जितेन्द्र झा
नेपालको अन्तरिम संविधान, २०६३ अनुसार नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, पूर्ण लोकतान्त्रिक राज्य हो । मूलतः सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्वतन्त्र मुलुक हो । यसको दक्षिण, पूर्व र पश्चिमको सीमा भारतसँग जोडिएको छ । कुनै देशको गुलामी नभोगेको नेपालको यही वास्तविकता हो । भारतसंग तीन दिशामा सीमा जोडिएको यो स्वतन्त्र राष्ट्र हो, कुनै भारतीय राज्य चाँहि होइन । तर भारतीयहरु भने यो सत्यलाई झुठो बनाउन लागि परेको देखिन्छ । उदाहरण थुप्रै छन् , ताजा उदाहरण हो तस्वीरमा देखिने एयर इण्डियाको टाइम टेबल अर्थात समय सारणी । यो नक्सामा नेपाल भनेको देश नै छैन । काठमाडौं भन्ने स्थान भारतीय सीमाभित्र छ ।
पटनाको छेउमा रहेको काठमाडौंलाई भारतीय राज्य जस्तै देखाइएको छ । भारतको ध्वजावाहक एयर इण्डियाको नक्सा हो यो । भारत सरकारको स्वामित्वमा रहेको एयरइण्डियाले यस टाइम टेबल मार्फत विश्वभर भारतको सीमाक्षेत्र कहां सम्म छ भनेर प्रचार गर्दैछ । कुनै स्वतन्त्र राष्ट्रको अस्तित्व नै नस्वीकार्ने भारतीय मनसाय व्यक्त भएको यो नक्सा २८ मार्च २०१० देखि नै संसारभरि छरिएको छ । एयर इण्डियाको विश्वका ३९ र भारतको १२ स्थानमा उडान सेवा रहेको छ । ती स्थानहरुमा मात्र नभइ विश्वभर एयर इण्डियाले प्रचारका लागि प्रयोग गर्ने टाइम टेबलमा यस्तो त्रुटिपूर्ण नक्सा राखिएको छ । प्रचारका लागि नेपालमा पनि यत्र तत्र छरिएको छ यो । विभिन्न ट्राभल टुर एजेन्सी, एयरलाइन्स मार्फत यो पुस्तिकाले भारतीय बदनियतको प्रचार गर्दैछ । नेपालकै भूमिमा नेपालको अस्मितालाई धमिल्याउने काम पनि जारी छ । एयर इण्डियाले यसरी नेपालको भूभागलाई भारतमा देखाएपनि सम्बन्धित निकायले मुख खोल्न चाहँदैन । एयर इण्डियाको नक्सामाथि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिक्रिया बुझ्न खोज्दा अधिकारीहरु बोल्न मानेनन् । सह सचिव मुरारी बहादुर कार्कीले यो विषय उनको क्षेत्रसंग सम्बन्धित छैन भन्दै पन्छिए । मन्त्रालयका उपसचिव सुरेश आचार्यका अनुसार कुनै पनि देशको भूभागलाई अन्य देशमा देखाउन पाइन्न । एयर इण्डिया भारत सरकारको स्वामित्व भएको कम्पनी हो । यसकारण यो मुद्दालाई कुटनीतिक ढंगबाटै सम्बोधन गर्नु पर्ने उनको सुझाव छ । पर्यटन मन्त्रालयले यसमा पहल गर्नुपर्छ उनले भने । नेपालप्रति भारतको कुदृष्टि नौलो भने होइन । भारतबाट नेपालको सीमा मिचिएको भन्दै आवाज उठाउनेहरु इतिहाससंग जोडछन् यस्ता विषयलाई ।
राजनीतिकर्मी साध्यबहादुर भण्डारीका अनुसार ६ दिसम्बर १९५० का दिन भारतका नेता जवाहरलाल नेहरुले भारतको सीमाना उत्तरमा हिमालयसम्म रहेको बयान दिएका थिए । अखण्ड भारतको नक्सामा नेपाललाई भारत भित्र नै राखिएको भण्डारीको कथन छ । नेपालको सार्वभौमसत्तामाथि नै प्रश्न चिन्ह लगाउने यसता गतिबिधिप्रतिको सरकारी मौनतलाई के भन्ने त ? किन सरकारी निकायले यस्ता नक्सा वितरण बन्द गराउन सकेको छैन त ? भारतले नेपालको राष्ट्रियतामाथि जति प्रहार गरेपनि नेपालले औपचारिक रुपमा त्यसको जवाफ दिन सकेको छैन भण्डारी भन्छन् । त्रुटिपूर्ण नक्सामाथि काठमाडौं हात्तिसारस्थित एयर इण्डियाको कार्यालयले पनि कुनै प्रतिक्रिया दिन चाहेन । प्रबन्धक टी के साह बोल्न मानेनन् । नेपालको अस्तित्व धुमिल पार्ने यो नक्सा एउटा उदाहरण मात्र हो । सयम समयमा भारतीय पक्षबाट विश्व इतिहास र नेपालको अस्मितालाई गिज्याउने काम हुने गरेको छ । भारतीय सञ्चारमाध्यमाले त यसमा अहम् भूमिका नै खेल्ने गरेको छ । भारतीय टेलिभिजन इण्डिया न्युजबाट प्रसारण हुने ये मेरा इण्डिया कार्यक्रमको मोन्टाजमा देखाइने भारतको नक्सामै नेपाललाई राखिएको थियो । सन २००८ जुलाइमा