![]() |
जिवनाथ चौधरी |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
केही वर्ष अघि एकीकृत नेकपा माओवादीको भातृ संगठन वाइसिएलका नेता राकेश नेपालीको हत्या सम्बन्धमा जिवनाथ चौधरीले द एक्सक्लुसिभ सामु सफाई दिएका छन् । राकेश नेपालीको आफुसँग विगतमा चिनजान नै नरहेको तथा कुनैपनि रिसिवि वा दुश्मनी नरहेको चौधरीले बताएका छन् ।
राकेश नेपालीको हत्यामा जिवनाथ चौधरीको संलग्नता हुनसक्ने यस अघि चर्चा चलेको थियो । राकेश नेपालीको भारत विहारको सितामढीमा गोली हानी हत्या गरिएको थियो । हत्या पछि भारतबाट प्रकाशित हुने एक अखबार प्रभात खबरमा राकेशको हत्या जिवनाथ चौधरीले नै सुटर खटाई हत्या गराएको भन्ने आरोप लगाएको थियो । राकेश नेपाली जिल्ला विकास समितिको अध्यक्ष रहेको र जिल्ला विकास समितिका लेखापाल जिवनाथ चौधरीसँग हिसाव किताव माग गर्दा चौधरीले नेपालीको हत्या गराएको भनी पत्रिकामा दावी गरिएको थियो ।
चौधरी भन्छन्,“ राकेश नेपाली जिविसको अध्यक्ष नै थिएन, समाचारको विश्वसनियता माथि त्यसैपनि आशंक ागर्न सकिन्छ ।” उक्त पत्रिकामा राकेश नेपालीको हत्या नेपालको एउटा सांसदले पनि गरेको हुनसक्ने समाचार लेखिएको भन्दै प्रहरीले त्यतातर्फ पनि अनुसन्धान गर्नुपर्ने चौधरीको तर्क छ । राकेश नेपाली एउटा अपराधि चरित्रको व्यक्ति हो भनेर आफुले सुनेको भएपनि उनीसँग कहिल्यै कुनै सम्पर्क नभएको चौधरीको दावी छ । राकेश नेपालीसँग मेरो विगतमा कुनै लेनदेन व ाझै झगडा पनि थिएन, उनको हत्यामा मेरो नाउँ मुछेर मलाई फसाउन जनकपुरका केही जाति विशेष वर्गहरुले उक्त भारतीय पत्रिकामा समाचार लेख्न लगाएर मेरो चरित्र हत्या गरिएको जिवनाथ चौधरीले द एक्सक्लुसिभलाई सफाई दिएका छन् । यस अघि द एक्सक्लुसिभ सम्वाददाताले राकेश नेपाली हत्या प्रकरणमा सबाल गर्दा तत्काल उनले केही नबोलेपनि एक साता पछि आप्mनो कुरा सार्वजनिक गरेका छन् । आफुले राकेश नेपालीको हत्या गरेको भए भारतका प्रशासन वा नेपालको प्रशासनले अनुसन्धान गरेको हुनसक्थ्यो । तर, त्यसो केही पनि नहुनुले पनि राकेश नेपालीको हत्यामा आफ्नो कुनै पनि संलग्नता नरहेको जिवनाथ चौधरीले द एक्सक्लुसिभ सामु आफ्नो तर्क राखेका छन् । राकेश नेपालीको हत्या गर्ने व्यक्तिलाई राकेश नेपालीले नै जनकपुरमा कोठा भाडा दिलाएको, उनीसँगै भारतको सितामढी तर्फ गएको भनेर उनको हत्या पछि आफुले पनि सुनेको बताउँदै चौधरीले राकेश नेपाली भारतका कतिपय अपराधिहरुसँग हतियारको कारोवार गर्ने गरेको र उनका आफ्नै पार्टनरहरुमा दुश्मनी भयो र तिनीहरुले नै हत्या गराएको भन्ने कुराहरु आफुले पनि सुनेको चौधरीले बताएका छन् ।
जिविसद्वारा दिइने ठेक्का पट्टामा विवाद हुन सक्ने र त्यसै कारण दुवै जना विच दुश्मनी हुन सक्ने भन्ने सबालमा चौधरी भन्छन्,“ राकेश नेपाली ठेक्का पट्टाका व्यवसाय प िनगर्थे तर मेरो ठेक्का पट्टा म आफैले गरेको छैन, मेरो साथी भाईले ठेक्का पट्टाका कामहरु गरेका छन् । तिनीहरुलाई कुनै सहयोग गरेको होउला तर ठेक्काका कारण मेरो र नेपाली विच कुनै दुश्मनी भएको छैन । मेरो र राकेश नेपाली बीच कुनै पनि कारोबार वा सम्पर्क वा दुश्मनीको कसैसँग कुनै पनि किसिमको प्रमाणहरु छ भने देखाउन वा सावित गर्न चुनौति दिन चाहन्छु ।” यदि नेपाल वा भारतको प्रहरी प्रशासनलाई शंका लागेको छ भने जाँच गरोस, अनुसन्धानको लागि आफु सदैव तयार रहेको भन्दै चौधरीले नेपालको एक सांसद भनिएको व्यक्ति संजय साहलाई पनि उक्त घटनामा जोडेर अनुसन्धान प्रहरी प्रशासनले गर्नुपर्ने बताएका छन् ।
२०७१ जेष्ठ १८ गते आईतबार