![]() |
भारतको दिल्लीमा आयोजित ‘ओकरा आँगनक बारहमासा’ नाटकमा सह–कलाकार प्रियंका झासँग अभिनय गर्दै रामनारायण ठाकुर । |
जनकपुरधाम............
रामनारायण ठाकुर मैथिली रंगमञ्चका एक सशक्त कलाकार हुन । वरिष्ठ रंगकर्मी ठाकुर हास्य कलाकारका रुपले परिचित छन् । मञ्चमा उनको दृष्य आउने वित्तिकै दर्शकहरु उत्साहित हुन्छन् । उनको अभिनय, सम्वाद तथा बोल्ने प्रस्तुति वा अभिनय गर्ने कलाको जादुमा मन्त्रमुग्ध हुन्छन् दर्शकहरु । मञ्चमा अभिनय गरेर दर्शकलाई हसाउनु उनको खास कला त हुँदै हो तर, गम्भीर प्रकृतिका चरित्रहरुमा पनि उनको अभिनयले दर्शकहरुमा विशेष किसिमको छाप छोड्न सफल हुन्छन् । नाटक प्रति उनको त्याग र समर्पण यति सम्म छ कि नाटकका सामु उनले परिवार वा निजी जिवनलाई कहिल्यै प्राथमिकता दिएनन् । एक पटक धनुषाको पोरताहामा सडक नाटक गरी घर फर्केर आउँदा उनको आमा सत्यादेवी प्यारालाइसिस रोगले थला परेकी थिईन । आमालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गराउँदा चिकित्सकहरुले घर लग्न सल्लाह दिए । अब बाँच्ने सम्भावना न्युन रहेको चिकित्सकले बताएपछि आमालाई घर लगे । उनी र उनका दाई लक्ष्मी ठाकुरलाई पनि लाग्न थाल्यो कि अब आमा वढी दिन रहने छैनन् । यता आमा थला परेको थियो भने अर्को तर्फ पृथ्वी ज्यन्तीको अवसरमा काठमाण्डौमा प्रत्येक वर्ष हुने नाटक ‘सामा चकेवा’ मा अभिनय गर्नका लागि उनलाई जानु थियो । सबै कलाकारहरु बसमा चढी काठमाण्डौ प्रस्थान गरे तर, उनी आमाको स्याहारका लागि घर फर्के । दुई दिन पछि उनको आमाको देहान्त भयो । दाह संस्कार गरेर घर फर्किएर उनी काठमाण्डौ प्रस्थान गरे । नाटक गर्नकै लागि उनी काठमाण्डौ पुग्दा उनका सहकर्मीहरु पनि आश्चर्य चकित भए । काठमाण्डौमा नाटक गरेर उनी सबै कलाकारसँगै घर फर्किए । यसरी नाटक प्रति उनको समर्पण कति छ भनेर बुझ्न सकिन्छ ।

महामुर्ख सम्मेलनमा साडी लगाएर व्यङ्ग गर्दै रामनारायण ठाकुर । |
रामनारायणको भाउजु खजिनी देवी क्यान्सर रोगबाट ग्रस्त थिईन । उनी विरामी भएका कारण धेरै पीडामा थिईन । रामनारायणलाई विराटनगरको गुरुकुलमा नाटक मञ्चन गर्नु थियो । त्यस्तो अवस्थामा भाउजुलाई छोडेर नाटक गर्न जाने परिस्थिति थिएन । दाईले पनि नजा भनेर भनिरहेको थियो । तर, उनी विराटनगरका लागि प्रस्थान गरे । जिपमा चढेर जिरोमाईलसम्म पुग्दा उनले आँसुलाई थाम्न सकेनन् । मिनापका कलाकारहरुले रामनारायण रोएको पहिलो पटक देखेका थिए । अर्थात रामनारायण ठाकुरले आफ्नो परिवारका सदस्यहरु जीवन र मृत्युका दोसाँधमा रहेका बेला पनि उनले नाटकलाई नै वढी प्राथमिकता दिएका छन् । यसकारण पनि उनको नाटक प्रतिको लगाव र समर्पण प्रस्ट हुन्छ ।
![]() |
मैथिली फिल्म मुखियाजीमा जनकपुरका कलाकार विष्णु मिश्रसँगै रामनारायण ठाकुर । |