नेपालको मिडियाले त्यसमाथि आपत्ति जनाउंदै समाचार प्रवाह गरेपछि त्यो हटाइयो । दिल्लीस्थित भारतीय राजदूतावासले त्यस्ता सामग्रीमाथि आपत्ति जनाएपछि भारतीय टेलिभिजनले त्यसलाई प्राविधिक गडबडी भन्दै क्षमायाचना गरेको थियो । सिन्धुपाल्चोकमा गत वर्ष भारतीय मूलका अमेरिकी नागरिक तथा लेखक फरिद जाकरियादले लेखेको ‘द पोस्ट अमेरिकन वल्र्ड’ नामक पुस्तक जलाइयो । पुस्तकमा भगवान बुद्ध भारतीय हुन् र बुद्धत्वको प्रादुर्भाव पनि भारतमा नै भएको भनी भ्रामक प्रचारबाजी गरिएको छ । त्यस्तै हिन्दी कथानक चलचित्र चाँदनी चोक टु चाइना नेपालका हलमा प्रदर्शनमा सरकारले रोक नै लगाउनु प¥यो । गौतम बुद्ध भारतमा जन्मेका थिए भन्ने व्यहोराको संवाद र दृश्य भएको कारण नेपालमा तनाव नै सृजना भयो सो फिल्मले । भारतीय शासकवर्गले नियोजित रुपमा नै नेपालको अस्तित्वलाई चुनौती दिदै यस्ता भ्रामक विषयवस्तु बाहिर ल्याउने गरेका छन् । नेपाल र नेपालीको स्वाभिमानमाथि नै आँच आउने यस्ता अनगिन्ती काम भएको छ । तर सरकार र राजनीतिक दल चुपचाप हेर्न बाहेक केही गर्न सकेका छैनन् ।
नेपालको अन्तरिम संविधान, २०६३ अनुसार नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, पूर्ण लोकतान्त्रिक राज्य हो । मूलतः सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्वतन्त्र मुलुक हो । यसको दक्षिण, पूर्व र पश्चिमको सीमा भारतसँग जोडिएको छ । कुनै देशको गुलामी नभोगेको नेपालको यही वास्तविकता हो । भारतसंग तीन दिशामा सीमा जोडिएको यो स्वतन्त्र राष्ट्र हो, कुनै भारतीय राज्य चाँहि होइन । तर भारतीयहरु भने यो सत्यलाई झुठो बनाउन लागि परेको देखिन्छ । उदाहरण थुप्रै छन् , ताजा उदाहरण हो तस्वीरमा देखिने एयर इण्डियाको टाइम टेबल अर्थात समय सारणी । यो नक्सामा नेपाल भनेको देश नै छैन । काठमाडौं भन्ने स्थान भारतीय सीमाभित्र छ ।
पटनाको छेउमा रहेको काठमाडौंलाई भारतीय राज्य जस्तै देखाइएको छ । भारतको ध्वजावाहक एयर इण्डियाको नक्सा हो यो । भारत सरकारको स्वामित्वमा रहेको एयरइण्डियाले यस टाइम टेबल मार्फत विश्वभर भारतको सीमाक्षेत्र कहां सम्म छ भनेर प्रचार गर्दैछ । कुनै स्वतन्त्र राष्ट्रको अस्तित्व नै नस्वीकार्ने भारतीय मनसाय व्यक्त भएको यो नक्सा २८ मार्च २०१० देखि नै संसारभरि छरिएको छ । एयर इण्डियाको विश्वका ३९ र भारतको १२ स्थानमा उडान सेवा रहेको छ । ती स्थानहरुमा मात्र नभइ विश्वभर एयर इण्डियाले प्रचारका लागि प्रयोग गर्ने टाइम टेबलमा यस्तो त्रुटिपूर्ण नक्सा राखिएको छ । प्रचारका लागि नेपालमा पनि यत्र तत्र छरिएको छ यो । विभिन्न ट्राभल टुर एजेन्सी, एयरलाइन्स मार्फत यो पुस्तिकाले भारतीय बदनियतको प्रचार गर्दैछ । नेपालकै भूमिमा नेपालको अस्मितालाई धमिल्याउने काम पनि जारी छ । एयर इण्डियाले यसरी नेपालको भूभागलाई भारतमा देखाएपनि सम्बन्धित निकायले मुख खोल्न चाहँदैन । एयर इण्डियाको नक्सामाथि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिक्रिया बुझ्न खोज्दा अधिकारीहरु बोल्न मानेनन् । सह सचिव मुरारी बहादुर कार्कीले यो विषय उनको क्षेत्रसंग सम्बन्धित छैन भन्दै पन्छिए । मन्त्रालयका उपसचिव सुरेश आचार्यका अनुसार कुनै पनि देशको भूभागलाई अन्य देशमा देखाउन पाइन्न । एयर इण्डिया भारत सरकारको स्वामित्व भएको कम्पनी हो । यसकारण यो मुद्दालाई कुटनीतिक ढंगबाटै सम्बोधन गर्नु पर्ने उनको सुझाव छ । पर्यटन मन्त्रालयले यसमा पहल गर्नुपर्छ उनले भने । नेपालप्रति भारतको कुदृष्टि नौलो भने होइन । भारतबाट नेपालको सीमा मिचिएको भन्दै आवाज उठाउनेहरु इतिहाससंग जोडछन् यस्ता विषयलाई ।

मिति ः २०६८ अषाढ ५ गते
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete