Wednesday, February 1, 2017
अजब–गजब छ बा ! सुदर्शन सिंह
विकास त मरिसक्यो, अब शान्ति नै बाँकी छ । खुरुक्क मेहिनत पसिनाले कमाएको धन निकाल, नत्र थाहा पाउनेछस् हाम्रो भित्री मन !
२०७३ माघ १६ गते आईतबार
३ करोडको योजनामा सांसदहरु बीच विवाद
![]() |
नेपाली कांग्रेसका सांसद मुक्ता यादव । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत संचालित कार्यक्रमको योजना छनौटका लागि धनुषाका सांसदहरु बीच विवाद देखिएको छ । निर्वाचन क्षेत्र नं. १ र ६ का सांसदहरु बीच योजना छनौटका लागि सहमति नभएपछि उक्त योजना बापत विनियोजित हुने बजेट समेत फ्रिज त हुने होइन भन्ने आशंका समेत उत्पन्न भएको छ । ७ क्षेत्रहरु मध्ये ५ वटा क्षेत्रहरुमा प्रत्यक्ष निर्वाचित सांसद तथा समानुपातिक सांसदहरु बीच सहमति साथ योजना छनौट भई उपभोक्ता समितिहरु गठन गरी योजना अनुसार विकास निर्माणका कार्यहरु अगाडी वढ्न थालेपनि क्षेत्र नं. १ र ६ मा विवाद झन् झन् वढ्दै गएको छ । क्षेत्र नं. १ मा २० वटा योजनाहरु, क्षेत्र नं. २ मा २१ वटा योजनाहरु, क्षेत्र नं. ३ मा ४ वटा योजनाहरु, क्षेत्र नं. ४ मा १४ वटा योजनाहरु, क्षेत्र नं. ५ मा २५ वटा योजनाहरु, क्षेत्र नं. ६ मा १५ वटा योजनाहरु र क्षेत्र नं. ७ मा २४ वटा योजनाहरु छनौट गरिएको छ । अधिकांश क्षेत्रहरुमा भावि चुनावलाई दृष्टिगत गर्दै सकभर आआफ्नो निर्वाचन क्षेत्रको प्रायःजसो गाउँहरुमा ससानो रकमको भएपनि योजना पार्ने प्रयास गरिएको छ । सबैभन्दा कम योजना नेपाली कांग्रेसका सांसद तथा गृहमन्त्री विमलेन्द्र निधिको क्षेत्रमा ४ वटा योजना मात्र पारिएको छ । कमै योजना राखेर ठोस काम तथा देखिने काम गर्ने नियतले राखिएको हो । १ करोड रुपैयाँको लागतमा बहेडाबेला गाविस अन्तरगतका सडकहरु पिसिसी, १ करोड रुपैयाँको लागतमा फुलगामा गाविस अन्तरगतका सडकहरु पिसिसी, धनौजी गाविसका बाँकी सडक स्तरोन्नती बापत ५० लाख र मुखियापट्टी मुसहरनिया गाविसका बाँकी सडक स्तरोन्नती बापत ५० लाख योजना गरी कुल ४ वटा योजनाहरु छनौट गरिएको हो ।
क्षेत्र नं. १ मा निर्वाचन क्षेत्र विकास पुर्वाधार विकास कार्यक्रम अन्तरगत योजना छनौट समितिका संयोजक दिनेश परसैला यादवले अर्को सांसद मुक्ता यादवको विना सहमतिमै ३ करोड रुपैयाँको योजना छनौट गरी जिविसमा पेश गरेका छन् । बहुमत सदस्यहरुको सहमतिमा योजना छनौट गरिएको परसैलाको भनाई छ । कुल २० वटा योजनाहरु छनौट गरिएको छ । त्यसको लागि टेबुल हेर्नुस ।
क्षेत्र नं. १ को विवाद अदालतमा
![]() |
नेपाली कांग्रेसका सांसद दिनेश परसैला । |
क्षेत्र नं. १ मा विवाद वढेपछि धनुषाको बालाबाखर गाविस वडा नं. ४ घर भई धनुषा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि समानुपातिक सांसद ३९ बर्षिय मुक्ता कुमारी यादवले धनुषाको गोठ कोयलपुर गाविस वडा नं. ४ बस्ने शिवलाल परसैलाको छोरा तथा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि निर्वाचित सांसद बर्ष ४० का दिनेश प्रसाद परसैला यादव, धनुषाको प्रखे महुवा गाविस वडा नं. १ बस्ने मोहन पासवानको श्रीमति तथा प्रतिनिधि सभामा समानुपातिक सांसद बर्ष ३६ कि लक्ष्मी थापा पासमान, जिल्ला विकास समितिको कार्यालय धनुषा, धनुषाको स्थानीय विकास अधिकारी र जिल्ला विकास समिति धनुषाका योजना अधिकृत तथा प्रशासकिय अधिकृत राम प्रसाद आचार्य विरुद्ध उच्च अदालत जनकपुरमा उत्प्रेषण लगायत प्रतिषेधको आदेशका साथै अन्तरिम आदेश जारी गरी पाऊ भन्दै २१ पुष २०७३ मा मुद्दा नै दर्ता गरेको थियो ।
निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम संचालन कार्यविधि नियमावली २०७१ बमोजिमको नियम ५ ले निर्धारण गरेको प्राथमिकता बमोजिम आयोजना छनौट गर्नुपर्ने, सो अनुसार आयोजना छनौट गर्न २२ मंसिर २०७३ मा यो आयोजना छनौटको बैठक दिनेश प्रसाद परसैलाको संयोजकत्वमा बस्यो । उक्त बैठकमा कुनै पनि निर्णय नभएपछि २५ गते पुनः वैठक बस्ने गरी स्थगित भयो । २५ मंसिरमा पुनः बैठक बस्दा समेत कुनै पनि निर्णय हुन नसकि २६ मंसिरमा पुनः बैठक बस्ने भनि बैठक स्थगित भएको थियो । फेरी २६ गते बसेको बैठकमा समेत योजना छनौटको कार्य हुन नसकि अर्को सूचना नहुनजेलसम्मको लागि बैठक स्थगित भएको थियो । सदस्य सचिवको सूचना बमोजिम ३० मंसिरमा निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमको योजना छनौटका लागि बसेको बैठकमा छलफल भएपनि आयोजना छनौट गर्न सबैले बेग्ला बेग्लै धार समातेकाले निर्णय हुन सकेन । उक्त बैठक निरन्तर राखि पुष १ गते देखि ६ गतेसम्म पनि जारी रह्यो । तर पनि निर्णय हुन सकेन । त्यसपछि ६ गतेको बैठक स्थगित भएको निर्णय पुस्तिकामा मैले सहि गरेको निर्णय पुस्तिकाको छाया प्रति यसै निवेदन साथ संलग्न गरेकी छु भन्दै सांसद मुक्ता यादवले निवेदन पत्रमा उल्लेख गरेकी छिन । नियमावलीको नियम ५ को २ बमोजिम योजना छनौट कार्तिक मसान्त सम्म गरिसक्नुपर्ने भन्ने कानुनी मनसाय रहेको छ । कथम कदाचित कार्तिक मसान्त भित्र हुन नसकेमा मन्त्रालयले १ महिना थप गर्ने व्यवस्था अनुसार मन्त्रालयबाट थप भएको १ महिनाको अन्तिम हप्ताबाट योजना छनौटका लागि बैठक राखेको भएपनि सबै पाल्ने कार्यकर्ता मिलिजुली बजेट सकाउने योजना मात्र अगाडी वढाइएकोमा योजना छनौट हुन नसकेको सांसद यादवले आरोप लगाएकी छिन ।
योजना छनौट गर्दा नियमावली २०७१ को नियम ५ को ८ नम्बर बमोजिमको प्राथमिकता क्रमबाट योजना छनौट गरौं जस्तै काजी पैनीको जिर्णोद्धारले १ नम्बर क्षेत्रका तल्लो देखि मध्य भागका झण्डै ५० हजार जनताको जिवनस्तर उकास्न उत्पादन वढ्नुका साथै जनसहभागिता हुने, त्यस्तै महिलाका लागि प्रजनन केन्द्र जनसहभागिताबाट नेपाल सरकारको निती बमोजिम गरौं, दलित जनजाती तर्फको योजना अगाडी सारौं भन्दा इन्कार गरी निर्वाचनको मुखमा कार्यकर्ता खुशी बनाउने कार्य नगरी यो योजना हुन सक्दैन भन्ने मानसिकता प्रष्ट देखिएको सांसद यादवले आरोप लगाएकी छिन ।
नियम कानुन साना, कमजोर, असहायका लागि मात्र हो । नियम अनुसार कार्तिक वा मार्ग मसान्त भित्र गर्नुपर्ने भएपनि हामी मार्ग मसान्त भित्रकै निर्णय बनाई बजेट निकासा गरी काम गर्छौं भनि विपक्षीहरु लागेको आरोप लगाइएको छ । कानुन अनुसार मंसिर ३० सम्म अनिवार्य रुपमा योजना छनौट हुनुपर्नेमा पुष ६ सम्म समेत हुन नसकेको निर्णय पुस्तिकाबाट प्रमाणित भईरहेको छ । कानुन छल्नका लागि निर्माण भएका हुँदैनन । कानुन पालन गर्नका लागि निर्माण भएका हुन्छन् । कानुनको शासन भन्नाले कानुन बमोजिमको निर्णयबाट शासित हुनुपर्ने हो । पुष ६ सम्म निर्णय हुन नसकेको, योजना छनौट हुन नसकेको, ३० मंसिरको उपस्थितिलाई नै आधार बनाई कुनै निर्णय गरी ती कार्य किर्तेबाट हुन गएको हुन्छ । त्यस्तो किर्ते निर्णय, क्षेत्राधिकार, कपट, अधिकारको दुरुपयोगबाट निर्देशित हुन्छ ।
निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमलाई नेपाल सरकारको ३ करोड रुपैयाँको बजेट विनियोजन भएको बाँडी खान होइन । पुर्वाधारका संरचना तथा जनताको जिवनस्तर उठाउने कार्यका लागि जनताको करको पैसा बजेटमा आएको हुन्छ । उक्त कार्य पारदर्शी तथा कानुन सम्मत ढंंगबाट कानुनको मनसाय परिपुर्ती गर्ने किसिमले योजना छनौट गर्नुपर्ने मात्र होइन । विधिको कार्य विधि मार्ग मसान्त भित्र योजना छनौट गर्नुपर्नेमा सो नभई पछि कुनै कपटबाट वा बदनियतबाट मार्ग ३०को मिति राखि गरिएको निर्णय वा त्यस्तो निर्णयबाट भएको पत्राचार बजेट बाँडफाँड तथा कार्यहरु उत्प्रेषणको रिटबाट बदर गरी पाऊ भनि यो रिट लिई आएको सांसद यादवले रिट पत्रमा लेखेकी छिन । कुनै पनि निर्माण कार्य नियम बमोजिम हुनुपर्दछ । त्यसैले नियमावली २०७१ को निर्माण भएको हो । सांसद वा कर्मचारी कानुन भन्दा बाहिर जान मिल्दैन । विपक्षीहरुले किर्ते गरी निर्णय लेखि प्रमाणित समेत गरेकाले सदस्य सचिव समेतका व्यक्तिहरु कर्मचारी भएकाले निजहरुलाई गैरकानुनी निर्णयको आधारमा बजेट खर्च नगर्नु भनि प्रतिषेध समेत जारी गरी पाउ भनिएको छ । यो कार्य अबिलम्ब रोकिएन भने विधिको शासनको उपहास हुन जान्छ । जनताको करबाट उठेको पैसाको दुरुपयोग हुन जान्छ तथा ठुलाले जे गरेपनि जंगली राज्यको प्रोत्साहन हुने हुँदा निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमका लागि नीति पुर्वक विकास बजेट खर्च गर्नुपर्ने रकम ३ करोड निवेदनको अन्तिम किनारा नलागेसम्म निकासा वा खर्च नगर्न भनि अन्तरिम आदेशद्वारा रोकि पाऊ भनि सांसद मुक्ता यादवले उच्च अदालतमा निवेदन दर्ता गरेकी थिईन ।
उच्च अदालतको अन्तरिम आदेश
१२ माघ २०७३ मा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्र बीर सिंह बस्न्यात र न्यायाधीश मोहम्मद साविर हुसैनको संयूक्त इजलासबाट निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमको लागि विनियोजन गरेको रु. ३ करोडको रकम सुविधा र संतुलन समेतको आधारमा कुनै विनियोजन नगरी यथास्थितिमा राख्न भनि निवेदकको माग बमोजिमा विपक्षीहरुको नाउँमा यो अन्तरिम आदेश जारी गरिदिएको छ भनि अन्तरिम आदेश जारी गरिएको हो । बाधा अडकाउ समेतको व्यवस्थालाई दृष्टि राख्दा तत्कालको अवस्थामा विवादमा देखिएको योजना छनौटको लागि प्रयोग नभएपनि त्यसको उपयोग हुनसक्ने कुरा बाधा अडकाउ फुकाउको अवस्थामा कार्यान्वयन हुने नै हँुँदा अहिलेलाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरिएको हो ।
