जानकी मन्दिरको उत्तर तर्फको प्रवेशद्वारमाथि रहेको ढुङ्गाको कलात्मक सिंहजोडीको हिरा जडित आँखा पनि निकालिएको बताइन्छ । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जानकी मन्दिरको शोभा रहेको अधिकांश गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजुरहरु अहिले भगवान राम, लक्ष्मण र माता जानकीलाई चढाइएका बहुमुल्य आभुषण गहनाहरु समेत गुठी संस्थान केन्द्रिय कार्यालय काठमाण्डौमा पु¥याइएको बताइन्छ । ती बहुमुल्य गहनाहरु कहाँ र कुन अवस्थामा राखिएका छन्, त्यसबारे व्यापक जनचासो रहे पनि संतोषजनक जानकारी प्राप्त हुनसकिएको छैन । मन्दिरको उत्तर तर्फको प्रवेशद्वारमाथि रहेको ढुङ्गाको कलात्मक सिंहजोडीको हिरा जडित आँखा पनि निकालिएको बताइन्छ । मन्दिरका अधिकांश गुम्व र बुर्जाहरुबाट प्राचिन स्वर्ण गजुरहरु हराएकोले यसबाट मन्दिरको सुन्दरता समेत घटेको छ ।
सत्रहौं शताव्दीमा (लगभग ५ सय वर्ष अघि) सन्त सुरकिशोर दासले पत्ता लगाउनु भएको जानकीजीको अष्टधातुको मुर्ति रहेकै स्थानमा जानकी मन्दिर निर्माण भएको छ । जनकपुरको सर्वाधिक महत्वपुर्ण र नगरको शोभाको रुपमा रहेको यो मन्दिर भारतको ओरछा नरेश टिकमगढका महाराज प्रताप सिंहकी पत्नी रानी वृष भानु कुँवरद्वारा सन् १८९४ (वि.सं.१९५२) मा शिलान्यास गरेर सन् १९११(वि.सं. १९६६) मा प्रतिष्ठापिट गरिएको थियो । वि.सं. २०५१ बैशाखमा यस मन्दिरको शतवर्षिकी मनाइएको थियो । यस मन्दिरको क्षेत्रफल ४९,५५५ वर्गफिट अर्थात २६५८१८७ फिट रहेको छ । ६० कोठाहरु रहेको यस मन्दिरमा शिश महल, गर्भगृह, जानकी संग्रहालय महत्वपुर्ण छन् । मुगल र हिन्दु वास्तुशैलीको अनुपम नमुना रहेको यो मन्दिर जनकपुरको शोभा हो ।
राजगुठी आधिनस्थ रहेको जानकी मन्दिर हालसम्म पनि छुट गुठी अन्तरगत संचालित हुँदै आएको छ । आर्थिक रुपले अत्यन्त सम्पन्न यस मन्दिरको सर्वेसर्वा महन्थ नै हुन्छन् । २७ साउन २०५३ देखि हालसम्म यस मन्दिरको महन्थक रुपमा रामतपेश्वर दास वैष्णव नियुक्त छन् । जानकी मन्दिरको लाल मोहर तथा वैष्णव सम्प्रदायको नीति अनुसार मटिहानी स्थानका मान महन्थ कौशल किशोर दासले रामतपेश्वर दासलाई चादर पगडी लगाएका थिए । यस मन्दिरमा गुरुशिष्यको प्राचिन परम्परा अन्तरगत महन्थले आफ्नो विश्वासी र प्रिय शिष्यलाई नै आफ्नो अत्तराधिकारी नियूक्त गर्ने प्रचलन रहेको छ । महन्थको मृत्यु पश्चात उत्तराधिकारी महन्थ बन्ने गरेको प्रचलन देखिन्छ । हालसम्म जानकी मन्दिरको महन्तमा सन्त सुर किशोर दास, सन्त प्रयाग दास, सन्त जनक विदेही दास, सन्त राम दास, सन्त राम गुलेला दास, सन्त वलराम दास, सन्त सुरविन दास, सन्त हरिनारायण दास, सन्त हरि भजन दास, सन्त विश्वम्भर दास, सन्त नरहरि दास, सन्त अभिराम दास, सन्त किशोर दास, सन्त राम कृष्ण दास, सन्त नबल किशोर दास, सन्त राम शरण दास र सन्त राम तपेश्वर दास रहेको छ ।