![]() |
सन् २०१२ मा कतारमा आयोजना गरिएको सो मा जनकपुरका अर्को हास्यकलाकार रविन्द्र झासँग नाँच्दै रामनारायण ठाकुर । |
श्री कन्टिर झा नमुना मावि बभनगामा, लोहनामा पढ्न जाँदा उनी नाटक प्रति रुचि राख्न थालेका थिए । हुन त उनको बुवा सियाशरण ठाकुर लोक नाँचहरुमा नाच्ने गर्दथे । उनको बुवा पढेलेखेको नभएपनि कन्ठष्थै रामायण बाचन गर्न सक्थे । नाँचको म्यानेजर रहेका उनको बुवालाई मानिसहरुले उस्ताद भन्ने गर्थे । त्यसैले पनि गित गाउन रामनारायण बच्चा देखि नै सिपालु थिए । विद्यालयमा कुनै पनि सांस्कृतिक कार्यक्रम हुँदा उनी गित गाउथे र पुरस्कारहरु जित्ने गर्थे । तर, सोही विद्यालयका शिक्षक तथा मैथिली नाटककार महेन्द्र मलंगियाले एक दिन रामनारायणलाई नाटकमा अभिनय गर्न हौस्याएपछि उनको रुचि नाटकमा पनि जाग्न थाल्यो । संजोग कस्तो भयो भने विद्यालयमा छमादान नाटक गर्ने तयारी भयो । मलंगिया सर हिरोको रुपमा चुनिए भने रामनारायणलाई हिरोइनको रोल र सुनिल मल्लिकलाई बच्चाको रोल दिइयो । पहिलो पटक नाटकमा उनले अभिनय गरेपछि दर्शकहरुबाट राम्रो फिडव्याक आएपछि उनले नाटकलाई नै अगाडी बढाउन कम्मर कसे । गित र नाटकमा वढी ध्यान दिने गरेका कारण उनी एसएलसी परीक्षामा लगातार चार पटक अनुत्तिर्ण भए । पाँचौं पटकमा उनी पास भए । २०३५ को व्याचको विद्यार्थी भएपनि २०४० सालमा एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण भए । त्यसपछि काठमाण्डौको पुल चौक क्याम्पसमा सिभिल इन्जिनियरिङ गर्न गएपनि उनी इन्जिनियर त बन्न सकेनन्, पाँच वर्षमा सब ओभरसियर बनेर घर फर्के । सब ओभरसियर भएपछि विभिन्न परियोजनाहरुमा उनले काम त गरे तर नाटककै कारण उनले विभिन्न जागिरहरुपनि त्यागनु प¥यो ।
४ भदौ २०१९ मा जन्मिएका रामनारायणको श्रीमति पवन देवी दुई छोरा र एक छोरी छन् । नाटककै लागि जागिरको परवाह नगरेका उनी नाटकबाट जीवन जिविका चलाउन गाह्रो भएको बताउँछन् । उनी भन्छन,“आफ्नो पैत्रिक खेतबाट धान चामल नआएको भए जीवन चलाउन अत्यन्तै धौ धौ हुने थियो । राज्यले कलाकारलाई कहिल्यै पनि प्राथमिकतामा नराखेका कारण नाटककर्मीहरु यस क्षेत्रबाट रोजिरोटीको खोजीमा अन्यत्र पलायन भए ।” अहिले आएर केही अन्तराष्टिूय गैरसरकारी संस्थाहरुले सडक नाटक वा रेडियो नाटकमा राम्रो पारिश्रमिक दिने गरेको भएपनि विगतमा कलाकारहरुको जीवन अत्यन्तै कष्टकर थियो । घरपरिवारले पनि नाटकमा सहयोग गरेको कारण घर परिवारले पैसाका लागि कहिल्यै पनि दवाव नदिएकै कारण आफु नाटकमै रहन सकेको उनी बताउँछन् । जनताले गरेको सम्मान र पहिचान सबै भेटेका कारण आफु मर्दा पनि मञ्चमै मर्न पाए हुन्थ्यो भन्ने उनको इच्छा छ ।

२०७१ भादौ ०८ गते आईतबार
No comments:
Post a Comment