क्षेत्र नम्बर ६ मा पनि विवाद
धनुषाको निर्वाचन क्षेत्र नम्बर ६ का लागि निर्वाचित सांसद प्रेमकिशोर प्रसाद साहको संयोजकत्वमा बहुमत सदस्यको सहमति भएको भन्दै ३ करोडको योजना पेश गरेपछि माओवादी केन्द्रका तर्फबाट समानुपातिक सांसद रामसिंह यादवले आपत्ती जनाएका छन् । जिल्ला विकास समिति धनुषाले आफ्नो वेवसाईटमा योजना छनौट सन्दर्भमा गणेशमान चारनाथ नगरपालिका वडा नं. १० मा सामुहिक सहिद स्मृति भवनका लागि १० लाख, गणेशमान चारनाथ नगरपालिका वडा नं. १० मा सहिद श्रीप्रसाद यादव जी को नाममा धर्मशाला निर्माण बापत १५ लाख, गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ मा टोल चितहा अधुरो सामुदायिक भवन निर्माणका लागि १० लाख, गणेशमान चारनाथ नगरपालिकामा कविर कुट्टी निर्माणका लागि २० लाख, सबैला नगरपालिका ५ मा रहेको बजार व्यवस्थापनका लागि ५० लाख, सबैला नगरपालिका ५ मा अधुरो रामजानकी मन्दिर निर्माणका लागि १० लाख, सबैला ६ मा मदर्सा निर्माणका लागि १० लाख, सबैला ७ मखनाहामा बलराम सिंह कार्कीको घर देखि धनुषाधाम जाने सडक सम्म सडक मर्मतका लागि २० लाख, धनुषाधाम नगरपालिकाको सोनापुर देखि बरकुर्वा सम्म सडक ग्राभल तथा कलभर्ट निर्माणका लागि २० लाख, धनुषाधाम नगरपालिका सरसा टोल देखि जानकी निवाससम्म सडक निर्माणका लागि २० लाख, धनुषाधाम नगरपालिकामा ठाकुर प्रसाद ढुङ्गानाको प्रतिक्षालय निर्माणका लागि १० लाख, रघुनाथपुर गाविसको टोल प्रसाहीमा पुल निर्माणका लागि रु. ४० लाख, बरकुर्वा देखि जरहिया प्रसाहीसम्म सडक निर्माणका लागि ४० लाख, कजरा रमौल गाविस टोल इनर्वा ९ मा सामुहिक दलान निर्माणका लागि १० लाख र झटियाही देखि पर्साहीसम्म सडक ग्राभलका लागि रु. १५ लाख गरी कुल १५ वटा योजनाका लागि रु. ३ करोड बजेट विनियोजन गरिएको उल्लेख छ । उक्त योजनामा नेपाली कांग्रेसको सांसद प्रेमकिशोर प्रसाद साहको हस्ताक्षर रहेपनि माओवादी केन्द्रको अर्को सांसद रामसिंह यादवको हस्ताक्षर छैन ।
३० मंसिर २०७३ का दिन योजना छनौटका लागि प्रेमकिशोर साहको संयोजकत्वमा सांसद रामसिंह यादव, इन्जिनियर फेकन राउत गडेरी, गणेशमान चारनाथ नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादव, सबैला नगरपालिकाका कार्यकारी अधिकृत चन्देश्वर शर्मा र धनुषाधाम नगरपालिकाका कार्यकारी अधिकृत रामहरि पाण्डे तथा योजना एवम प्रशासकिय अधिकृत तथा सदस्य सचिव रामप्रसाद आचार्य, आमन्त्रित सदस्य प्रमोद कुमार घिमिरे, विजय कुमार यादव लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।
योजना प्रति असंतुष्टि जनाउँदै आएका सांसद रामसिंह यादवले कडा विरोध गरेका छन् । आफुलाई नसोधि, आफुसँग सहमति नै नगरी एकलौटी ढंगले नेपाली कांग्रेसका सांसद प्रेमकिशोर साहले योजना छनौट गरेको भन्दै जिल्ला विकास समितिमा गएर विरोध जनाएका थिए । उनका अनुसार नियमावलीमा प्रष्ट रुपमा के व्यवस्था गरिएको छ भने उक्त निर्वाचन क्षेत्रमा रहने सांसदहरुको सहमतिमा मात्र योजना पेश गर्ने हो । तर, त्यसो नगरिएकाले उक्त योजना लागु हुन नदिने रामसिंह यादवले चेतावनी दिए ।
यता नेपाली कांग्रेसका सांसद प्रेमकिशोर साहका अनुसार नियमावलीमा संयोजकको अध्यक्षतामा बहुमत सदस्यको सहमतिमा योजना छनौट भएकाले रामसिंह यादवले गरेको विरोधको कुनै तुक नरहेको बताएका छन् । यसरी विवाद वढेपछि स्थानीय विकास अधिकारी सन्त बहादुर सोनारले सहमति कायम गर्नका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई कहाँ बैठक समेत बसेका थिए । तर पनि सहमति हुन सकेको छैन । प्रजिअ चापागाईले ९० लाख रुपैयाँको योजना प्रेमकिशोर साहले, ७५ लाखको योजना रामसिंह यादवले र बाँकी रहेको रकमको योजना ३ वटै नगरपालिकाका कार्यकारी अधिकृतले सर्वदलिय बैठक गरी निर्णय गरेर ल्याउन भनेर गरिएको प्रस्तावलाई समेत नेपाली कांग्रेसका सांसद प्रेमकिशोर साहले अस्वीकार गरेका छन् ।
क्षेत्र नम्बर १ र क्षेत्र नं. ६ को योजना छनौटका क्रममा उत्पन्न भएको विवाद साम्य हुन सकिरहेको छैन । बरु जिल्ला विकास समितिमा पटक पटक सांसदहरु बीच तनाव र झड्पको स्थिति उत्पन्न हुने गरेको र थप सुरक्षाकर्मीहरु मगाई विना निष्कर्ष बैठक सकिने गरेको छ ।
के छ कार्य निर्देशिकामा ?
निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम संचालन कार्यविधि निर्देशिका अनुसार संचालन हुने आयोजनाको छनौट, कार्यान्वयन र व्यवस्थापनको कार्यलाई निर्देशित गर्न प्रत्येक निर्वाचन क्षेत्रमा १ निर्वाचन क्षेत्र विशेष कार्यक्रम निर्देशन तथा व्यवस्थापन समिति नामको एउटा समिति रहने छ । सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचिन व्यवस्थापिका संसदका सदस्यको संयोजकत्वमा गठित हुने उक्त समितिमा व्यवस्थापिका संसदका समानुपातिक वा मनोनित सांसदहरु, सम्बन्धित स्थानिय विकास अधिकारी, सम्बन्धित नगरपालिकाको कार्यकारी अधिकृत लगायत विभिन्न कर्मचारीहरु सदस्य रहने बताइएको छ । समितिको बैठक आवश्यकता अनुसार अन्य सम्बन्धित पदाधिकारीहरुलाई संयोजकको निर्देशन बमोजिम सदस्य सचिवले आमन्त्रण गर्न सक्नेछ ।
गत आर्थिक बर्षको समिक्षा, चालु आर्थिक बर्षको कार्य योजना सम्बन्धि छलफल र आगामी आर्थिक बर्षको लागि योजना तर्जुमा गर्न पहिलो चौमासिक भित्र, समिक्षा तथा पुर्व योजना तर्जुमा र स्रोत अनुमान सम्बन्धि विषयमा मार्गदर्शन गर्न, स्थानीय निकायहरुको एकिकृत योजना तर्जुमा समिति तथा सम्बन्धित स्थानीय निकायको परिषद सम्पन्न गर्न दोस्रो चौमासिक भित्र बैठक बस्ने व्यवस्था छ । निर्वाचन क्षेत्र विशेष पुर्वाधार कार्यक्रम अन्तरगत कुनै जरुरी विषयमा तत्काल निर्णय गर्नुपर्ने भएमा कारण र औचित्य खोली छलफलको विषय सूचि सहित संयोजकको निर्देशनमा छोटो समयको सूचना दिई सदस्य सचिवले बैठक बोलाउन सक्ने छ । समितिको बैठकमा कुनै सदस्यको अनुपस्थितिका कारणले मात्र समितिको काम कारवाहीमा बाधा पुग्ने छैन । तर योजना छनौट सम्बन्धि निर्णय गर्दा बैठकमा संयोजक सहित बहुमत सदस्य उपस्थित भएको हुनुपर्ने छ । समितिको निर्णय सर्वसम्मतिबाट हुनेछ र सर्वसम्मत हुन नसकेमा बहुमतको राय मान्य हुनेछ ।
योजना छनौट गर्दा सम्भव भएसम्म १ बर्ष भित्र कार्यान्वयन गर्न सक्ने आयोजना छनौट गरी तालिका समेत बनाई जिम्मेवारी तोकी समितिले सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा चालु आर्थिक बर्षको कार्तिक मसान्त सम्ममा पेश गरिसक्नुपर्ने छ । सो अवधि भित्र कुनै कारणवस योजना छनौट गरी पेश गर्न नसकेको अवस्थामा यस बर्षको लागि मन्त्रालयले मंसिर मसान्तसम्मको म्याद निर्धारण गरेको थियो ।
कस्तो योजनाहरु छनौट गर्नुपर्छ ?
सम्बन्धित स्थानीय निकायको परिषदबाट स्वीकृत भई बजेट अभावका कारण कार्यान्वयन हुन नसकेका आयोजनाहरु सम्बन्धित निकायको परिषदबाट स्वीकृत भई बजेट विनियोजन भएता पनि पर्याप्त नभएको कारण बजेट थप गर्नुपर्ने आयोजना, प्रकोप वा विपदबाट क्षति भएका वा जोखिममा परेका तर सो को पुनः निर्माण, नियन्त्रण र रोकथामका निम्ति बजेट व्यवस्था नभएका तथा बजेट व्यवस्था भएपनि पर्याप्त नभएका आयोजना, सम्बन्धित स्थानीय निकायको परिषदबाट स्वीकृत भई बजेट विनियोजनको लागि केन्द्रमा माग गरेको तर केन्द्रबाट समावेश हुन नसकेका, विषयगत कार्यालयहरुद्वारा संचालित अधुरा योजनाहरुमा लगानी गर्न सकिनेछ । आयोजना छनौट गर्दा भौतिक पुर्वाधार विकास सम्बन्धि नदि, गल्छी तथा पहिरो नियन्त्रण एवम सिंचाई सम्बन्धि आयोजना, सडक निर्माण तथा स्तरोन्नती (सडक,पुल, झोलुङ्गेपुल, कलभर्ट, ढल, काठेपुल निर्माण) सम्बन्धि आयोजना, खानेपानी तथा सरसफाई, फोहर मैला व्यवस्थापन तथा ल्याण्डफिल साइट निर्माण आयोजना, सार्वजनिक जग्गा संरक्षण, ऐतिहासिक, सांस्कृतिक, साहित्य, कला, एवम पुरातात्विक र पर्यटकिय स्थलको संरक्षण, जिर्णोद्धार तथा निर्माण आयोजना, वातावरण संरक्षण, जैविक विविधता तथा वन संरक्षण, हरियाली क्षेत्र र पार्क निर्माण सम्बन्धि आयोजना, नविकरणिय उर्जा, लघु जलविद्युत तथा विद्युतिकरण सम्बन्धि आयोजना, स्वास्थ्य चौकी, प्रसुति भवन, सामुदायिक भवन, वृद्धाआश्रम, अनाथालय, पुनःस्थापना केन्द्र निर्माण सम्बन्धि आयोजना, कृषि उपज संकलन केन्द्र निर्माण तथा हाट बजार व्यवस्थापन सम्बन्धि आयोजना, सामुदायिक विद्यालयको भौतिक पुर्वाधार विकास सम्बन्धि आयोजनाहरु छनौट गर्नुपर्दछ । आयोजना छनौट गर्दा र बजेट विनियोजन गर्दा सोही आर्थिक बर्षमा सम्पन्न हुने गरी आयोजना कार्यान्वयनको निम्ति बजेट विनियोजन गर्नुपर्ने, कार्यक्रम छनौट गर्दा एक आर्थिक बर्षमा बढीमा २५ वटा कार्यक्रम छनौट गर्न सकिने छ । आयोजना छनौट गर्दा रु. १० लाख भन्दा कम लागत भएका आयोजना छनौट गर्न सकिने छैन । आयोजनाका लागि कुल विनियोजित बजेट मध्येबाट पुर्वाधार तर्फ कम्तिमा रु. ४० लाखको कम्तिमा एउटा आयोजना छनौट गरी कार्यान्वयन गर्नुपर्ने छ । आयोजना छनौट गर्दा गैरसरकारी संस्था तथा राजनीतिक दल वा तिनका भगिनी संगठनसँग सम्बन्धित पुर्वाधार आयोजना छनौट गर्न सकिने छैन ।
२०७३ माघ १६ गते आईतबार
ओझेलमा दुर्गानन्द झा स्मृति अस्पताल
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सहिद दुर्गानन्द झाको जन्म स्थल जटहीमा सहिद दुर्गानन्द झा स्मृति अस्पताल बनाउने नेपाल सरकारले घोषणा गरेपनि हालसम्म अस्पताल बन्न सकेको छैन । २०६६ साल चैत्र १३ गते नगराईन गाविसका गाविस सचिव जयनारायण ठाकुरको अध्यक्षतामा बसेको सर्वपक्षिय र सर्वदलिय बैठकबाट जटहीमा दुर्गानन्द झा स्मृति अस्पताल स्थापना गर्ने निर्णय गरिएको थियो । प्रसुति सेवा सहितको १० शैयाको दुर्गानन्द झा स्मृति अस्पताल स्थापना गर्नका लागि जग्गा दाता कृष्णकान्त पाठकले ११ कठ्ठा जग्गा प्रदान गर्ने निर्णय समेत भएको थियो । त्यसपछि नेपाल सरकारको स्वास्थ्य तथा मन्त्रालयका नीति योजना तथा अन्तर्राष्टिूय सहयोग महाशाखाले १३ फागुन २०६७ मा उक्त अस्पताल निर्माण गर्ने कार्यका लागि बार्षिक कार्यक्रममा समेत सहभागी गराईएको थियो । नेपाल सरकारको सचिव स्तरबाट १ फागुन २०६७ मा कार्यक्रम स्वीकृत गरी २०६८ मसान्त भित्र कार्यक्रम संचालन गरी त्यसको प्रगति विवरण मन्त्रालयमा पेश गर्न भनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शाखा अधिकृत राजेन्द्र ढुङ्गानाले परिपत्र पनि गरेको पाइन्छ ।
त्यसपछि ११ जेष्ठ २०६७ मा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले सहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरलाई लोकतान्त्रिक आन्दोलनका यौद्धा दुर्गानन्द झाको स्मरणमा उहाँको जन्म स्थल जटही धनुषामा प्रसुति सेवा सहितको १० शैयाको दुर्गानन्द झा स्मृति अस्पताल स्थापना गर्नुपर्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लेखि पठाएकोले उक्त अस्पताल निर्माणका लागि नगराईन गाविसको वडा नं. ८ क, कित्ता नम्बर १६८ को २ विघा १६ कठ्ठा जग्गा मध्ये ११ कठ्ठा जग्गा दुर्गानन्द झा स्मृति अस्पतालको लागि उपलब्ध गराएको हुँदा सो को लागि नक्सा तथा लागन अनुमान तयार गरी उपलब्ध गराई पठाउन पत्राचार गरेको थियो । अनि २३ चैत्र २०६७ मा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले सहिद दुर्गानन्द झा स्मृति प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाण्डौलाई दुर्गानन्द झा स्मृति अस्पतालको लागत अनुमान तयार गरी प्राप्त नक्साको प्लिन्थ एरियाको आधारमा बजेट लागत अनुमान समेत पठाएको थियो । तत्कालिन डिभिजन प्रमुख चक्रबर्ती कण्ठले १० करोड ५४ लाख ५६ हजार ८ सय रुपैयाँ अस्पताल निर्माणमा लागत लाग्ने अनुमान सहितको रकम र नक्सा पठाएका थिए । ग्राउण्ड फ्लोर र फस्ट फ्लोर गरी नक्सा डिजाईन गरिएको थियो ।
प्राविधिक लागत अनुमान देखि नक्सा तयार गर्ने कार्य, जग्गा उपलब्ध गराईने कार्य समेत भईसक्दा पनि उनको नाउँमा अस्पताल बन्न सकिरहेको छैन ।
स्वास्थ्य मन्त्री थापाको प्रतिबद्धता
स्वास्थ्य मन्त्री गगन थापाले धनुषाको जटहीमा सहिद दुर्गानन्द झा प्रसुति निर्माण गृह आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता गरेका छन् । ६ पुष २०७३ मा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण स्थल निरीक्षण गर्ने क्रममा मन्त्री थापाले प्रतिवद्धता जनाएका छन् । प्रसुति गृह निर्माणका लागि जग्गा समेत छुट्याईसकेको भएपनि हालसम्म अस्पताल निर्माणका लागि कुनै पनि काम अगाडी नवढेको बेला स्वास्थ्य मन्त्री थापाले १५ दिन भित्रमा प्रक्रियागत औपचारिकता पुरा गरी आफ्नै मन्त्रीको कार्यकालमा उक्त अस्पताल निर्माण गर्ने पटक पटक प्रतिबद्धता दोहोरयाएका थिए । त्यतिबेला जटही पुगेका स्वास्थ्य मन्त्री गगन थापाले भनेका थिए,“ यो ठाउँ मैले हेरे । जनस्वास्थ्य कार्यालयको प्रमुखलाई लिएर आएको छु । मैले उहाँलाई तपाईहरुका