गुठी संस्थानले यस मन्दिरको नाममा रहेको सम्पुर्ण जग्गा, जमिन, चलअचल सम्पति रेखदेख गर्ने, सोको आम्दानी खर्च दुरुस्त राखी मन्दिर सुव्यवस्थित रुपमा परिचालन गर्न, मन्दिरको कुनै पनि सम्पति कुनै पनि तवर अर्थात बेच विखन, दान दातव्य मनखपद्वारा कसैलाई पनि दिन नपाउने प्रकृया अनुरुप नै छुट गुठी भित्रमा राखि सो को सम्पुर्ण जिम्मेवारी मन्दिरका महन्तलाई सोपी निज महन्तद्वारा नै उपरोक्त काम गराउने गरिएको छ । तर, वर्तमान महन्तका गुरु रामशरण दास देखि अहिलेका महन्त रामतपेश्र दाससम्मका क्रियाकलाप, काम कारवाही हेर्दा यो छुट गुठी भनेको महन्तहरुको निजी गुठी भएको र निजी गुठी हुँदा यसका अचल सम्पति महन्तहरुले आफु खुशी दुरुपयोग गरेको देखिन्छ । वृहतर जनकपुर क्षेत्र अन्तरगत जनकपुर नगरपालिका भित्र रहेका पोखरी, पोखरीका डील, राम, जानकी लगायतका प्रमुख मन्दिरहरु तथा गुठीको जग्गाका संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न २०६२ सालमा गठित उच्च स्तरीय कार्य दलको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । उक्त प्रतिवेदनमा जानकी मन्दिर गुठीको तैनाथी जग्गा होस वा मन्दिर परिसरका वा तेलहा, मड्हा, पाकवत्ती, अरगज्जा सहित पवित्र तलाउ वा त्यसका डिल सबैमा जानकी मन्दिरका वर्तमान महन्त रामतपेश्वर दासको स्वीकृति, सहमति र समझदारीबाट नै कुनै पनि निर्माण कार्य भएको उल्लेख छ । जानकी मन्दिर वरिपरीका अतिधार्मिक एवम संवेदनशिल स्थानमा वर्तमान महन्तले आफै वा आफ्ना व्यक्तिद्वारा अतिक्रमण गरी धार्मिक र सांस्कृतिक धरोहर नष्ट गरेको र गर्ने तरखरमा रहेकाले सम्पुर्ण जग्गा सर्वे नापी खाली रहेकोलाई पुरानो मितिको कबुलियको कागज लेखि आफ्नो स्वर्गीय गुरु राम शरण दासको नक्कली हस्ताक्षर गरी छाप लगाई राम तपेश्वर दासले हालसम्मको मनखप बुझेको भरपाई दिई विक्री गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । मन्दिरको नाममा रहेको जग्गाबाट, मन्दिरका पोखरीहरुबाट, घर बहालबाट र भक्तजनहरुले दान चढौना र भेटीबाट मन्दिरलाई वर्षेनी लाखौं रुपैयाँको आम्दानी हुने गर्छ । मन्दिरको स्वामित्वमा रहेको विवाहमण्डपलाई जानकी मन्दिरले वार्षिक लाखौं रुपँयाँमा ठेक्का लगाउने गर्छन । विवाह पञ्चमी, रामनवमी, झुलनोत्सव, परिक्रमा जस्ता विशेष उत्सवमा लाखौं दर्शनार्थीबाट प्राप्त हुने चढौना र भेटीको रकम समेत मन्दिरको आम्दानीको स्रोत रहेको छ ।
यसका अतिरिक्त मन्दिरले निर्माण गरेको भवनबाट प्राप्त हुने वहाल रकम, मन्दिर परिसरमा रहने गरेको पसलहरुबाट प्राप्त हुने वहाल रकम, जग्गाको मनखपबाट प्राप्त हुने ठुलो रकम पनि मन्दिरको वार्षिक आय स्रोत हो । यस प्रकार वर्सेनी लाखौं रुपैयाँ आम्दानी हुने यस मन्दिरको आय(व्यय विवरण पनि पारदर्शी हुँदैन ।
जानकी मन्दिरको शोभा रहेको अधिकांश गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचिन कलात्मक स्वर्ण गजुरहरु अहिले भगवान राम, लक्ष्मण र माता जानकीलाई चढाइएका बहुमुल्य आभुषण गहनाहरु समेत गुठी संस्थान केन्द्रिय कार्यालय काठमाण्डौमा पु¥याइएको बताइन्छ । ती बहुमुल्य गहनाहरु कहाँ र कुन अवस्थामा राखिएका छन्, त्यसबारे व्यापक जनचासो रहे पनि संतोषजनक जानकारी प्राप्त हुनसकिएको छैन । मन्दिरको उत्तर तर्फको प्रवेशद्वारमाथि रहेको ढुङ्गाको कलात्मक सिंहजोडीको हिरा जडित आँखा पनि निकालिएको बताइन्छ । मन्दिरका अधिकांश गुम्व र बुर्जाहरुबाट प्राचिन स्वर्ण गजुरहरु हराएकोले यसबाट मन्दिरको सुन्दरता समेत घटेको छ । मन्दिर स्थापनाकै बखत राखिएका ती बहुमुल्य एवम कलात्मक गजुरहरुबारे आज व्यापक जनचासो वढेको छ । यी बहुमूल्य बस्तुहरुको खोजी हुनुपर्ने र जनसाधारणलाई यस बारेमा सूचित गरिनुपर्ने नागरिक समाजको माँग रहेको छ । जानकी मन्दिर विश्वका करोडौं हिन्दुहरुको आस्थाको महान केन्द्र हो । यो नेपालकै राष्टिूय गौरव एवं धरोहर हो । यसको अस्तित्वलाई कसरी चिरस्थायी बनाउने, कसरी यसको सौन्दर्य वृद्धि गर्ने र यसलाई विश्वका हिन्दुहरुका लागि महत्वपुर्ण धार्मिक पर्यटकिय गन्तव्यस्थलको रुपमा कसरी विकास गर्ने भन्ने तर्फ जनचासो बढेको छ । जानकी मन्दिर जनकपुरको माग नभएर राष्टिूय चासोको विषय बनेको छ । त्यसकारण जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा सूचिकृत गराउने तर्फ समेत नेपाल सरकारले उपयुक्त कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ । विश्व सम्पदा सूचिमा सूचिकृत भएमा अन्तराष्टिूय जगतको समेत यस तर्फ ध्यान जाने र यस मन्दिरको संरक्षण र स्याहार सम्भारका लागि अन्तराष्टिूय जगतबाट समेत प्रयास हुने विश्वास लिइएको छ ।
टूष्ट मार्फत व्यवस्थि तगर्न आवश्यक
धनुषा जिल्ला जनकपुर नगरपालिका क्षेत्र भित्र राम मन्दिर, जानकी मन्दिर, रत्नसागर मन्दिर लगायत विभिन्न मठ मन्दिरहरु अव्यवस्थित रुपमा रही आएको छ । ती मठ मन्दिरका देवी देवताको भोगरागको लागि मन्दिरहरुको नाउँमा विभिन्न दाताहरुले जग्गाहरु उपलब्ध गराइएको बताइन्छ । के कुन देवी देवताका मठ मन्दिर, जानकी मन्दिरहरुमा के कति जग्गा छन भन्ने एकिन तथ्य देखिदैन । राम मन्दिर, जानकी मन्दिर तथा रत्नसागर जस्ता प्रख्यात मन्दिरहरुको नाममा तथा अधिनस्थमा रहेका जग्गाहरु विभिन्न व्यक्तिहरुले हडपने र विभिन्न प्रकारले जग्गाहरु अनधिकृत रुपमा विक्री वितरण भइरहेको छ ।
मठ मन्दिरको जग्गा बेचविखन तथा अतिक्रमण कार्य रोक्न छुट्टै नियम कानुनको तर्जुमा हुन अत्यावश्यक देखिन्छ । अधिकार सम्पन्न विशेष कानुन बनाई जनकपुर क्षेत्रका गुठी, जग्गा जमिन, सम्पति र मन्दिरको संरक्षण संवर्धन गर्न छुट्टै टूष्ट गठन गरी व्यवस्थित नगरे ती सबैको अस्तित्व नै संकटमा पर्ने देखिन्छ ।
२०७० माघ २६ गते
No comments:
Post a Comment