुन । त्यसपछि दुवैजनाले पारासुट मोटर बनाउने अभियानमा लागेका थिए । उनीहरुसँगै मोटर र हाउस वारिंगको काम गरि घरपरिवार चलाउछन् ।
सानैदेखि केहि नयाँ कुरा गर्ने र समाजको लागि पनि केहि दिने सपना बोकेका संजय र दीपक प्रतिभाशाली र सृजनशील युवा भएरपनि अवसर पाउन सकिरहेका छैनन् । नत्र उनीहरुको घरपरिवार सक्षम छन् । उनीहरु आफुहरु पढेर देशमै नयाँ नयाँ उपकरणहरु बनाएर समाज र देशको सेवा गर्ने उद्देशय भएको बताउनु भयो । तर आफुहरुको घरपरिवारको क्षमताले पढ्न नपाउँदा जसो तसो यसरी नै केहि नयाँ गर्ने अभियानमा लागेको संजय र दीपकको भनाई छ । यी उपकरणहरु बनाउनु अघि गरिब भनेर गाउँसमाजका केहि उत्सृंखल तत्वहरु हेप्ने गिज्याउने र कुटपिट समेत गरेको तर आफ्नो उद्देश्यम अडिग भएपछि केहि गर्न सक्छु भनेर कसैको पछाडी नलागि सहदै आएको संजयको तर्क छ ।
संजय र दीपकले आफुहरु अहिले पनि पढेर देशमै विभिन्न प्रकारका यन्त्रहरु निर्माण गरी देश र समाजको सेवागर्न आफुहरुको निश्चल उद्देश्य भएकोले सरकार र सबैपक्षलाई आग्रह गरेका छन् । प्रशासनले मोटर उडाउने अनुमति नदिएकाले दुई हप्तादेखि चौरमै लुकाई छिपाई कुनै कुनै बेला उडाउने गरेको उनीहरु बताउछन् । सार्वजनिक स्थलमा सबैको सम्मुन्ने उडाएर देखाउन चाहेकोले अनुमति दिन समेत उनीहरुले माग गरेका छन् । पहिलो पटक हवाईजहाज बनाउने राईट दाजुभाई जस्तै एचपीमोटर बनाउने संजय र दीपक उस्तै छन् भन्दा खासै फरक नपर्ला । उनीहरुलाई सहयोग गर्न चाहने जोकोहिले पनि ९८१६८७४३७४ ,९८१८६४३१४६ र ९८०७८२५५८० मा सम्पर्क गर्न सक्नु हुने छ ।
हावामा उड्ने पारामोटर
२०७१ पौष २७ गते आईतबार
No comments:
Post a Comment