बीच राखेर भन्दै छु कि १५ दिन भित्रमा यहाँ जति पनि कागजातहरु छन्, जति पनि विवरणहरु छन्, त्यो सबै विवरणहरु उहाँले मलाई स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउनु हुन्छ । त्यो विवरण मैले प्राप्त गर्ना साथै रातो कितावमा परेपनि नपरेपनि त्यो कुरा छोडदिनुस् । रातो कितावमा नछुटिएको भए त्यो छुट्याउने जिम्मा मेरो हो । तर उहाँले तत्काल मलाई कागजात उपलब्ध गराउन साथै तत्काल मैले त्यसलाई निर्माणको काममा लग्नका लागि मैले औपचारिकता पुरा गर्नुपर्ने छ । त्यसपछि सहिद दुर्गानन्द झाको नाउँमा यहाँ प्रसुति गृहको अस्पताल बनाउने जुन घोषणा गरिएको छ त्यो घोषणा मेरै पालामा अगाडी वढ्ने छ । त्यो हाम्रो जिम्मेवारी हो । यति पनि कर्तव्य पुरा गर्न सकिएन भने हामीले आफ्नो थुप्रै संस्थापक नेताहरु प्रतिको आदरभाव जनाउँदै गर्दा खेरी दुर्गानन्द झाको आफ्नै गाउँ ठाउँमा एउटा अस्पताल बनाउने जिम्मेवारी पनि यति बोलेर पुरा गर्न सकेनौं भने हाम्रो आफ्नै निम्ति पनि ठुलो लज्जा बोधको विषय हो । मेरो जिम्मेवारी मैले पुरा गर्छु । यो अस्पताल जसरी पनि बनाउनै पर्छ । र, यो मेरो आफ्नै कार्यकालमा बनाउछु ।” स्वास्थ्य मन्त्री गगन थापाले व्यक्त गरेको प्रतिबद्धताको दुई महिना वितिसक्दा पनि प्रक्रियाहरु अगाडी वढ्न सकेको छैन ।
आफु मन्त्री रहेको कार्यकालमै अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्री गगन थापाले ६ पुष २०७३ मा घोषणा गरेका थिए ।
२०७३ माघ १६ गते आईतबार
जनकपुरधाम............
सहिद दुर्गानन्द झाको जन्म स्थल जटहीमा सहिद दुर्गानन्द झा स्मृति अस्पताल बनाउने नेपाल सरकारले घोषणा गरेपनि हालसम्म अस्पताल बन्न सकेको छैन । २०६६ साल चैत्र १३ गते नगराईन गाविसका गाविस सचिव जयनारायण ठाकुरको अध्यक्षतामा बसेको सर्वपक्षिय र सर्वदलिय बैठकबाट जटहीमा दुर्गानन्द झा स्मृति अस्पताल स्थापना गर्ने निर्णय गरिएको थियो । प्रसुति सेवा सहितको १० शैयाको दुर्गानन्द झा स्मृति अस्पताल स्थापना गर्नका लागि जग्गा दाता कृष्णकान्त पाठकले ११ कठ्ठा जग्गा प्रदान गर्ने निर्णय समेत भएको थियो । त्यसपछि नेपाल सरकारको स्वास्थ्य तथा मन्त्रालयका नीति योजना तथा अन्तर्राष्टिूय सहयोग महाशाखाले १३ फागुन २०६७ मा उक्त अस्पताल निर्माण गर्ने कार्यका लागि बार्षिक कार्यक्रममा समेत सहभागी गराईएको थियो । नेपाल सरकारको सचिव स्तरबाट १ फागुन २०६७ मा कार्यक्रम स्वीकृत गरी २०६८ मसान्त भित्र कार्यक्रम संचालन गरी त्यसको प्रगति विवरण मन्त्रालयमा पेश गर्न भनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शाखा अधिकृत राजेन्द्र ढुङ्गानाले परिपत्र पनि गरेको पाइन्छ ।
त्यसपछि ११ जेष्ठ २०६७ मा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले सहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरलाई लोकतान्त्रिक आन्दोलनका यौद्धा दुर्गानन्द झाको स्मरणमा उहाँको जन्म स्थल जटही धनुषामा प्रसुति सेवा सहितको १० शैयाको दुर्गानन्द झा स्मृति अस्पताल स्थापना गर्नुपर्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लेखि पठाएकोले उक्त अस्पताल निर्माणका लागि नगराईन गाविसको वडा नं. ८ क, कित्ता नम्बर १६८ को २ विघा १६ कठ्ठा जग्गा मध्ये ११ कठ्ठा जग्गा दुर्गानन्द झा स्मृति अस्पतालको लागि उपलब्ध गराएको हुँदा सो को लागि नक्सा तथा लागन अनुमान तयार गरी उपलब्ध गराई पठाउन पत्राचार गरेको थियो । अनि २३ चैत्र २०६७ मा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले सहिद दुर्गानन्द झा स्मृति प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाण्डौलाई दुर्गानन्द झा स्मृति अस्पतालको लागत अनुमान तयार गरी प्राप्त नक्साको प्लिन्थ एरियाको आधारमा बजेट लागत अनुमान समेत पठाएको थियो । तत्कालिन डिभिजन प्रमुख चक्रबर्ती कण्ठले १० करोड ५४ लाख ५६ हजार ८ सय रुपैयाँ अस्पताल निर्माणमा लागत लाग्ने अनुमान सहितको रकम र नक्सा पठाएका थिए । ग्राउण्ड फ्लोर र फस्ट फ्लोर गरी नक्सा डिजाईन गरिएको थियो ।
प्राविधिक लागत अनुमान देखि नक्सा तयार गर्ने कार्य, जग्गा उपलब्ध गराईने कार्य समेत भईसक्दा पनि उनको नाउँमा अस्पताल बन्न सकिरहेको छैन ।
स्वास्थ्य मन्त्री थापाको प्रतिबद्धता
स्वास्थ्य मन्त्री गगन थापाले धनुषाको जटहीमा सहिद दुर्गानन्द झा प्रसुति निर्माण गृह आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता गरेका छन् । ६ पुष २०७३ मा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण स्थल निरीक्षण गर्ने क्रममा मन्त्री थापाले प्रतिवद्धता जनाएका छन् । प्रसुति गृह निर्माणका लागि जग्गा समेत छुट्याईसकेको भएपनि हालसम्म अस्पताल निर्माणका लागि कुनै पनि काम अगाडी नवढेको बेला स्वास्थ्य मन्त्री थापाले १५ दिन भित्रमा प्रक्रियागत औपचारिकता पुरा गरी आफ्नै मन्त्रीको कार्यकालमा उक्त अस्पताल निर्माण गर्ने पटक पटक प्रतिबद्धता दोहोरयाएका थिए । त्यतिबेला जटही पुगेका स्वास्थ्य मन्त्री गगन थापाले भनेका थिए,“ यो ठाउँ मैले हेरे । जनस्वास्थ्य कार्यालयको प्रमुखलाई लिएर आएको छु । मैले उहाँलाई तपाईहरुका बीच राखेर भन्दै छु कि १५ दिन भित्रमा यहाँ जति पनि कागजातहरु छन्, जति पनि विवरणहरु छन्, त्यो सबै विवरणहरु उहाँले मलाई स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउनु हुन्छ । त्यो विवरण मैले प्राप्त गर्ना साथै रातो कितावमा परेपनि नपरेपनि त्यो कुरा छोडदिनुस् । रातो कितावमा नछुटिएको भए त्यो छुट्याउने जिम्मा मेरो हो । तर उहाँले तत्काल मलाई कागजात उपलब्ध गराउन साथै तत्काल मैले त्यसलाई निर्माणको काममा लग्नका लागि मैले औपचारिकता पुरा गर्नुपर्ने छ । त्यसपछि सहिद दुर्गानन्द झाको नाउँमा यहाँ प्रसुति गृहको अस्पताल बनाउने जुन घोषणा गरिएको छ त्यो घोषणा मेरै पालामा अगाडी वढ्ने छ । त्यो हाम्रो जिम्मेवारी हो । यति पनि कर्तव्य पुरा गर्न सकिएन भने हामीले आफ्नो थुप्रै संस्थापक नेताहरु प्रतिको आदरभाव जनाउँदै गर्दा खेरी दुर्गानन्द झाको आफ्नै गाउँ ठाउँमा एउटा अस्पताल बनाउने जिम्मेवारी पनि यति बोलेर पुरा गर्न सकेनौं भने हाम्रो आफ्नै निम्ति पनि ठुलो लज्जा बोधको विषय हो । मेरो जिम्मेवारी मैले पुरा गर्छु । यो अस्पताल जसरी पनि बनाउनै पर्छ । र, यो मेरो आफ्नै कार्यकालमा बनाउछु ।” स्वास्थ्य मन्त्री गगन थापाले व्यक्त गरेको प्रतिबद्धताको दुई महिना वितिसक्दा पनि प्रक्रियाहरु अगाडी वढ्न सकेको छैन ।
आफु मन्त्री रहेको कार्यकालमै अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्री गगन थापाले ६ पुष २०७३ मा घोषणा गरेका थिए ।
२०७३ माघ १६ गते आईतबार
गणतन्त्रका लागि सहिद दुर्गानन्द झाको योगदान
![]() |
२०१८ साल माघ ९ गते स्वर्गीय राजा महेन्द्र जनकपुर सवारी हुँदा सहीद दुर्गानन्द झाले बम प्रहार गरेको महेन्द्र चढेको ल्याण्ड रोभर जिप अहिले पनि काठमाण्डौको संग्रहालयमा सुरक्षित राखिएको छ । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
१५ माघको दिनलाई सहिद दुर्गानन्द झाको बलिदानी दिवसको रुपमा मनाउने गरिन्छ । राजतन्त्र अन्तय गर्नका लागि उनको बलिदानीलाई स्मरण गर्दै १५ माघ २०७३ का दिन सहिद दुर्गानन्द झाको जन्मस्थल जटहीमा पुगेर नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । जटही मै नेपाली कांग्रेसका पुर्व सांसद स्मृतिनारायण चौधरीद्वारा बनाइएको स्मारकमा पुगेर कांग्रेस धनुषाका सभापति रामसरोज यादव, पुर्व सांसद स्मृतिनारायण चौधरी, नेताहरु पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपाली कांग्रेसको शासन सत्ता रहुनजेल उनलाई कांग्रेसले राष्टिूय सहिद घोषणा भने गराउन भने सकेन । तर, पछिल्लो सरकार अर्थात केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई भने सहिद घोषणा गरेपछि दुर्गानन्द झा अब राष्टूको सहिद सूचिमा समावेश गरिएको छ । मुख्य कुरा के हो भने नेपाली कांग्रेसकै झण्डा बोकेर राजतन्त्रका विरुद्ध होमिएका दुर्गानन्द झाको श्रद्धाञ्जली अर्पण भने नेपाली कांग्रेसले आधिकारिक रुपमा किनपनि गरेको छ भने धनुषामा अब केही दिनमै वा केही महिनामै जिल्ला कार्य समितिको लागि अधिवेशन हुने भएको छ । त्यसकारण कांग्रेसका नेताहरुलाई अहिले आएर दुर्गानन्द झाको सम्झना भएको छ । त्यसैगरी जनकपुर बौद्धिक समाजका अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा जनकपुरमा पनि सहिद दुर्गानन्द झाको बलिदानी दिवस मनाईएको छ ।
को हुन दुर्गानन्द झा ?
![]() |
सहिद दुर्गानन्द झा । |
१९९९ साल वैशाख १४ (बैशाख शुक्ल एकादशी तिथि) मा अमर शहीद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तानको रुपमा भएको थियो । पं. भोलानाथ झाका तीन भाई छोराहरुमध्ये एक मात्र उत्तराधिकारी दुर्गानन्द झाको बाल्यकालमै पिताजीको मृत्यु भएको थियो । आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँव स्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो । घरको एक्लो सन्तान भएकाले मेटिूकमा पढ्दापढदै २०१७ साल विवाह पञ्चमीको दिन काशीदेवी झा सित उहाँको विवाह भएको थियो । जनकपुर अञ्चलको जटही ग्राम निवासी दुर्गानन्दको विवाह सत्र वर्षको उमेरमा कुम्हरौराकी चौध वर्षीया काशीदेवीसित भएको थियो । एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको संघर्षमा लाग्नुभएकोले घरमा एक्लै श्रीमती र बुद्धा आमा हुँदा आवश्यक हेरचाह नभएर बच्चा मृत जन्मेको थियो । शहीद दुर्गानन्दको परिवारमा २०६० साल भाद्रमा बृद्धा आमाको निधनपछि अब एक्लै उनकी अर्धाङ्गनी काशीदेवी झा मात्र बाँचेकी छिन् ।
‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ जेलजीवन यात्राका क्रममा फाँसीको फन्दामा चढ्नुअघि शहीद दुर्गानन्द झाले आफ्नी प्रिय पत्नी काशीदेवीको यादमा यही हिन्दी गीत गाएर विरह र वियोगको भाव प्रकट गर्ने गर्थे । जटहीभन्दा करिब ३ किमि टाढा रहेको भारतको उभगाँव हाइस्कूलमा म्याटिूकमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रबासमा बसेर र राजनीतिमा वित्ने हुनाले काशीदेवीसित उनको भेट महिनामा एकाधचोटिभन्दा बढी हुन सकेन् । दाम्पत्य जीवन सुरु भएको दस महिना नबित्दै दुर्गानन्दसित काशीलाई सधैंका निम्ति टाढिनुप¥यो । पचास वर्षअघिको हाम्रो समाजमा बाल अवस्था देखि नै विधवा र सन्तानहीन भएर बाँच्नुको पीडा कतिको विडम्बनापूर्ण हुन सक्छ, यसको तीतो अनुभव काशीदेवी जस्ता त्यागी नारीले गरेको हुनुपर्छ । दुर्गानन्दसित अन्तिम पटक भेट्न केन्द्रीय कारागार काठमाडौं बोलाइएकी काशीदेवीलाई निरंकुश पञ्चायत शासकले दुर्गानन्दलाई फाँसीको सजाय दिन्छन् र यहीं उनीसितको अन्तिम भेट हो भन्ने कुराको जानकारी समेत थिएन् ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा नेपाली कांग्रेसले मुलुकभर क्रान्ति थालेको थियो । भारतीय स्वतन्त्रता संग्रामका वीर सेनानी भतगसिंह र चन्द्रशेखर आजादको जीवनी पढिसकेकाले दुर्गानन्द प्रजातन्त्रको हत्यारालाई नछाड्ने मनःस्थितीमा पुगे । मानिसले संकल्प गरिसकेपछि जे पनि गर्न सक्छ । आफ्ना आमाबाबुका एक मात्र सन्तान र नवविवाहित युवक भएर पनि दुर्गानन्द आफ्नो लक्ष्यमा अडिग थिए । उभगाँवमा पढिरहेकै ठाउँभन्दा केही पर रहेको नेपाली कांग्रेसका निर्वासित नेताहरुका सम्पर्कमा उनी आए । यसै क्रममा कांग्रेसका प्रतिबन्धित स्थानीय नेताहरु ठाउँठाउँमा राजाको ‘कु’ को विरुद्धमा उत्रेका थिए । २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर सवारी हँुदा उनी चढेको गाडीमाथि
बम प्रहार गर्ने योजना बनाइएको थियो । जसको अगुवाई दुर्गानन्द झाले गरेका थिए । नेपालमा राजा भनेको भगवान विष्णुको अवतार हो भनेर जन जनमा पढाइएको थियो । राजाको विरोध गर्ने त कसैले आँट जुटाउन सक्दैनथियो भने राजामाथि बम प्रहार गर्न अदम्य साहासको आवश्यकता पथर््यो ।
हजारौं सुरक्षाकर्मी तैनाथ रहँदा रहँदै क्रान्तिकारी युवक पक्राउ नपर्दा पनि त्यो राति दुर्गानन्द जनकपुर धामको एउटा कुटी मन्दिरमा डेरा गरी बसेका आफन्तहरु हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बसे । भोलिपल्ट त्यहाँबाट उभगाँव लागेका थिए । यता नेपालमा बम काण्डको अनुशन्धानको नाममा ५६ जनालाई पक्राउ गरी दिनहँु कुटपिट गरी बम प्रहार गरेको सकार गराउन दुष्प्रयास भइरहेको थियो । पक्राउ परेकाहरुलाई निर्मम यातना दिन थालियो । बम प्रहार गरी सीमापारी नेपाली कांग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोष मानिसले यातना पाइरहेको सुनेर एक दिन अनायास जयनगरबाट जनकपुर रेल्वेद्वारा नेपाल फर्केर उनले गिरफ्तारी दिए । आफ्नो कारण निर्दोष नागरिकहरुले यातना पाउनु हुँदैन भन्ने सोचका साथ उनले गिरफ्तारी दिए । राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथापुर स्टेशनसम्ममा कसैले केही गरेन । यसैबीच एस.पी. मानबहादुर राई दर्जनौं प्रहरीको साथ परवाहा रेल्वे स्टेसनमा पुगे । त्यहाँ रेल गाडिबाट ओर्लनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो । भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौं सुन्धारास्थित भद्रगोल जेलमा ल्याइयो । गिरफतारी दिएलगतै उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो र पञ्चायत सरकारले उनलाई मृत्यूदण्डको सजाय तोकी वि.सं. २०२० माघ १५ गते उनलाई फाँसीको तख्तामा झुन्ड्याएको थियो । फाँसीमा झुन्ड्याउनु भन्दा एक दिन अगाडी मात्र २०२० साल माघ १४ गते उनको आमा र श्रीमतीलाई कारागारमा बोलाई भेट गर्न दिईयो । केही बेरको भेटमा उनले आमालाई भने , नरुनुहोस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । श्रीमतीलाई पनि त्यसैगरी सान्तवना दिँदै आमाको हेरचाह गर्न भनेका थिए
२०७३ माघ १६ गते आईतबार